24 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडानगर अस्पताल सञ्चालनमा प्रतिष्ठानले सघाउने
spot_img

नगर अस्पताल सञ्चालनमा प्रतिष्ठानले सघाउने

spot_img

हेटौंडा/स्थानीय तह हेटौंडा उपमहानगरपालिकाले सञ्चालन गरेको दुई अस्पतालका लागि जनशक्ति व्यवस्थापन गरी आधारभुत स्वास्थ्य सेवा तथा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सहयोग गर्ने भएको छ ।

उपमहानगरका जनताको स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउने उद्धेश्यले हेटौंडा–१३ र १६ मा सञ्चालनमा रहेको नगर अस्पतालका लागि प्रतिष्ठानमा रहेका जनशक्ति परिचालन हुने भएका हुन् । सोमबार हेटौंडा उपमहानगरपालिका र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठनका पदाधिकारीबीचको छलफलमा नगर अस्पताल र हेटौंडा अस्पताललाई सञ्चालन र व्यवस्थापनमा सहकार्य गर्ने सहमति भएको छ ।

- Advertisement - Ad Banner

सहमतिअनुसार प्रतिष्ठानअन्तर्गत् हेटौंडा अस्पतालमा भिडियो एक्सरे, सिटिस्क्यान तथा एमआरआई सेवालाई २४ सै घण्टा सञ्चालन गर्न आवश्यक सहयोग उपमहानगरपालिकाले गर्ने भएको छ । दुई संस्थाबीच सहकार्यले नगरमा स्वास्थ्य सेवामा थप प्रभावकारिता आउने विश्वास गरिएको छ । स्थानीयस्तरमा जनताले पाउने स्वास्थ्य उपचार र बिमा सेवालाई प्रभावकारी बनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने छलफलका क्रममा बताइएको थियो । प्रारम्भिक छलफलपछि सहकार्यका लागि दुईपक्षीय सम्झौता गरिने सहमति भएको छ ।

हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाको सभाध्यक्षतामा भएको छलफलमा प्रतिष्ठानका उपकुलपति प्रदीप ज्ञवाली, रजिष्टार भीमसागर गुरागाईं, डिन दुर्गाकुमारी खड्कामिश्र, हेटौंडा उपमहानगरपालिका बिज्ञ सल्लाहकार डा. कृष्णप्रसाद घिताल, प्रतिष्ठान प्राडा दिनेशकुमार लम्साल, उपमहानगरपालिका उपनिर्देशक भीमप्रसाद तिमल्सिना, आर्थिक विकास महाशाखा प्रमुख जगन्नाथ सापकोटा, प्रतिष्ठान प्रशासकीय अधिकृत विशाल लामिछाने, उपमहानगरपालिका कानुन शाखा प्रमुख लक्ष्मण मैनालीको उपस्थिति थियो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि