24 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडामलहम लगाउन मानवअधिकारकर्मी सधैं अग्रसर
spot_img

मलहम लगाउन मानवअधिकारकर्मी सधैं अग्रसर

spot_img

हेटौंडा/मानवअधिकार रक्षक समूहको वर्तमान अवस्था तथा चुनौती विषयक छलफल तथा बैठक भएको छ । मानव बेचबिखनविरुद्ध मानवअधिकार क्षेत्रमा कार्यरत् संघसंस्थाका नेटवर्क सञ्जालको छलफल तथा बैठक भएको हो ।

न्यानो आँगन नेपालको आयोजनामा सोमबार न्यानो आँगनको कार्यालयमा कार्यक्रम भएको थियो । न्यानो आँगन अध्यक्ष मञ्जु फँुयालको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेश प्रमुख पवन भट्टको प्रमुख आतिथ्यता थियो ।

- Advertisement - Ad Banner

छलफल तथा बैठकमा मानवअधिकार क्षेत्रमा भएका गतिविधिको समीक्षा, वर्तमान अवस्थाबारे सबैले आआफ्‌नो धारणा राखेका थिए । प्रमुख अतिथि भट्टले मानवअधिकार आयोग सधैं साथमा रहेको बताउँदै निरन्तरता दिन आग्रह गरे । आमनागरिकको घाउमा मलहम लगाउन मानवअधिकारकर्मी सधैं अग्रसर रहेको उनले बताए ।

कार्यक्रममा गैसस महासंघ अध्यक्ष रमिला सापकोटा, जिल्ला बार अध्यक्ष अप्सरा बस्नेत, सुमिरा लामा, कोशिस, राष्ट्रिय अपांग संघ नेपाल, डब्लुएचआर मकवानपुर अध्यक्ष शारदा चौलागाईं, हिमराइट्स मकवानपुरकी कुमारी वाइबा, न्यानो आँगन नेपालका मीरा फँुयाल, निर्मला अधिकारी, गोमा हटुवाल र नेपाल मानवअधिकार संगठन मकवानपुर अध्यक्ष शर्मिला श्रेष्ठलगायतको उपस्थिति थियो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि