हेटौंडा/बार दिवसको अवसर पारेर उच्च अदालत बार हेटौंडा र जिल्ला अदालत बार हेटौंडाको संयुक्त आयोजनामा न्यायालयको वर्तमान अवस्था र बारको भूमिकाका विषयमा अन्तत्र्रिmया भएको छ ।
अधिवक्ता मुकुन्दप्रसाद अधिकारीले तयार पारेको कार्यपत्रमाथि कार्यक्रममा सहभागी अधिवक्ताहरुले टिप्पणी गरेका थिए । कार्यक्रममा वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गर्ने कृष्ण अर्याल, ईश्वरराज ढकाल, धुव चौलागाईं, बाबुराम अर्याल र रामेश्वर कोइरालालाई सम्मान गरिएको थियो ।
जिल्ला अदालत बार सदस्य अधिवक्ता बालकृष्ण अधिकारी नेपाल पत्रकार महासंघ मकवानपुरको अध्यक्ष निर्वाचित भएकोमा बधाई तथा शुभकामना प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल कानुन व्यवसायी परिषद् सदस्य पार्षद् केशब काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो ।
मकवानपुर जिल्ला अदालत बार र सीएमसी चुरेहिल अस्पतालबीच उपचार सहुलियत सम्झौता भएको छ । मकवानपुर जिल्ला बारमा आबद्ध कानुन व्यवसायीहरुलाई औषधिमा ७ प्रतिशत् र उपचार सेवामा २० प्रतिशत् छुट गर्ने सम्झौता भएको छ । मकवानपुर जिल्ला अदालत बारका तर्फबाट अध्यक्ष अप्सरा बस्नेत र अस्पतालका प्रवन्ध निर्देशक प्रताप देबकोटाले सम्झौतामा हस्ताक्षर गरे ।