22.2 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाहेटौंडामा इसाईको क्यान्डल र्‍याली
spot_img

हेटौंडामा इसाईको क्यान्डल र्‍याली

spot_img

हेटौंडा/हेटौंडामा इसाईहरुले क्यान्डल र्‍याली प्रदर्शन गरेका छन् । मकवानपुर इसाई समाजको आयोजनामा हेटौंडास्थित इसाई चर्चका सदस्यहरुले क्यान्डल र्‍याली गरेका हुन् । इसाईहरुले हातमा क्यान्डल, शिरमा क्रिसमस टोपी, हातमा प्लेकार्ड बोकेर शुभकामना सन्देशप्रवाह गरेका थिए । हेटौंडा उपमहानगर पालिका–१० नम्बर वडास्थित सोलिड्यारिटी इन्टरनेसनल एकेडेमी स्कुलको प्रांगणबाट शुरु भएको र्‍याली बुद्धचोकमा कोणसभामा परिणत भएको थियोे ।

शुभकामना सन्देशप्रवाह गर्दै मकवानपुर इसाई समाजका सल्लाहकार ऋषिराम आचार्यले धर्मशास्त्र बाइबलबाट पढ्दै येशुख्रीष्ट संसार सबै मानिसको उद्घार र शान्तिको लागि आएको बताए । उनले मुक्ति, उद्घार र शान्ति येशुमा रहेको बताए । इसाईहरुले सन्देशमुूक गीतमा नाचगान गरी पर्चा वितरण गरेका थिए ।

- Advertisement - Ad Banner

कार्यक्रममा इसाई समाज मकवानपुर अध्यक्ष निम्टोल्मा आचार्य, वरिष्ठ रेभरेन पास्टर रामकृष्ण पन्त, पास्टर डा. वीपी खनाल, पास्टर चेत थोकर, पास्टर अभिषेक उप्रेती, पास्टर मिलन सेढाईं, समाज उपाध्यक्ष रुबेन राई, पास्टर कालेव राईलगायत अगुवाहरु, इसाई युवाको उपस्थिति थियोे । ख्रीष्टमसमा इसाईहरु आफ्‌नो चर्चमा भेला भएर शुभकामना आदानप्रदान गरेका छन्‌् ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि