HomeUncategorizedमानवीय सेवामा प्रदेश सरकार तत्पर

मानवीय सेवामा प्रदेश सरकार तत्पर

हेटौंडा/संविधान दिवस तथा राष्ट्रिय दिवसको अबसरमा अपांगता भएका व्यक्तिहरुलाई कृत्रिम खुट्टा र ह्विलचेयर वितरण गरिएको छ । वागमती प्रदेश स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय, मारवाडी सेवा समिति नेपाल र श्री पशुपति गौशाला धर्मशालाद्वारा संयुक्तरुपमा काठमाडौंमा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री किरण थापाले निःशुल्क कृत्रिम खुट्टा र ह्विलचेयर वितरण गरेका हुन् ।

कार्यक्रममा मन्त्री थापाले मानवीय सेवामा वागमती प्रदेश सरकार सदैंव तत्पर रहेको बताए । खुट्टा नभएकै कारण धेरै कष्ट खेप्नुपरेको महसुस गर्दै सहकार्य गरी यस्ता सामग्री बितरण गरिएको मन्त्री थापाले बताए । सहयोग सानै भए पनि कहिलेका“ही त्यसले ठूलो सहयोग हुने मन्त्री थापाको भनाइ थियो । ॅकृत्रिम खुट्टा वितरणपछि उहा“हरुको जीवन सहज हुने विश्वाससाथ यस कार्यक्रम अगाडि बढाइएको हो, मन्त्री थापाले भने ।

संविधान दिवसको दिन खुट्टा एवम् ह्विलचेयर बितरण गर्न पाउँदा आफूलाई अत्यन्त खुशी लागेको मन्त्री थापाले बताए । यी संस्थासँग निःशुल्क शववाहन सञ्चालन, विभिन्न अस्पतालमा प्रतिछाक ४० रुपियाँमा खाना खुवाउने कार्यको पनि सम्झौता हुने क्रममा रहेको उनले जानकारी दिए । शुद्ध पिउने पानीका लागि अस्पतालमा ४ लाख बराबरको वाटर प्युरिफायर पनि राख्ने तयारी भएको मन्त्री थापाले बताए ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here