22.2 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडावागमती फुटबल लिग पुस १० बाट हेटौंडामा
spot_img

वागमती फुटबल लिग पुस १० बाट हेटौंडामा

spot_img

हेटौंडा/वागमती प्रदेश लिग फुटबल प्रतियोगिता पुस १० गतेबाट हेटौंडामा हुने भएको छ । हेटौंडा-५ को पिप्ले-क्याम्पा रंगशालामा हुने दोस्रो संस्करणको प्रतियोगितामा वागमतीका ११ जिल्लाका लिग च्याम्पियनहरुले सहभागिता जनाउनेछन् ।

हेटौंडामा पत्रकार सम्मेलन गरी प्रदेश फुटबल संघले लिगको टाइसिट सार्वजनिक गरेको छ । लिगमा नकआउट अवधारणामा हुने प्रतियोगिताको फाइनलिस्ट दुई टिमले एन्फाले आयोजना गर्ने राष्ट्रिय फुटबल लिगमा सहभागिता जनाउने संघ कार्यबाहक अध्यक्ष राजीव बस्नेतले बताए । प्रतियोगिता विजेता तथा उपविजेताले क्रमशः नगद २ लाख र १ लाखसहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि करिब ३१ लाख खर्च अनुमान रहेको आयोजकले बताएको छ ।

- Advertisement - Ad Banner

लिगमा यस वर्ष मकवानपुरबाट पदमपोखरी युवा क्लब, बीएफसी चितवन, धुनिवेशी युथ समाज धादिङ, बट्टार युथ क्लब नुवाकोट, चित्लाङ फुटबल क्लब काठमाडौं, थिमी युथ क्लब भक्तपुर, माउन्ट एभरेस्ट एफसी काभ्रे, चौतारा स्पोर्टिङ सिन्धुपाल्चोक, टाइगर टिम दोलखा, ब्लु अल्पाइन सिन्धुली र ललितपुरको क्लबहरु सहभागी हुनेछन् । पत्रकार सम्मेलनमा वागमती प्रदेश खेलकुद विकास परिषद् सदस्यसचिव दीपक लामाले टाइसिट सार्वजनिक गरेका थिए । पहिलो संस्करण विजेता जिल्ला धादिङ हो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि