24.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडानेता बानियाँ र राजदुतबीच छलफल
spot_img

नेता बानियाँ र राजदुतबीच छलफल

spot_img

हेटौंडा/नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र भारतका लागि नेपाली राजदुत डा. शंकर शर्माबीच भारतमा रहेका नेपालीहरुको विभिन्न समस्या र समाधानका विषयमा छलफल भएको छ ।

भारतको राजदुतावासमा बुधबार विहान भएको भेटमा भारतमा बसेर व्यवसाय गरिरहेका व्यवसायीको समस्या र नेपालबाट स्वास्थ्य उपचारका लागि जाँदा ब्यहोर्नुपरेका समस्या समाधानबारे नेता बानियाँ र राजदुत डा. शर्माबीच छलफल भएको बानियाँको सचिवालयले जानकारी दिएको छ ।

- Advertisement - Ad Banner

पूर्वगृह राज्यमन्त्रीसमेत रहेका बानियाँले भारतमा कार्यरत् नेपाली मजदुर, विभिन्न व्यवसाय गरेका व्यवसायीको उपचार, दुर्घटनामा घाइते तथा मृत्यु भएका परिवारले ब्यहोर्नुपर्ने झण्झटिलो प्रक्रियाको छिटो समाधानका उपाय र नेपालीहरुको स्वास्थ्य वीमा प्रक्रियाबारे राजदुत शर्मासँग छलफल गरे ।

भारतका लागि नेपाली राजदुत डा. शर्माले दुई देशबीच गहिरो मित्रता रहेकाले भारत सरकारबाट नेपालीहरुको स्वास्थ्य उपचारमा आवश्यक सहयोग पाइरहेको र केही समस्या परे राजदुतावासमा सम्पर्क गर्नसमेत छलफलमा आग्रह गर्दै नेपाली ब्यवसायीहरुका समस्या समाधानका लागि भारत सरकारसँग आवश्यक समन्वय गर्ने बताए ।

राजदुतावासमा भएको छलफलमा नेता बानियाँसहित कांग्रेस बागमती प्रदेश कानुन तथा संसदीय मामिला विभाग प्रमुख सानुकान्छा श्रेष्ठ, राजदुतावासका सहसचिव सुरेन्द्र थापा, श्यामराज पाण्डे, अर्जुन धरेललगायत बिरामीका आफन्त तथा व्यवसायीहरुको सहभागिता थियो ।

यसअघि नेता बानियाँले मंगलबार नयाँदिल्लीका विभिन्न अस्पतालमा उपचाररत् नेपाली बिरामी तथा आफन्तलाई भेटेर उपचारमा परेका कठिनाइबारे बुझ्दै समाधानका लागि नेपाल सरकारको परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली राजदुतावाससँग छलफल तथा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि