22.2 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाजनप्रतिनिधिलाई जलवायु चेतनामूलक अभिमुखीकरण
spot_img

जनप्रतिनिधिलाई जलवायु चेतनामूलक अभिमुखीकरण

spot_img

हेटौंडा/स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सुदृढीकरणको लागि चेतनामूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार हेटौंडा उपमहानगरपालिकाको सभाहलमा गैसस महासंघ नेपाल जिल्ला शाखा मकवानपुरको आयोजना अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम संयोजक अनन्त बानियाँले नेपालमा जलवायु परिवर्तनको प्रभाव, कृषि र खाद्यसुरक्षा, जैविक विविधतामा प्रभाव, मानव स्वास्थ्यमा असर, आवास र संरचनामा प्रभाव, ऊर्जा उत्पादनमा प्रभाव, विपद् व्यवस्थापनका उपाय, जोखिम न्यूनीकरणका तयारी, जलवायु परिवर्तनमा पारिस्थितिक प्रणालीमा आधारित अनुकूल, जलवायुनीति र सुशासनमा पालिकाको भूमिकालगायत विषयमा प्रस्तुत गरेका थिए । वन तथा वातावरण शाखाकी चन्दा खड्काले जलवायु परिवर्तनलाई न्यूनीकरण गर्ने विषयमा प्रस्तुतिकरण दिएकी थिइन् । अन्य ५ पालिकामा कार्यक्रम गरिसकिएको र यो छैठौं पालिका रहेको जानकारी दिइएको छ ।

- Advertisement - Ad Banner

हेटौंडा उपमहानगर नगर कार्यपालिका प्रमुख मीनाकुमारी लामा, गैसस महासंघ अध्यक्ष रमिला सापकोटा, सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम, सूचना शाखा प्रमुख भानु थपलिया, १० नम्बर वडा अध्यक्ष फुर्वा दोर्जेलामा, ११ नम्बर वडा अध्यक्ष जुना दाहाल, ८ नम्बर वडा अध्यक्ष राम थापा, २ नम्बर वडा अध्यक्ष विष्णुगोपाल महर्जनलगायत १ देखि १९ नम्बर वडाका जनप्रतिनिधिहरुको उपस्थिति थियो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि