18.5 C
Makwānpur
HomeUncategorizedवागमतीमा उपनिर्वाचनलक्षित एकीकृत सुरक्षा
spot_img

वागमतीमा उपनिर्वाचनलक्षित एकीकृत सुरक्षा

spot_img

हेटौंडा/वागमती प्रदेश सुरक्षा समितिको बैठकले १६ मंसिरमा हुने उपनिर्वाचनका लागि एकीकृत सुरक्षा समन्वय केन्द्र निर्माण गर्ने निणर्य गरेको छ । मंगलबार हेटौंडास्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा भएको समितिको बैठकले उपनिर्वाचन हुने प्रदेशका चार जिल्लालाई समेटेर एकीकृत सुरक्षा समन्वय केन्द्र बनाउने निणर्य गरेको मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

१६ मंसिरमा कीर्तिपुर नगरपालिकाको नगर प्रमुखसहित १ र ४ नम्बर वडाको अध्यक्ष, काठमाडौं उपमहानगरपालिका-१६ मा वडा अध्यक्ष, मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१२ मा वडा अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष, नुवाकोटको ककनी गाउँपालिका-२ वडा अध्यक्ष चयनका लागि उपनिर्वाचन हुँदैछ ।

- Advertisement - Ad Banner

उपनिर्वाचन हुने जिल्लाको शान्तिसुरक्षाको रिपोर्टिङलाई एकद्वार प्रणालीबाट व्यवस्थित गर्दै चुस्तदुरुस्त सुरक्षा व्यवस्थापनका लागि एकीकृत सुरक्षा केन्द्रबाट काम गरिने लक्ष्य लिइएको मन्त्री लामिछानेले बताए । केन्द्रको संयोजन मन्त्री लामिछानेले गर्नेछन् । केन्द्रको सम्पर्क कार्यालय आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा रहने छ । प्रदेश सुरक्षा समितिको बैठकमा प्रदेशका सुरक्षा निकायका प्रमुखबाट प्राप्त प्रदेशको शान्तिसुरक्षाको अवस्थामाथि समीक्षा भएको छ ।

उपनिर्वाचनलाई सुरक्षित, निष्पक्ष, भयरहित वातावरणमा सञ्चालन गर्न जिल्ला सुरक्षा समितिहरुसँग भौतिक तथा विद्युतीय माध्यमबाट नियमित सम्पर्कसहित आवश्यक सहयोग आदानप्रदान गर्ने, जिल्ला सुरक्षा समितिहरुसँग सहकार्य गरी आवश्यकताका आधारमा स्थलगत् निरीक्षण तथा अनुगमन गर्ने, उपनिर्वाचनमा सेना परिचालन गर्ने संघीय सरकारको निणर्यअनुसार सुरक्षाका लागि आवश्यक कार्य गर्ने निणर्य भएको मन्त्री लामिछानेले जानकारी
दिए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि