24.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडालागुऔषधसहित २ जना पक्राउ
spot_img

लागुऔषधसहित २ जना पक्राउ

spot_img

हेटौंडा/मकवानपुर प्रहरीले ५ सय ९४ एम्पुल डाइजेपामसहित हेटौंडाबाट २ जनालाई पक्रेको छ । पक्राउ पर्नेमा बाराको कोहल्वी नगरपालिका–१ का २२ वर्षका सियाराम राम र कोहल्वी–५ का ३३ वर्षका अमित चौधरी छन् ।

प्रहरीले उनीहरुको साथबाट डाइजेपाम १ सय ९८ एम्पुल, फेनार्गन १ सय ९८ एम्पुल र नुर्फिन १ सय ९८ एम्पुल गरी ५ सय ९४ एम्पुल लागुऔषध फेला पारेको हो । वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना. ७ ख ८४१४ नम्बर बसमा आएका उनीहरुलाई शंकाका आधारमा खानतलासी गर्दा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

- Advertisement - Ad Banner

हेटौंडा–१५ रातोमाटेस्थित चेकपोइन्टमा उनीहरुले लुकाएर ल्याएको अवस्थामा लागुऔषध फेला परेको हो । पक्राउ परेका राम र चौधरीलाई जिल्ला अदालत मकवानपुरबाट १० दिन म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको अर्यालले बताए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि