22.2 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडागगन १६ गते हेटौंडामा
spot_img

गगन १६ गते हेटौंडामा

spot_img

हेटौंडा/नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पुस १६ गते हेटौंडा आउने भएका छन् । हरेक वर्ष नेपाली कांग्रेसले पुस १६ गते मनाउँदै आएको राष्ट्रिय एकता तथा मेलमिलाप दिवस कार्यक्रमलाई सम्बोधन गर्न महामन्त्री थापा हेटौंडा आउने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनमा कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले पुस १६ गते हेटौंडामा कांग्रेसले केन्द्रीय पदाधिकारीहरुको समेत उपस्थितिमा शुभकामना आदानप्रदानसहित सम्मान कार्यक्रम गर्न लागेको जानकारी दिए । उक्त दिन पार्टीका पूर्वसभापतिहरु, पार्टीमा लामो समय योगदान गरेका अग्रजलगायत करिब ३० जनालाई सम्मान गर्ने योजना बनाइएको सभापति लामाले बताए ।

- Advertisement - Ad Banner

हेटौंडाको रोयल पार्टी प्यालेसमा हुने कार्यक्रममा महामन्त्री थापासहित सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना, वागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलगायतको सहभागिता रहने जनाइएको छ । पार्टीका संस्थापक नेता वीपी कोइराला, गणेशमान सिंहलगायत नेताहरु लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिन पुस १६ गतेलाई कांग्रेसले हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउने गरेको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि