24 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडालटारम्भेश्वरलाई उत्कृष्ट धार्मिक क्षेत्र बनाइने
spot_img

लटारम्भेश्वरलाई उत्कृष्ट धार्मिक क्षेत्र बनाइने

spot_img

हेटौंडा/भीमफेदी गाउँपालिका वडा नम्बर–८ मा अवस्थित लटारम्भेश्वर मन्दिरमा प्रत्येक वर्ष माघ १ गते लाग्ने मेला यस वर्ष पनि भव्यरुपमा सम्पन्न भएको छ ।

भीमफेदी गाउँपालिकाको अगुवाइमा स्थानीय शान्ति युवा क्लबको आयोजनामा मकवानपुरको भीमफेदी र बकैया गाउँपालिकाको सिमानामा पर्ने महादेवटारको माथि डब्लुडाँडामा रहेको लटारम्भेश्वर मन्दिरमा आयोजित कार्यक्रममा क्लब अध्यक्ष विशम् भोलनलामाको सभाध्यक्षता थियो । स्वागत कार्यक्रममा भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यता तथा ८ नम्बर वडा अध्यक्ष विष्णुबहादुर लामाको विशेष आतिथ्यता थियो ।

- Advertisement - Ad Banner

कार्यक्रममा पालिका अध्यक्ष लामाले श्रद्धालु भक्तजनलाई स्वागत गर्दै लटारम्भेश्वर मन्दिरलाई भीमफेदी गाउँपालिकाले प्रमुख धार्मिक केन्द्रका रुपमा राखेर संरक्षण र प्रचारप्रसारमा लागेको बताए । उनले धार्मिक ग्रन्थअनुसार महादेवले सतीदेवीको मृत शरीर बोकेर हिँड्दा यस पवित्रस्थलमा आइपुग्दा सतीदेवीको लट्टा पतन भएर लटारम्भेश्वर महादेव उत्पत्ति भएको किम्वदन्ती रहेको बताउँदै अब लटारम्भेश्वर मन्दिरलाई देशकै उत्कृष्ट धार्मिक क्षेत्रका रुपमा लैजान आफूले काम गर्ने बताए ।

उनले आफू पालिकाको अध्यक्ष नहुँदासम्म उक्त क्षेत्रमा आउन धेरै कठिन, घाँसको जरामा टेकेर आउनुपर्ने रहेको बताए । ‘हाल आफ्‌नो विशेष पहलमा बाटो, खानेपानी, बिजुलीलगायत मन्दिर संरक्षणमा काम भएको तपाईंहरु आफैंले देख्नुभएको छ,’ उनले भने ।

लटारम्भेश्वर मन्दिरमा प्रत्येक वर्ष बैशाख १ गते र माघ १ गते भव्य मेला लाग्ने गर्छ । मेला हेर्न काठमाडौं, ललितपुर, भक्तपुरलगायत बारा, पर्सा, मकवानपुरको हेटौंडादेखिका भक्तजन करिब ५ हजारको उपस्थिति रहेको आयोजक संस्था अध्यक्ष विशम् भोलनलामाले बताए । मेलामा इलाका प्रहरी कार्यालय ठिंगनले सुरक्षा प्रदान गरेको थियो । मेलाका लागि मन्दिरलाई रंगीचंगी बनाएर झिलीमिलीसहित सजावट गरिएको थियो । भक्तजनहरुका लागि स्थानीय युवाले स्थानीय उत्पादनमा रहेर गाँस, बास र कपासको व्यवस्था गरे ।

लटारम्भेश्वर मन्दिर जान हेटौंडाबाट चौघडा, चुच्चेखोला, ठिंगन हुँदै जान सकिन्छ भने काठमाडौंबाट सातदोबाटो, चापागाउँ, टीकाभैरव, छपेली, बगुवा हुँदै पनि जान सकिन्छ । मन्दिरसम्म पुग्नका लागि काठमाडौंबाट र हेटौंडाबाट लगभग बराबरको दुरीमा छ । दुवैतर्फ काठमाडौंबाट र हेटौंडाबाट कान्तिराजपथ बाटो हुँदै करिब ५० किलोमिटर पार गरेपछि मन्दिर पुग्न सकिन्छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि