24 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडा‘रेस फर सक्सेस लिडरसिप’ ट्रेनिङ हेटौंडामा
spot_img

‘रेस फर सक्सेस लिडरसिप’ ट्रेनिङ हेटौंडामा

spot_img

रुपक कालीराज

हेटौंडा/युटर्न इन्टरनेसनल प्रालिको आयोजनामा ‘रेस फर सक्सेस’ नेतृत्व विकास प्रशिक्षण कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ । ‘चिन्तामुक्त मानव, निरोगी समाज, उद्यमशील राष्ट्रः गौरवशाली युटर्न’ भन्ने उद्धेश्यसहित सञ्चालन गरिएको कार्यक्रममा जीवनशैली परिवर्तन, नेतृत्व विकास र सफलता हासिल गर्ने उपायमा केन्द्रित प्रशिक्षण प्रदान गरिएको थियो ।

- Advertisement - Ad Banner

कार्यक्रम मकवानपुरगढी गाउँपालिकास्थित सेल्स सेन्टर प्रमुख उषा घलानको सभाध्यक्षता र युटर्न इन्टरनेसनल प्रालि प्रवन्ध निर्देशक तथा प्रेरकवक्ता सुबास केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख प्रशिक्षक केसीले सहभागीलाई जीवन परिवर्तन गर्नुपर्ने आवश्यकता, व्यापारका नयाँ दृष्टिकोण र नेतृत्व विकासका विधिबारे प्रशिक्षण प्रदान गरे ।

कार्यक्रमका क्रममा केसीले जीवनशैली परिवर्तनको आवश्यकता औंल्याउँदै भने–आजका युवाले खानपिन, सोचाइ र व्यापारका तरिकामा परिवर्तन ल्याउनुपर्छ । युटर्न इन्टरनेसनल प्रालिले छोटो समयमा प्रगति गरेर यस कुराको प्रमाणित गरेको छ । हामीसँग आबद्ध भएर हजारौंले आफ्‌नो जीवन र भविष्य सुधार गरेका छन् । उनले सहभागीलाई प्रेरित गर्दै भने–नेपाली युवाको सफलता नै हाम्रो लक्ष्य हो । काम गर्ने इच्छाशक्ति भएका युवालाई रोजगारका अवसर दिन तयार छौं ।

कार्यक्रममा युटर्न इन्टरनेसनल प्रालिका पहिलो सिंगापुर विजेता स्टार होल्डर सुशान्त लामा (नाङ्जी लामा) ले आफ्‌नो अनुभव साझा गर्दै युटर्नसँग आबद्ध भएर आफूले प्राप्त गरेको सफलता र प्रेरणाबारे चर्चा गरे । रोयल्टी होल्डर अमृता खुलालले स्वागत मन्तव्य व्यक्त गर्दै युटर्नमा आबद्ध हुने अवसरको महत्वबारे प्रकाश पारिन् ।

हेटौंडा उपमहानगरपालिका वडा–१५ का सदस्य सिंहबहादुर लो, गढी वडा–५ का डिपो सेन्टर प्रमुख प्रकाश घिमिरे, नेपाल औषधि व्यवसायी संघका वरिष्ठ सल्लाहकार विष्णु थापा, डाइमण्ड आरो सप्लायर्स प्रोप्राइटर तथा युटर्न राष्ट्रिय वितरक युवराज लोलामा, मकवानपुर टेक्निकल कलेजका प्रभाकर राई र अन्य क्षेत्रका प्रतिष्ठित व्यक्तित्वको उपस्थिति थियो । कार्यक्रम सञ्चालन युटर्न इन्टरनेसनल प्रालिका राष्ट्रिय वितरक रुपक कालीराजले गरेका थिए ।

मकवानपुरका विभिन्न क्षेत्रका व्यवसायी, युवा र उद्यमीको सहभागितामा सम्पन्न कार्यक्रममा सहभागीले प्रशिक्षणले आफूहरुमा सकारात्मक ऊर्जा थपेको र जीवनशैली परिवर्तनका नयाँ तरिका सिकाएको अनुभव व्यक्त गरे । कार्यक्रमले नेतृत्व विकास र व्यक्तिगत् सुधारमा ठूलो योगदान दिने विश्वास गर्दै सहभागीले यस्ता कार्यक्रमलाई नियमित आयोजना गर्न सुझाव दिए । कार्यक्रमले युवालाई उद्यमशीलता, नेतृत्व विकास र सफलता हासिल गर्ने नयाँ आयाम सिकाउन उल्लेखनीय योगदान पुर्‍याएको छ । युटर्न इन्टरनेसनल प्रालिले आयोजना गरेका यस्ता कार्यक्रमले चिन्तामुक्त, निरोगी र उद्यमशील समाज निर्माण गर्ने अभियानलाई थप बल पुर्‍याउने विश्वास गरिएको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि