22.2 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाभरुवा बन्दुकसहित पक्राउ
spot_img

भरुवा बन्दुकसहित पक्राउ

spot_img

हेटौंडा/मकवानपुर प्रहरीले अवैध भरुवा बन्दुकसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका–१, गडुवान बस्ने वर्ष ५२ का जितबहादुर थिङ छन् ।

मंगलबार साँझ करिब ५ बजे इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर मनहरी गाउँपालिका–९ स्थित हरियाली सामुदायिक वनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

- Advertisement - Ad Banner

थिङले अवैधरुपमा भरुवा बन्दुक काँधमा बोकेर हिँडीरहेका अवस्थामा फेला पारेर भरुवा बन्दुक थान १, फलामका विभिन्न साइजका गोलाकार बेरिङ १३ थान, फलामको विभिन्न साइजका लाम्चो आकारका वस्तु ३३ थान, बारुद पाउडर ३ सय ५ ग्राम, ढुंगाको वस्तु २४ थान, खुकुरी १ थान बरामद गरेको जानकारी दिइएको छ । थिङलाई नियन्त्रणमा लिइ हातहतियार तथा खरखजाना कसुर मुद्धामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि