24 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाबाढीपहिरो प्रभावितलाई सहयोग
spot_img

बाढीपहिरो प्रभावितलाई सहयोग

spot_img

हेटौंडा/नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाले नमोबुद्ध नगरपालिकाका बाढीपहिरो प्रभावित २ जना र एक विद्यालयलाई सहयोग गरेको छ । बनेपास्थित सोरा इन्टरनेशनल एजुकेसन इन्ष्टिच्युट सञ्चालक प्रकाश श्रेष्ठमार्फत् जापानको इवाते उएनो ल एण्ड विजनेस कलेजले पठाएको ६१ हजार ५ सयमध्येबाट नमोबुद्ध वडा–७ र ८ का प्रभावितलाई १५ हजारका दरले सहयोग गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी डराउनेपोखरी शाखाको सिफारिसमा नमोबुद्ध–७ का बाढीप्रभावित एकल तथा ज्येष्ठ नागरिक ज्ञानीमाया श्रेष्ठ र नमोबुद्ध–८ का मृगौला रोगपीडित झिल्के सार्कीलाई नगद १५ हजारसहित राहत सामग्री हस्तान्तरण गरिएको हो । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा सभापति देवेन्द्र भैल, मन्त्री राजु सिग्देल, कार्यसमिति सदस्य बिलबहादुर श्रेष्ठ, डराउनेपोखरी उपशाखा सभापति नवीन अधिकारी, नेपाल रेडक्रस सोसाइटी काभ्रे कार्यालय प्रमुख त्रिरत्न राजबाहकसहित रेडक्रसकर्मीले सहयोग हस्तान्तरण गरेका थिए । रेडक्रसले आगलागीबाट क्षति भएको नमोबुद्ध नगरपालिका वडा–८ स्थित गणेश प्राथमिक विद्यालयलाई ८ थान म्याट सहयोग गरेको छ । विद्यार्थीको बसाइ व्यवस्थापनमा सहज होस् भनेर सहयोग गरिएको सभापति भैलले बताए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि