24.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडामकवानपुर क्याम्पसमा संगठन विस्तार
spot_img

मकवानपुर क्याम्पसमा संगठन विस्तार

spot_img

हेटौंडा/अनेरास्ववियु मकवानपुर बहुमुखी क्याम्पसले संगठन विस्तार अभियान सुरुवात गरेको छ । अनेरास्ववियु केन्द्रीय सदस्य आकाश अधिकारीको प्रमुख आतिथ्यतामा अभियान सुरुवात भएको हो ।

अभियानको दौरान संगठन विस्तार संगठनको नियमित काम रहेको र क्यम्पसमा अध्ययन गर्न आउने नयाँ विद्यार्थीहरुलाई संगठनमा संगठित गराउने नियमित प्रक्रिया रहेको क्याम्पस कमिटी अध्यक्ष प्रसिद्ध रेग्मीले बताए । विद्यार्थीहरुलाई संगठित गर्नेमात्र हैन, हरेक विद्यार्थीहरुका गुनासो समस्याहरुलाई टिपोट गरी त्यसको समाधानको पहलकदमी पनि लिने हिसाबले संगठन विस्तार अभियानमा केन्द्रित हुनुपर्ने केन्द्रीय सदस्य अधिकारीले बताए ।

- Advertisement - Ad Banner

कार्यक्रममा अनेरास्ववियुले आफूलाई विद्यार्थीको हरेक गतिविधिमा क्रियाशील बनाउने र जिल्लाभरि नै संगठन विस्तार अभियान सञ्चालन गर्ने अनेरास्ववियु उपाध्यक्ष नवराज शर्माले बताए । स्ववियु सदस्य उन्नत देवकोटा र निर्दोष लुईंटेलले कार्यक्रम सञ्चालन गरेकोमा तीन वटा कमिटी निर्माण भएको अनेरास्ववियुका नेता निर्दोष लुईंटेलले बताए ।

कार्यक्रममा महिला विद्यार्थीहरुले महिलाहरुको समस्यालक्षित कार्यक्रम राख्नुपर्ने सुझाव आएको अनेरास्ववियु सहसचिव तथा महिला विभाग प्रमुख जस्प्रिता अधिकारीले बताइन् । कार्यक्रममा जिल्ला कमिटी अध्यक्षलगायत पदाधिकारीहरुको सहभागिता रहेको जानकारी उन्नत देवकोटाले गराए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि