24 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडासुनगाभा सहकारीको साधारणसभा सम्पन्न
spot_img

सुनगाभा सहकारीको साधारणसभा सम्पन्न

spot_img

हेटौंडा/मकवानपुरको पूर्वी क्षेत्रको शैक्षिक गहनाका रुपमा हेटौंडा–६, चौघडामा रहेको सुनगाभा बहुउद्धेश्यीय सहकारी संस्थाको २२ औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवम् सहकारी अध्यक्ष रामहरि न्यौपानेको सभाध्यक्षतामा साधारणसभा भएको हो ।

साधारणसभामा संस्था अध्यक्ष न्यौपानेले संस्थागत् प्रतिवेदन, प्रवन्ध सञ्चालक रामहरि चौलागाईंले चालु आव २०८१/०८२ का लागि १० करोड १९ लाखको अनुमानित आयव्यय विवरण र लेखा सुपरीवेक्षण समिति संयोजक कुमारमणि दाहालले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।

- Advertisement - Ad Banner

साधारणसभामा वडा सदस्य मुना बिक, लेखराज ढकाल, संस्था संस्थापक अध्यक्ष बासुदेव अधिकारी, हेटौंडा–६ का निवर्तमान अध्यक्ष अर्जुनप्रसाद चौलागाईं, राष्ट्रिय सहकारी बैक हेटौंडा शाखा प्रमुख रामेश्वर अर्याल, जनकल्याण सहकारी अध्यक्ष हिमाल पौडेल, कामधेनु बहुउद्धेश्यीय सहकारी अध्यक्ष उदय बिडारी, नौलोविहानी कृषि सहकारी अध्यक्ष विष्णुप्रसाद ढुंगाना, मकवानपुर उद्योग वाणिज्य संघ बस्तुगत् सचिव नेत्रप्रसाद खतिवडा, वंशगोपाल दुग्ध उत्पादक सहकारी उपाध्यक्ष केशब धिताल, सञ्चारकर्मी रुपेश दुलाल, शेयर सदस्य, शिक्षक, कर्मचारी लगायतको उपस्थिति थियो ।

१ सय १० जना शेयर सदस्य रहेको सहकारी संस्थाद्वारा सञ्चालित सुनगाभा शिक्षा निकेतनमा ६ सय ५० विद्यार्थी अध्ययनरत् रहेको प्रिन्सिपल अरुण पराजुलीले बताए । विद्यालयमा ४४ शिक्षक र कर्मचारी छन् ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि