22.2 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडामक्राञ्चुली सहकारीको साधारणसभा सम्पन्न
spot_img

मक्राञ्चुली सहकारीको साधारणसभा सम्पन्न

spot_img

हेटौंडा/हेटौंडा–६, चौघडामा रहेको मक्राञ्चुली सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभा आइतबार रानी सामुदायिक वनको सभाहलमा सम्पन्न भएको छ ।

हेटौंडा उपमहानगरपालिका मेयर मीना लामाको प्रमुख आतिथ्यता एवम् सहकारी अध्यक्ष डा. कृष्णप्रसाद धितालको सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएको थियो । साधारणसभामा संस्था अध्यक्ष धितालले संस्थागत् प्रतिवेदन र लेखा समिति सदस्य केशब धितालले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।

- Advertisement - Ad Banner

साधारणसभामा हेटांैडा उपमहानगरपालिका–६ का अध्यक्ष विष्णुबहादुर दाहाल, वंशगोपाल दुग्ध उत्पादक सहकारी अध्यक्ष रामहरि चौलागार्इं, नौलोविहानी कृषि सहकारी अध्यक्ष विष्णुप्रसाद ढुंगाना, सुनगाभा बहुउद्धेश्यीय सहकारी अध्यक्ष रामहरि न्यौपाने, गरिबी निवारण सहकारी अध्यक्ष कृष्णप्रसाद सापकोटा, शेयर सदस्य, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।

साधारणसभाले संस्थाको रिक्त रहेको लेखा संयोजकमा कुमारमणि दाहाल र सदस्यमा सीताराम दाहाललाई चयन गरेको छ । २०३३ सालमा स्थापित सहकारीले मलखाद, विउविजन, कीटनाशक विषादी, कृषिऔजार, कृषिउपज खरिदबिक्रीलगायत कामहरु गर्दै आएको छ । सहकारीमा ४ सय २९ शेयर सदस्यहरु आवद्ध रहेको व्यवस्थापक केदारप्रसाद सञ्जेलले बताए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि