24 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडा२ लाख ९८ हजार छात्रालाई एचपिभी खोप लगाइँदै
spot_img

२ लाख ९८ हजार छात्रालाई एचपिभी खोप लगाइँदै

spot_img

हेटौंडा/बागमती प्रदेशमा करिब ३ लाखजना छात्रालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपिभी) निःशुल्क लगाइने भएको छ । मंगलबार बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय र स्वास्थ्य निर्देशनालयको खोप अभियानसम्बन्धि सञ्चारकर्मीहरु संगको अन्तर्किया कार्यक्रममा अगामी खोप अभियान बारे जान–कारी दिइएको हो ।

देशव्यापी अभियानका रुपमा सञ्चालन हुने यो कार्यक्रम यही माघ २२ गते क्यान्सर दिवसको दिन सुरु भएर फागुन ६ गतेसम्म सञ्चालन हुने स्वास्थ्य निर्देशना– लयका उत्तम प्याकुरेलले जानकारी दिए । उनकाअनुसार कक्षा ६ देखि कक्षा १० सम्मका १० देखि १४ वर्ष उमेर समूहका छात्रालाई लक्षित गर्दै खोप अभियान सञ्चालन गरिने छ । विद्यालय जाने कक्षा ६ देखि १० सम्मका छात्रालाई विद्यालयमै र विद्यालय नजाने छात्राहरुलाई स्थानीय खोप केन्द्रहरुबाट खोप लगाइने तयारी गरिएको छ ।

- Advertisement - Ad Banner

खोप कार्यक्रममा लक्षित समूहका छात्राहरूलाई अनिवार्य रुपमा सहभागी बनाउनसमेत हरेक पालिकामा आग्रह गरिएको छ । १७ गतेसम्म सबै जिल्लामा पुगिसक्ने र विद्यालय नजानेका लागि अभियानको अन्तिम दिन स्वास्थ्य केन्द्रमै खोप लगाइने जानकारी दिइएको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि