22.2 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडामनहरीमा फागुन २ गते ल्होछार कार्यक्रम
spot_img

मनहरीमा फागुन २ गते ल्होछार कार्यक्रम

spot_img

हेटौंडा/मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–२, ठाडोखोलास्थित त्रिरत्न प्राविको प्रांगणमा ल्होछार साँस्कृतिक कार्यक्रम हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै आयोजकले मञ्जुश्री २८६१ डुल ल्हो (सर्पवर्ग) सोनाम ल्होछारको अवसरमा फागुन २ गते कार्यक्रम हुने जनाएको हो ।

ल्होछार कार्यक्रममा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम, तामाङ विग्यद्वारा सँस्कृतिको जानकारी, तामाङ मौलिक भेषाभुषा तथा प्रस्तुति रहने मनहरी–२ का अध्यक्ष राजकुमार पाख्रिनले बताए । कार्यक्रममा कलाकार विश्व दोङ, जितु लोप्चन, धिरेन लामालगायतको प्रस्तुति रहने कार्यक्रम संयोजक सन्देश थिङले बताए ।

- Advertisement - Ad Banner

खेलकुद विकास समिति मनहरी–२ को आयोजना, मुख्य सहयोगी मनहरी गाउँपालिका र संरक्षक तथा सहयोगी मनहरी–२ रहेको समेत आयोजकले बताएको छ । ल्होछार कार्यक्रमको करिब ५ हजारले अवलोकन गर्ने र ५ लाख खर्च हुने आयोजकको अनुमान छ ।

कार्यक्रम संयोजक सन्देश थिङको सभाध्यक्षता तथा मनहरी–२ का अध्यक्षको प्रमुख अतिथ्यतामा भएको पत्रकार सम्मेलनमा खेलकुद विकास समिति मनहरी सदस्य तथा नेकपा माओवादी केन्द्र मनहरी–२ का इञ्चार्ज चन्द्रबहादुर स्यांतान, खेलकुद विकास समिति मनहरी–२ का अध्यक्ष तथा मनहरी–२ का वडा सदस्य शुकराम मोक्तान, खेलकुद विकास समिति मनहरी–२ का सदस्य तथा नेकपा एमाले मनहरी–२ का अध्यक्ष इन्द्रदेव वाइबा, तामाङ पत्रकार संघ बागमती प्रदेश अध्यक्ष ज्ञानेन्द्र तामाङ, जिल्ला अध्यक्ष जयराम मुक्तान, रिपोर्टर्स् क्लब मकवानपुर अध्यक्ष बलराम पुडासैनी, सञ्चारिका समूह मकवानपुर अध्यक्ष निशा गुरुङ, फोनिज मकवानपुर सचिव मनिता राना, तामाङ पत्रकार सघ मकवानपुर सचिव भुवन घलानलगायतको उपस्थिति थियो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि