22.2 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाआफैं समस्यामा मानवअधिकार रक्षक, समस्याका चाङले ‘न्याय मरेको महसुस’
spot_img

आफैं समस्यामा मानवअधिकार रक्षक, समस्याका चाङले ‘न्याय मरेको महसुस’

spot_img

मञ्जिता मैनाली

हेटौंडा/मानवअधिकार क्षेत्रमा कार्यरत् रक्षकहरुले बालबालिकाको हितमा काम गर्दा झेल्नुपरेका समस्या, आश्रममा आश्रित बालबालिकाको जन्मदर्ता बनाउदा झेल्नुपरेका समस्यालगायतबारे चिन्ता जनाएका छन् । उनीहरुले मानवअधिकार क्षेत्रमा काम गर्दा भोग्नुपरेका समस्याले न्याय मरेको महसुस भएको, मठमन्दिरमा भएको जातीय विभेद, मनहरी गाउँपालिकास्थित बनकरिया र चेपाङ समुदायका समस्या, बसपार्क क्षेत्रहरुमा नाबालिकलाई यौनधन्दामा लगाइएका जस्ता कुराहरु उठाएका छन् ।

- Advertisement - Ad Banner

मानव अधिकारको अवस्थाका विषयमा भएको अन्तत्र्रिmयामा उनीहरुले गुनासोका पोका फुकाए । जीवन मर्यादा, समानता र स्वतन्त्रताको अधिकारः दीगो शान्ति र समृद्धिको आधार भन्ने नारासाथ मानवअधिकार आयोगको आयोजनामा बागमती प्रदेशको मानवअधिकारको अवस्थाका विषयमा मानवअधिकार क्षेत्रमा काम गर्नेहरुसँग एक दिन अन्तत्र्रिmया भएको हो ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग अध्यक्ष तपबहादुर मगरले मानवअधिकार क्षेत्रमा आयोगले काम गरिरहेको बताए । घरभाडामा बस्दा हुने जातीय विभेदका उजुरीको समेत सम्बोधन गर्दै आइरहेको उनले बताए । हाल पनि छाउपडीका घटना आयोगमा दर्ता हुन आउने गरेको र त्यसको सम्बोधन हुने गरेको र छाउपडी बनाइएका कति घर भत्काइएको बताउँदै उनले मानवअधिकार क्षेत्रमा काम गर्न सधैं तत्पर रहेको बताए ।

राष्ट्रिय मानवअधिकार आयोगका सचिव मुरारीप्रसाद खरेलले स्थानीय सरकारले मानवअधिकार क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिए । सरकारका तीन तहले पिछडिएका वर्गको पक्षमा गम्भीर भएर काम गर्नुपर्नेमा जोड दिएका उनले मानवअधिकार रक्षकहरु नै चुनौतीमा रहेको बताउँदै मानवअधिकार रक्षकका लागि राज्यले विशेष कानुन ल्याउनुपर्ने माग गरे ।

मानवअधिकार आयोगका हरेक क्रियाकलापमा साथ दिन आफूहरु प्रतिबद्ध रहेको गैरसरकारी संस्था मकवानपुर अध्यक्ष रमिला सापकोटाले बताइन् । सरकारले धेरै राम्रो काम गरेको र अझै थुप्रै काम गर्न बाँकी रहेको उनको भनाइ थियो । मानवअधिकार रक्षकहरुलाई आफंै बाँच्न मुस्किल हुने अवस्था सिर्जना भएकोमा उनको गुनासो छ । राष्ट्रसंघले जारी गरेको मानवअधिकार रक्षकहरुको दायित्व र कर्तव्यलाई नैतिकरुपमा पालना गर्न सके चुनौती र जोखिम दुवै कम हुने उनीहरुले बताए । आन्दोलनमा ढुंगा हान्ने, लड्ने प्रहरी आउनसाथ मानवअधिकार रक्षकको ज्याकेट लगाउने यस्ता प्रवृतिले सहीढंगबाट काम नगरिरहेका मानवअधिकार रक्षकहरुमा जोखिम र चुनौती थपेको छ ।

व्यवसायिकता र नैतिकतालाई पालना गर्दै मानवअधिकार रक्षकहरुकै मानवअधिकारलाई सुरक्षित बनाउनुपर्ने उनीहरुको तर्क छ । आम नागरिक नै मानवअधिकार रक्षक भएको बताउँदै सबैले आआफ्‌नो भूमिकालाई निष्पक्षढंगबाट निर्वाह गर्नुपर्ने भनाइ उनीहरुको छ । मानव अधिकारवादीले कुनै अमुक दलको विचारबाट प्रभावित हुन नहुने बताउँदै कार्ड र ज्याकेट भिरेर आफ्‌नो क्षेत्रलाई बद्नाम गराउनेहरुलाई निस्तेज पार्नुपर्ने उनीहरुको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रियमानव अधिकार आयोग प्रदेश कार्यालय निमित प्रमुख उपसचिव पवनकुमार भट्ट, राष्ट्रिय मानवअधिकार आयोग केन्द्रीय कार्यालय प्रशासन प्रमुख सुबोध पोखरेल, उच्च अदालत बार हेटौंडा अध्यक्ष अरुण खतिवडा, नेपाल पत्रकार महासंघ बागमती अध्यक्ष कृष्ण सारुमगर, मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, गैरसरकारी संस्था महासंघ बागमती प्रदेश कार्यबाहक अध्यक्ष कमल बिश्वकर्मा, जिल्ला बार मकवानपुर अध्यक्ष उत्तमकुमार बस्नेतलगायत मानवअधिकार क्षेत्रमा कार्यरत् संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि