24.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाखेलाडीलाई जीविकोपार्जन गर्न सक्ने बनाइने
spot_img

खेलाडीलाई जीविकोपार्जन गर्न सक्ने बनाइने

spot_img

हेटौंडा/बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले आफ्‌नो कार्यकालमा खेलाडीले खेलेरै जीविकोपार्जन गर्न सक्ने वातावरण बनाइने बताएका छन् ।

मकवानपुरको बकैया गाउँपालिका–११, सिमातमा आयोजित खुला कराते प्रतियोगितामा मन्त्री महर्जनले अन्तर्राष्ट्रियजगत्‌मा पहिचान स्थापित गराएका खेलाडीहरुको राज्यले उचित सम्बोधन गर्न नसकेको भन्दै आफ्‌नो कार्यकालमा खेलाडीलाई खेलेरै जीविकोपार्जन गर्न सक्ने वातावरण तयार पारिने र त्यसका लागि सबै तहका सरकारको सहयोग हुनुपर्नेमा जोड दिए ।

- Advertisement - Ad Banner

उनले आफू मन्त्री भएपछि अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई कार्यविधि बनाएर नगद पुरस्कारसहित सम्मान गर्ने कार्यको सुरुवात गरिसकेको बताए । ॅम १२ वर्षदेखि खेलकुद क्षेत्रमा लागेको मान्छे, खेलाडीको मर्म, भावना बुझेर म खेलकुद मन्त्री भएको हुँ । राज्यले खेलकुद क्षेत्र र खेलाडीलाई प्राथमिकता दिन नसक्दा राम्रो सम्भावना बोकेका खेलाडीहरु विदेश पलायन भइरहेका छन् । म मन्त्री हुँदा बनिसकेको बजेट खेल क्षेत्र र खेलकुदमैत्री छैन । मौका पाएँ भने अबको बजेट इतिहासमा स्वर्ण अक्षरले लेखिने गरी बनाउँछु,’ उनले भने ।

उनले मकवानपुर खेलकुद क्षेत्रको इतिहास बोकेको ठाउँ भन्दै यहाँको खेलकुद क्षेत्रको विकासका लागि सक्दो पहल गर्ने र खेलाडीहरु राष्ट्रका गहना भएकाले अनुशासित भएर खेलकुद क्षेत्रमा अघि बढ्न सुझाव दिए ।

सोमबार भएको प्रतियोगितामा ७ स्वर्णसहित बकैया गाउँपालिकाको छतिवन कराते डोजो प्रथम हुँदै ट्रफी हात पार्न सफल भएको छ । छतिवनले ७ स्वर्णसहित ५ रजत तथा १ कास्य पदक हात पारेको हो । ७ स्वर्णसहित हात्तीसुँडे डोजो टिम दोस्रो हुन सफल भयो । दोस्रो भएको हात्तीसुँडेले ७ स्वर्णसहित १ रजत ८ कास्य हात पार्‍यो भने ३ स्वर्ण पदक, ९ रजत पदक र ९ कास्य जित्दै सिमात डोजो टिम तेस्रो भएको हो । बकैया गाउँपालिका खेलकुद विकास समिति संयोजक विजय लामाथिङको सभाध्यक्षतामा भएको समारोहमा विजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरिएको हो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि