24 C
Makwānpur
Homeमुख्य समाचारसहकारी प्रवद्र्धनका कार्यक्रम हुँदै
spot_img

सहकारी प्रवद्र्धनका कार्यक्रम हुँदै

spot_img

सुनिता बिष्ट

हेटौंडा/जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा विभिन्न कार्यक्रम हुने भएको छ । पुस १६ गते मंगलबार देखि १८ गते बिहीबारसम्म ‘उत्पादन, बजारीकरण तथा लगानीको आधार-उद्यम प्रवद्र्धन हाम्रो पूर्वाधार’ भन्ने मुल नारासहित कार्यक्रम आयोजना गर्न लागिएको हो ।

- Advertisement - Ad Banner

उद्यम प्रवद्र्धनका लागि सहकारी तथा सहकारीका सदस्यमार्पmत् उत्पादित वस्तु प्रदर्शनी तथा बिक्री मेलाको आयोजना गर्न लागिएको संघले जनाएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरको नवनिर्मित भवनपरिसर, हेटौंडा-२, शान्तिपथमा कार्यक्रम लागिएको हो । सहकारीमार्फत् उद्यम गर्ने सदस्यलाई प्रोत्साहन गर्ने उद्धेश्यले यस्तो कार्यक्रम आयोजना गरिएको संघ अध्यक्ष कल्पना श्रेष्ठ बताइन् ।

उनले भनिन्‌-सहकारीका व्यवसायी सदस्यको व्यवसाय प्रवद्र्धन गर्ने, उत्पादक र उपभोक्ताबीच पुलको काम गर्न, सहकारीका सदस्यको उत्पादनको बजार प्रवद्र्धन गर्न तथा वैदेशिक रोजगारी न्यून गरी स्वरोजगार सिर्जनामा योगदान गर्न यस्तो कार्यक्रम आयोजना गर्न लागेका हौं । जिल्लामा रहेका सहकारी संस्था तथा अन्तरजिल्ला प्रदर्शनीमा सहकारीमार्फत् उत्पादन भएका सामग्रीहरुको स्टल राखिने उनले बताइन् । संघको बाहिरी जिल्ला उद्यमी अध्ययन अवलोकन भ्रमणमा उत्कृष्ट ४ जनालाई निःशुल्क र बाँकी स्टल राख्ने साकोसहरुबाट सहभागीहरुलाई २५ प्रतिशत् शुल्क छुट गरी सहभागी गराइनेछ भने संघले ऋणलगानी गर्दा सबभन्दा न्यून व्याजदरमा लगानीका लागि प्राथमिकता प्रदान गर्ने बताइएको छ ।

सबै स्टल राख्ने साकोसहरुका लागि प्रमाणपत्रको व्यवस्था गरिएको संघ व्यवस्थापक सुमित्राकुमारी वाइबाले जानकारी दिइन्‌् । उत्कृष्ट चार अर्थात् प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई आकर्षक पुरस्कारको व्यवस्था गरिने उनले बताइन् । अन्तरजिल्ला स्टल राख्ने साकोसहरुलाई धन्यवादसहित प्रमाणपत्र वितरण गरिने बताइएको छ ।

सहकारी वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिने छ भने उक्त प्रतियोगितामा सहकारी सञ्चालक समितिका सचिवहरुबीच हुने व्यवस्थापक वाइबाले जानकारी दिइन् । ‘सहकारीमा सुशासनःप्रविधि र एकीकरण’ विषयमा सचिवहरुबीच वक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागिएको हो । पुस १७ गते दिउँसो १ बजे जिल्ला बचत तथा ऋण सहकारी संघकै भवनमा कार्यक्रम आयोजना हुनेछ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई सोही दिन पुरस्कार वितरण गरिने बताइएको छ ।

उनका अनुसार कलेजस्तरीय सहकारी निबन्ध प्रतियोगितासमेत आयोजना गरिनेछ । ‘एकका लागि सबै, सबैका लागि एक’ शीर्षकमा निबन्धलेखन प्रतियोगिता गरिने व्यवस्थापक वाइबाले बताइन् । निबन्धलेखन प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई सोही दिन पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । प्रतियोगितात्मक कार्यक्रमको प्रथम पुरस्कार ७ हजार, द्वितीय पुरस्कार ५ हजार, तृतीय पुरस्कार ३ हजार र सान्त्वना पुरस्कार १ हजार ५ सय रहेको व्यवस्थापक वाइबाले जानकारी दिइन् ।

विभिन्न सहकारीहरुले राखेको स्टलहरुको आकर्षक टिकटक भिडियो बनाउनेहरुबीच समेत प्रतियोगिता हुने आयोजकले जनाएको छ । स्टलको प्रचारप्रसारमा सघाउ पुर्‍याउने उद्धेश्यले टिकटक भिडियो बनाएर प्रचार गर्नेहरुमध्येबाट उत्कृष्ट ५ जनालाई १ हजार सहित आकर्षक पुरस्कारको व्यवस्थासमेत गरिएको छ । प्रदर्शनीअघि र प्रदर्शनी अवधिभित्र टिकटक भिडियो बनाउनेलाई प्रतियोगितामा सहभागी गराइने बताइएको छ ।

कार्यक्रमको समापनको दिन संघको नवनिर्मित भवन उद्‌घाटन तथा सम्मान कार्यक्रम हुनेछ । करिब २ करोड ५० लाख लागतमा निर्माण भएको सुबिधासम्पन्न भवनको उद्‌घाटन वागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले गर्ने संघ अध्यक्ष श्रेष्ठले बताइन् ।

तीन दिनसम्म चल्ने कार्यक्रममा संघमा आवद्ध सदस्य साकोसहरु, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरु, स्थानीय संघसंस्थाहरु, नगर तथा वडा समन्वय समिति, टोलविकास संस्था, सरकारी तथा गैरसरकारी संस्था, जिल्लाका सम्पूर्ण सहकारी संघसंस्थाहरु, विभिन्न जातजाति, भाषाभाषी, धार्मिक संघसंस्थाहरु,. सहकारी अध्ययन/अवलोकनकर्ता जिल्ला तथा जिल्ला बाहिरका सहकारीकर्मीहरु, कलेज, विद्यालयका शिक्षक तथा विद्यार्थीहरु तथा केन्द्रीय तथा अन्तरजिल्लाका अतिथि गरी करिब १२ हजार भन्दा बढीकोे उपस्थिति रहने आँकलन गरिएको छ । सहकारी अध्ययन/अवलोकन भ्रमणमा आउने संघसंस्थाहरुलाई सहजीकरण गरिने समेत बताइएको छ ।

सहकारीबाट उत्पादित सामग्री प्रदर्शनीमा सदस्य संस्थाहरुबाट न्यूनतम् ३५ वटा स्टल रहने अनुमान संघको छ भने नाम चलेका अन्तरजिल्लाका ३ वटा सहकारी संस्था, समयसापेक्ष अत्यावश्यक वस्तुको व्यापार २ वटा स्टल राखिने बताइएको छ । प्रदर्शनीमा हस्तकलाका सामग्रीहरु, फोटो फेम, मुढा, मायाको चिनो, ठेकी, डल, कुशन, किष्टल माला, फलामका सामग्रीहरु कुटो, कोदालो, बाटेको, सिन्के धुप, चकटी, गुन्द्री, सुकुल, मान्द्रो, डोको, डालो, ढकी, नाम्लो, नाङ्‌लो, कुचो, ढाकाका सामग्री, जुत्ताचप्पल, थैली, भाँडा समाउने कपडा (सप्टा) आदि राखिने बताइएको छ । खाद्य सामग्रीमा अनिवार्य प्याकेजिङ भएको हुनुपर्ने मापदण्ड तयार गरिएको अध्यक्ष श्रेष्ठले बताइन् ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि