22.2 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाराष्ट्रिय उपाध्यक्षमा पालुङका कार्की
spot_img

राष्ट्रिय उपाध्यक्षमा पालुङका कार्की

spot_img

हेटौंडा/नेपाल जेसीज वर्ष २०२५ का लागि राष्ट्रिय उपाध्यक्षमा पालुङ जेसीज वर्ष २०२३ का अध्यक्ष संगम कार्कीले उम्मेद्वारी दिएका छन् । राष्ट्रिय उपाध्यक्ष उम्मेदेवार कार्की पालुङ जेसीजमा २०१२ र २०१३ मा साधारण सदस्य, २०१४ मा खेलकुद संयोजक, २०१५ मा स्वयम्सेवक संयोजक, २०१६ मा सदस्यता बिस्तार संयोजक, २०१७ मा वर्ष कार्यक्रम संयोजक, २०१८ मा सदस्य, २०१९ मा उपाध्यक्ष, २०२० कोषाध्यक्ष, २०२१ मा महासचिव, २०२२ कानुनी सल्लाहकार, २०२३ मा शाखा अध्यक्ष हुँदै २०२५ का लागि राष्ट्रिय उपाध्यक्षका लागि उम्मेद्वारी दिएका हुन् ।

स्थापनाको २१ वर्षपछि पालुङ जेसीजलाई राष्ट्रिय पदाधिकारी प्राप्त गराउनका लागि आफ्नो उम्मेद्वारी रहेको राष्ट्रिय उपाध्यक्ष उम्मेद्वार कार्कीले बताए । कार्कीले संस्थाको गरिमालाई उच्च बनाउँदै आफ्नो क्षमताले भ्याएसम्म क्रियाशील रहने बताए । थाहा नगरपालिका वडा-३ मा २०४२ सालमा जन्मेका कार्कीले अंग्रेजी र समाजशास्त्र विषयमा स्नातकोत्तर उत्तीणर् गरेका छन् । सामाजिक कार्यमा सक्रिय कार्की नेपाल रेडक्रस सोसाइटी दामन उपशाखा कार्यसमिति सदस्य, हिमालयण इग्ङ्लिस सेकेन्डरी स्कुल थाहा-४ को विद्यालय संयोजक, न्युभिजन एकेडेमी थाहा-३ का संस्थापक, जनकल्याण माध्यमिक विद्यालय थाहा-३ को मानविकी संकाय संयोजक हुन् ।

- Advertisement - Ad Banner

नेपाल जेसीजका निर्वाचन आयुक्त विकास मानन्धरका अनुसार निर्वाचन कार्यक्रमअन्तर्गत् उम्मेद्वारीे तालिम, अन्तर्वार्ता, ककशपश्चात् पुस ५ देखि ८ गतेसम्म बुटवलमा हुने ५१ औं राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । जेसीज वर्ष २०२५ का लागि १ अध्यक्षमा ५ जनाको उम्मेद्वारी परेको छ । कार्यकारिणी उपाध्यक्ष ४ पदका लागि ९ जनाको र १२ उपाध्यक्षका लागि १८ जनाको उम्मेद्वारी परेको छ ।

राष्ट्रिय अध्यक्षका लागि रजनी थापा, विजय गुरुङ, सुनील तिम्सिना, रश्मी शिल्पकार, जीवन कार्की, नरेशचन्द्र ओझाको उम्मेद्वारी परेको नेपाल जेसीज वर्ष २०२४ का महासचिव सरोज अधिकारीले जानकारी दिए । कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, नवराज उपाध्याय, सौरभ श्रेष्ठ, बहादुर तामाङ, एलिना महर्जन, अमर घिमिरे, कृष्ण सापकोटा, गौरव पौडेल, योगीराज अधिकारीको उम्मेद्वारी परेको छ । उपाध्यक्षका लागि पालुङ जेसीजका कार्कीसँगै अभिषेक दुलाल, धनराज कँडेल, पुण्यप्रसाद अधिकारी, सन्दीप कार्की, दीपकजंग अधिकारी, मणिप्रसाद अर्याल, सुष्मिता भट्टराई, उज्ज्वल कब्रा, सुजन थापा, राघब कोइराला, सुवास गौतम्, मुकेश भट्टराई, पवित्रा पाण्डे, राजकुमार शाह, शिवशंकर जैसवाल, बबिता पाण्डे, प्रमिश जोशीको उम्मेद्वारी छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि