22.2 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाबेपत्ता वृद्धको शव फेला
spot_img

बेपत्ता वृद्धको शव फेला

spot_img

हेटौंडा/करिब डेढ महिनादेखि बेपत्ता एक वृद्धको शव मकवानपुरको भीमफेदी गाउँपालिका–२, रिठ्ठेडाँडामा फेला परेको छ । भीमफेदी गाउँपालिका–९ स्थित भाञ्जीको घरबाट फर्किने क्रममा कात्तिक १४ गते बेपत्ता भएका मकवानपुरको कैलाश गाउँपालिका–७, भार्ता निवासी ७० वर्षीय टीकाराम प्रजाको शव सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रजाको शव परीक्षणका लागि हेटौंडा अस्पताल ल्याइएको उनले बताए । मामाको खोजी गर्न प्रजाका भाञ्जा रामहरि प्रजाले मंसिर ४ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन दिएका थिए । मृतकले लगाएको कपडा र साथमा रहेको झोलाका आधारमा मृतक प्रजाको सनाखत भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि