22.2 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडारानी सामुदायिक वनको वार्षिकोत्सव
spot_img

रानी सामुदायिक वनको वार्षिकोत्सव

spot_img

हेटौंडा/हेटौंडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको ३१ औं वार्षिकोत्सव सोमबार सम्पन्न भएको छ । समूहले वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा उत्कृष्ट उपभोक्ताहरुलाई सम्मानित गरिएको छ ।

उत्कृष्ट किसान पम्फादेवी बयलकोटी, उत्कृष्ट पशुपालनमा गोबिन्दप्रसाद ढुंगाना, उत्कृष्ट हस्तकलामा विर्जु राई, उत्कृष्ट महिला समूहमा सुनौलो महिला आयआर्जन समूहलाई सम्मानित गरिएको थियो । उत्कृष्ट उपभोक्तामा राजकुमार फुयाँल, सालक संरक्षणमा शोभा घिमिरे र वातावरण संरक्षणमा लक्ष्मीचरण श्रेष्ठलाई सम्मानित गरिएको थियो ।

- Advertisement - Ad Banner

वार्षिकोत्सव कार्यक्रम वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवम् समूह अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुर अध्यक्ष साधुराम चौलागार्इं, समूहका सल्लाहकार कृष्ण बिडारी, जनकल्याण सहकारी अध्यक्ष हिमाल पौडेल, मनकामना दुग्ध उत्पादक सहकारी अध्यक्ष अर्जुनप्रसाद दाहाल, न्युरेनी–चिसापानी सामुदायिक वन अध्यक्ष प्रकाश कार्की, सुनौलो महिला समूह अध्यक्ष पवित्रा रुम्बा, जागरण सहकारी सचिव सरिता बिक, नौलोविहानी कृषि सहकारी उपाध्यक्ष जयराम घिमिरे र समूह उपाध्यक्ष केशव धिताललगायतको आतिथ्यता थियो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि