21.7 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाबकैया गोल्डकपको फाइनल समीकरण पूरा
spot_img

बकैया गोल्डकपको फाइनल समीकरण पूरा

spot_img

हेटौंडा/छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिताअन्तर्गत् सिनियरतर्फ फाइनल समीकरण पूरा भएको छ । आइतबार बकैया–३, हात्तीसुँडेस्थित बकैया रंगशालामा भएको दोस्रो सेमिफाइनलमा वडा नम्बर–६ लाई हराएर ९ नम्बर फाइनल प्रवेश गरेसँगै प्रतियोगिताको फाइनल समीकरण पूरा भएको हो ।

बकैया–९ ले ६ लाई ५–० को फराकिलो गोलअन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो । ९ को जितमा विशाल भोलनले खेलको २१ औं मिनेटमा, पासाङ घलानले ४० औं मिनेटमा, विशाल जिम्बाले ७६ औं मिनेटमा र अभिषेक भोलनले ५६ औं र ८० औं मिनेटमा गोल गरे । खेलको म्यान अफ दी म्याच अभिषेक घोषित भए । अब वडा नम्बर–९ ले उपाधिका लागि वडा नम्बर–३ सँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल मंगलबार हुनेछ ।

- Advertisement - Ad Banner

मंगलबार नै उपाधिका लागि जुनियरतर्फ वडा नम्बर–१ र ११ बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सिनियरतर्फ विजेता टिमले १ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार प्राप्त गर्नेछन् । जुनियरतर्फ विजेताले ५० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार प्राप्त गर्नेछन् ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि