21.7 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाबागमतीमा कार्यबाहक मुख्यमन्त्री
spot_img

बागमतीमा कार्यबाहक मुख्यमन्त्री

spot_img

हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामातामाङ संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजना हुने सम्मेलनमा सहभागी हुन जाने भएकाले कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि तथा पशुपक्षी विकास मन्त्री प्रकाश श्रेष्ठलाई दिइएको छ ।

प्रदेश प्रमुख दीपकप्रसाद देबकोटाले मुख्यमन्त्री लामाको सिफारिसअनुसार मन्त्री श्रेष्ठलाई माघ ३० गतेदेखि मुख्यमन्त्री फर्किएर नआउञ्जेलसम्मका लागि कार्यबाहक मुख्यमन्त्री तोक्ने निर्णय गरेका हुन् । मुख्यमन्त्री लामा दुबई सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै प्रदेशस्तरीय विकास र सुशासनसम्बन्धि विभिन्न विषयमा छलफल गर्न जाँदैछन् ।

- Advertisement - Ad Banner

यसअघि प्रधानमन्त्री केपी शर्माओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदुत अब्दुल्लाह अल शम्सीले शिष्टाचार भेट गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राजदुत शम्सीले आगामी फेब्रुअरी दोस्रो साता दुबईमा हुने वर्ल्ड गभर्मेन्ट्स समिटमा भाग लिन युएईका उपराष्ट्रपति एवम् प्रधानमन्त्री मोहम्मद बिन रसिद अल माक्टुमले पठाएको निमन्त्रणा हस्तान्तरण गरेका थिए ।

भेटका अवसरमा दुई देशबीच यसअघि भएका सम्झौताहरुको प्रभावकारी कार्यान्वयन र आगामी दिनमा व्यापार, लगानी, कृषि, जलविद्युत्, पर्यटन, हाइड्रो इनर्जी आदि क्षेत्रमा हुनसक्ने सम्झौता र सहकार्यका विषयमा पनि छलफल भएको थियो । भेटका अवसरमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको उपस्थिति थियो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि