21.7 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाकक्षा–९ की छात्राद्वारा अंग्रेजी उपन्यास
spot_img

कक्षा–९ की छात्राद्वारा अंग्रेजी उपन्यास

spot_img

हेटौंडा/चितवनमा कक्षा–९ मा अध्ययनरत् एक छात्राले अंग्रेजी उपन्यास लेखेकी छन् । भरतपुर महानगरपालिका वडा–१२ मा रहेको एडभेञ्चर स्कुलमा अध्ययनरत् प्रेक्षा शर्माद्वारा लिखित अंग्रेजी उपन्यास फाइन्डिङ्स द होरिजनको बुधबार विमोचन गरिएको हो । भरतपुर महानगरपालिका वडा–१२ का अध्यक्ष लेखनाथ पन्त साहित्यकारहरु एलबी क्षेत्री, प्राडा कर्ण बानिया’, विद्या भण्डारीलगायतले संयुक्तरुपमा उपन्यास विमोचन गरेको विद्यालयले जनाएको छ ।

उपन्यास विमोचन कार्यक्रममा प्याब्सन भरतपुर अध्यक्ष मीनराज बस्ताकोटी, सल्लाहकार लेखनाथ खनाल, अंकुरम स्कुलका निर्देशक नयम चौधरी, भ्यालीस्टेट कलेजका प्राचार्य बाबुराम खनाल, प्राध्यापक घनश्यामराज काफ्‌ले, बश्याल वंश समाज अध्यक्ष राजु बश्याललगायतको उपस्थिति थियो । उपन्यासकार शर्मा एडभेञ्चर स्कुलका प्राचार्य प्रेम शर्माबश्यालकी छोरी हुन् । २०६७ पुस १८ गते बेलायतमा जन्मिएकी प्रेक्षा ५ वर्ष उमेरमा नेपाल फर्किएकी थिइन् । अध्ययनमा अब्बल उनी हरेक दिनजसो साहित्यिक कृतिसमेत पठनपाठन गर्ने गरेको बुबा प्रेम शर्माबश्यालले बताए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि