22.2 C
Makwānpur
Homeमुख्य समाचारएसईई चैत ७ देखि
spot_img

एसईई चैत ७ देखि

spot_img

काठमाडौं/राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा–१०) ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नियमित तथा ग्रेडवृद्धि समयतालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिकाअनुसार एसईई चैत ७ गतेदेखि शुरु हुने र १९ गते सकिनेछ । परीक्षा विहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ । परीक्षाको नतिजा २०८२ को पहिलो हप्ताभित्र प्रकाशन गरिसक्ने सार्वजनिक कार्यतालिकामा उल्लेख छ ।

परीक्षार्थीले रजिस्ट्रेसन र परीक्षा आवेदन फाराम भर्दा फाराममा उल्लेख गरेको जन्ममिति र नामथरको हिज्जे कार्यालयबाट उपलब्ध गराइएको कन्ट्रोल लिस्टस“ग रुजु गरी फरकपरे फरक परेको विवरण संशोधन गर्नुपर्ने अवस्थामा सम्बन्धित विद्यालयले संशोधन गर्नुपर्ने विवरण २०८२ बैशाख मसान्तभित्र अनिवार्यरुपमा सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाईंमार्फत वा सीधै कार्यालयमा आइपुग्ने गरी पठाउन अनुरोध गरिएको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि