24 C
Makwānpur
Homeमुख्य समाचारएमाले थाहा नगर तीन महिने अभियानमा
spot_img

एमाले थाहा नगर तीन महिने अभियानमा

spot_img

हेटौंडा/नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकको निर्णय कार्यान्वयन गर्दै थाहा नगर कमिटीले तीन महिने अभियान सुरु गरेको छ । माघदेखि चैतसम्मका लागि तोकिएको कार्यक्रमअनुसार माघ ५ गते नगर कमिटीको पूर्ण बैठकले तीन महिने अभियान सुरु गरेको हो ।

नगर कमिटी अध्यक्ष सुरेन्द्रमान प्रधानको सभाध्यक्षतामा भएको बैठकमा एमाले केन्द्रीय सदस्य एवम् मकवानपुर इञ्चार्ज रामेश्वर रानाले जनताको घरघरमा पुगेर समस्या बुझ्न आग्रह गरे । २०८४ मा तीन तहमा एमालेलाई पहिलो शक्ति बनाउने लक्ष्यसाथ काम गर्न उनले निर्देशन दिए । जिल्ला कमिटी उपसचिव फुर्वा दोर्जेलामा, जिल्ला कमिटी सदस्यहरु शशिधर सुबेदी, बिमलकुमार ढकाल, हरि गोपाली, डम्बर लामा, सुनिता दोङ, हरि मगरलगायतको आतिथ्यता रहेको बैठकले ८ प्रस्तावमा निर्णय गरेको छ ।

- Advertisement - Ad Banner

बैठकले ३ महिने अभियानअन्तर्गत् टोल तहसम्म कार्यक्रम लैजान माघ १३ गतेसम्म वडा कमिटीको बैठक सम्पन्न गरिसक्ने निर्णय गरेको छ । वडा–२ र ३ को माघ ८ गते, वडा–४ र ५ को माघ ९ गते, वडा–६ र ७ को माघ १० गते, वडा–८ र १० को माघ ११ गते, वडा–११ र १२ को माघ १२ गते र वडा–१ र ९ को माघ १३ गते बैठक आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकले विभिन्न जनसंगठनहरुको इञ्चार्ज तोकेको छ । अनेम संघ इञ्चार्जमा रामदेवी गोपाली, राष्ट्रिय युवा संघमा सुजन गोले, नेपाल खेलकुद महासंघमा कृष्ण बलामी, नेपाल उत्पीडित जातीय मुक्ति समाजमा रमेश नेपाली, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनमा केदार बिष्ट, भूमिअधिकार तथा श्रमिक संगठन नेपालमा सुनील खत्री, रिटर्नी फेडरेसन नेपालमा विक्रम श्रेष्ठ र पवित्र गोपालीलाई अनेरास्ववियु इञ्चार्जको जिम्मेवारी तोकेको छ । यसअघि लक्ष्मण बर्तौलालाई अखिल नेपाल किसान महासंघको इञ्चार्ज तोकिसकेको छ ।

नगर कमिटी बैठकले जनसंगठन समन्वय संयन्त्र थाहा नगरको संयोजकमा उपसचिव शान्ता रिमाललाई तोकेको छ । संयन्त्रको बैठक माघ १६ गतेलाई तोकेको छ । बैठकले पार्टी सदस्यता नवीकरण फागुन तेस्रो सातासम्म गरिसक्ने र प्रत्येक सदस्यबाट जनही एक सयका दरले पार्टी केन्द्रीय कार्यालय भवन निर्माणबापत् सहयोग उठाउने निर्णय गरेको छ । बैठकले माघ २३ गते पालिका दलको बैठक राख्ने निर्णय गरेको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि