हेटौंडा÷ हेटौंडा–२, मनकामनाचोक निवासी धनमाया बर्तौलाले सामाजिक सेवाको उदाहरण प्रस्तुत गर्दै शनिबार ॐ वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकका लागि अन्नदान गरेकी छन् । बर्तौलाले आश्रममा बसोबास गरिरहेका २३ जना ज्येष्ठ आमाबुबाका लागि करिब ५५ हजार बराबरको खाद्यान्न सहयोग प्रदान गरेकी हुन् । उनले चामल १० बोरा, दाल १ बोरा, तेल ८ कार्टुन, नुन १ बोरा, चियापत्ती ४ किलो तथा चिनी १ बोरा आश्रमलाई हस्तान्तरण गरेकी थिइन् ।
वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकको दैनिक जीवनयापनमा सहयोग पुग्ने उद्धेश्यले उक्त अन्नदान गरिएको बर्तौलाले बताइन् । समाजमा रहेका असहाय तथा ज्येष्ठ नागरिकको सेवा गर्नु सबैको दायित्व भएको उनको भनाइ छ । आश्रमतर्फबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले ज्येष्ठ नागरिकहरुको जीवनयापनमा ठूलो सहयोग पुग्ने जनाएको छ । समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुले पनि यस्ता सामाजिक सेवाका कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ ।










