24 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाक्रान्तिकारीद्वारा विजयी पत्रकारलाई सम्मान
spot_img

क्रान्तिकारीद्वारा विजयी पत्रकारलाई सम्मान

spot_img

हेटौंडा/अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मकवानपुर जिल्ला समितिले पत्रकार महासंघमा चुनाब जित्न सफल प्रेस सेन्टर नेपाल मकवानपुरका पत्रकारहरुलाई स्वागत, सम्मान तथा परिचयात्मक कार्यक्रम गरेको छ । अखिल (क्रान्तिकारी) मकवानपुर अध्यक्ष बुद्धराज अर्यालको सभाध्यता र नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सांसद् कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश निर्वाचित अध्यक्ष कृष्ण सारुमगर, पत्रकार महासंघ मकवानपुरका निर्वाचित उपाध्यक्ष ध्रुव अधिकारी र भावना रिजाललाई सम्मान गरिएको हो । कार्यक्रममा मोक्तानाले पत्रकार र विद्यार्थीबीच सुमधुर सम्बन्ध हुनुपर्ने बताइन् । ‘पत्रकार देशका चौथो अंग हुन् र पत्रकार सम्पूर्ण जगत्‌को हकहित का लागि अघि बढ्नुपर्छ,’ उनले भनिन् ।

कार्यक्रममा सारु मगरले प्रेस सेन्टर र अखिल क्रान्तिकारी मिलेर अगाडि बढ्ने र विद्यार्थी संगठनका गतिविधि पत्रकारितामार्फत् उजागर गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य विजय गौतम, प्रह्‌लाद लामिछाने, नेकपा माओवादी केन्द्र मकवानपुर सचिव वीरबहादुर घलान (ज्वाला), बागमती प्रदेश कमिटी सचिवालयका शुभरत्न गोले, नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य विवेक राई, नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर उपाध्यक्ष प्रदीप अर्याल, नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला सदस्य महेश सिग्देल, प्रेस सेन्टर मकवानपुर इञ्चार्ज ध्रुव ढकाल, प्रेस सेन्टर मकवानपुर उपाध्यक्ष राजकुमार केसी, सचिव एमपी शर्मा, प्रेस सेन्टर हेउनपा उपाध्यक्ष राजेश थापा, अखिल (क्रान्तिकारी) उपाध्यक्ष दीपक वाइबा, सचिव छोइसाङ लामा, कोषाध्यक्ष अनिल बसेल, सदस्य राहुल डिमडुङ, विशाल जिम्बा, मिनेश पुडासैनी, ईश्वर ढुंगेल, सागर श्रेष्ठ, नवीन श्रेष्ठ , प्राविधिक विभाग सदस्य अनुप थोकर, आयुश ठकुरी, वाईसीएल हेटौंडा–५ अध्यक्ष हरि ढकाल गायतको आतिथ्यता थियो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि