21.7 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाहेटौंडामा खेलकुद महोत्सव
spot_img

हेटौंडामा खेलकुद महोत्सव

spot_img

हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ ले दोस्रो वडा खेलकुद महोत्सव गर्ने भएको छ । ‘राष्ट्रका लागि खेलकुद–स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नारासाथ माघ ९ गतेदेखि फागुन १७ सम्म वडास्तरीय, नगर स्तरीय तथा जिल्लास्तरीय खेलकुद महोत्सव आयोजना गर्न लागिएको आइतबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिइएको हो ।

हेटौंडा–४ मा सञ्चालित सामुदायिक तथा संस्थागत् विद्यालयबीच थप प्रतिष्पर्धा, शैक्षिक अध्ययन तथा गुणस्तर सुधार एवम् विद्यार्थीको सिर्जनशील प्रतिभा उजागर तथा शारीरिक तथा बौद्धिक विकास गर्ने उद्धेश्यले एक महिने खेलकुद महोत्सव आयोजना गर्न लागिएको वडा अध्यक्ष नवीन सिग्देलले जानकारी दिए । खेलकुद महोत्सव वडा–४ को आयोजना र शैक्षिक गुणस्तर सुधार समितिलगायत विभिन्न विद्यालयहरुको व्यवस्थापनमा सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

- Advertisement - Ad Banner

माघ ९ गते नवोदय माविमा हाजिरीजवाफ प्रतियोगिता, माघ १३ गते आधुनिक माविमा वक्तृत्वकला प्रतियोगिता, माघ १४ गते सत्यम् जेभियर्स माविमा वादविवाद प्रतियोगिता, माघ १५ गते श्रमिक माविमा नेपाली हिज्जे प्रतियोगिता र स्लोस्कुटी प्रतियोगिता, माघ २४ गते व्रह्‌मदिक माविमा कविता प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

माघ २५ गते भुटनदेवी माविमा निबन्धलेखन प्रतियोगिता, फागुन २ गते विभिन्न दौड प्रतियोगिता, फागुन ३ गते आधुनिक माविमा नगरस्तरीय भलिबल प्रतियोगिता, सोही दिन श्रमिक माविमा नगरस्तरीय फुटबल प्रतियोगिता र नगरस्तरीय क्रिकेट प्रतियोगिता, फागुन ५ गते सत्यम् स्कुलमा टग अफ वार प्रतियोगिता, सोही दिन नवोदय स्कुलमा नगरस्तरीय बास्केटबल प्रतियोगिता र फाल्गुन १६ र १७ गते नगरस्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । विजेताहरुलाई फागुन ७ गते प्रमाणपत्र, शिल्ड र मेडल प्रदान गरिने छ । गत वर्ष वडाले वडास्तरीय खेलकुद प्रतियोगिता आयोजना गरेको थियो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि