Homeटप न्युजकरोडौं जिमेल अकाउन्ट डिलिट गर्दै गुगल

करोडौं जिमेल अकाउन्ट डिलिट गर्दै गुगल

गुगलले आगामी लामो समयदेखि निष्क्रिय रहेका करोडौं जीमेल खाताहरू डिलिट गर्दैछ । सेप्टेम्बर २० देखि गुगलले यस्ता जिमेल अकाउन्टहरु हटाउन सुरु गर्नेछ ।

गुगलको यो कदमबाट व्यक्तिगत तथा व्यावसायिक कामका लागि जीमेलमा निर्भर रहेका विश्वभरका करोडौं प्रयोगकर्ताहरू प्रभािवत हुनेछन् । सूचना प्रविधिको वर्तमान युगमा जीमेल दैनिक सञ्चारको एक अभिन्न हिस्सा भैसकेको परिप्रेक्ष्यमा गुगलको यो निणर्यले के अर्थ राख्छ र यसले तपाईंलाई कसरी असर पार्न सक्छ भन्ने कुरा बुझ्नु महत्वपूणर् छ ।

किन हटाउँदै छ जिमेल ? विश्वमा सबैभन्दा धेरै प्रयोगकर्ता भएको इमेल सेवा हो जीमेल । विद्यार्थीहरूले आफ्नो स्कुलको काम व्यवस्थापन गर्ने देखि पेशागत व्यक्तिहरुले व्यवसायिक पत्राचार गर्ने सम्मका कामसमेत जिमेलबाटै हुन्छन् ।

यसका कारण, हरेक वर्ष जीमेलमा लाखौं नयाँ अकाउन्ट खोलिन्छन् । तर, समयसँगै धेरै खाता निष्क्रिय हुन्छन् । साथै केही जिमेल खाता मरिसकेका व्यक्तिहरूका पनि हुन्छन् ।

यस्ता प्रयोगहीन खाताहरूले गुगलको सर्भरमा धेरै स्पेस ओगट्छन् । आफ्नो भण्डारणमा अनावश्यक डेटा हटाएर गुगलले सर्भर स्पेसलाई छरितो बनाउन चाहन्छ । त्यसैले यस्तो समस्यालाई सम्बोधन गर्न उसले निष्क्रिय जीमेल खाता मेट्ने

निणर्य गरेको हो । यसअन्तर्गत गुगलले विगत दुई वर्षदेखि प्रयोग नगरिएका खाताहरू डिलिट गर्न सुरु गर्नेछ । यो प्रक्रिया सेप्टेम्बर २० पछि सुरु हुनेछ र यसबाट विश्वभरका लाखौं खाताहरू प्रभावित हुनेछन् ।
खाता डिलिट भयो भने के हुन्छ ?

यदि गुगलले तपाईंको खाता डिलिट गरिदियो भने, तपाईंले केवल आफ्नो जिमेल इन्बक्समा मात्र पहुँच गुमाउनुहुन्न सो अकाउन्टमा आबद्ध गुगलका अन्य सर्भिस जस्तै न्ययनभि म्चष्खभ, न्ययनभि ऋबभिलमबच, न्ययनभि एजयतयक का साथै अरूमा भएका महत्वपूणर् फाइल र डाटा पनि स्थायीरूपमा मेटिनेछन् ।

यसबाट गुगल प्रयोगकर्ताहरुले आफ्ना कागजातहरू, फोटोहरू र व्यक्तिगत डेटाहरु गुमाउने जोखिम पैदा हुन्छ ।

खाता कसरी सक्रिय राख्ने ? यदि तपाईंको जीमेल खाता निष्क्रिय छ र तपाईं त्यसलाई सक्रिय बनाएर डिलिट हुनबाट रोक्न चाहनुहुन्छ भने त्यसको लागि निकै सरल उपाय छ ।

आफ्नो गुगल अकाउन्ट मेटिनबाट रोक्नका लागि तपाईंले आजै आफ्नो गुगल अकाउन्ट लगइन गर्नुहोस् । जिमेल लगइन गरेर एउटा इमेल पठाउनु वा केवल एउटा मात्रै इमेल पढ्नु पनि निष्क्रिय अवधि रिसेट गर्नका लागि पर्याप्त हुन्छ, जसले दुई वर्षदेखि प्रयोग नगरेको तपाईंको गुगल खातालाई डिलिट हुनबाट जोगाउँछ । यदि तपाईंसँग धेरैवटा जीमेल खाता छन् भने, बेलाबेलामा प्रत्येकमा लगइन गर्ने बानी बसाल्नुहोस् ।

डाटा ब्याकअप : यदि तपाईंलाई आफ्नो पुरानो जीमेल खाता आवश्यक छैन र त्यो डिलिट होस् भन्ने चाहनुहुन्छ भने पनि त्यो खाता हट्नुअघि त्यसमा रहेका महत्वपूणर् डाटा ब्याकअप गर्नु राम्रो हुन्छ । किनकि यदि तपाईंको गुगल अकाउन्ट मेटियो भने त्यहाँ भएका सबै सामग्रीहरू स्थायी रूपमा नै मेटिनेछन् । यसमा इमेलहरू, न्ययनभि म्चष्खभ वा एजयतयक मा भएका कागजात र फाइलहरू पनि हट्नेछन् ।

गुगलले डाटा ब्याकअपका लागि केही विकल्पहरू प्रदान गर्छ । जसमा तपाईंले आफ्नो डिभाइसमा डाउनलोड गर्न वा अर्को कुनै क्लाउड सर्भिसमा ट्रान्सफर गर्न सक्नुहुन्छ । आफ्नो जिमेल र सम्बन्धित गुगल सेवाहरूका लागि स्वचालित ब्याकअप सेटअप गर्नुहोस् ताकि यदि तपाईं लामो समयसम्म लगइन गर्न बिर्सि नु भयो भने पनि महत्वपूणर् डाटा नियमितरूपमा सुरक्षित रहोस् ।

विवरण बिर्सेमा के गर्ने ? यदि तपाईंले आफ्नो जीमेल लगइनको क्रेडेन्सियल अर्थात् युजरनेम तथा पासवर्डलगायतका जानकारी बिर्सनुभयो भनेपनि गुगलले तपाईंको इमेल ठेगाना र पासवर्ड पुनः प्राप्त गर्नका लागि विकल्पहरू प्रदान गरेको हुन्छ ।

यसका लागि जीमेल लगइन पेजमा जानुहोस् भने विकल्पमा क्लिक गर्नुहोस् । त्यसपछि आफ्नो फोन नम्बर वा रिकभरी इमेल प्रयोग गरेर इमेल ठेगाना पुनः प्राप्त गर्नका लागि निर्दे शनहरू पालना गर्नुहोस् । इमेल पाइसकेपछि,
यचनयत एबककधयचम भन्ने विकल्प प्रयोग गरेर पासवर्ड रिसेट गर्न सक्नुहुन्छ र आफ्नो खातामा पहुँच पुनः प्राप्त गर्न सक्नुहुन्छ ।

भविष्यमा तपाईले सजिलै आफ्नो जिमेल खातामा पहुँच पाउन आफ्नो रिकभरी जानकारी, जस्तै फोन नम्बर र ब्याकअप इमेल ठेगानाहरू अद्यावधिक गर्न नबिर्सिनु होस् ।

निणर्य किन महत्वपूणर् छ ? निष्क्रिय खाता हटाउने गुगलको निणर्य सर्भर स्पेस खाली गर्ने र यसका सेवाहरूको समग्र कार्यक्षमता कायम राख्ने व्यापक प्रयासको एक हिस्सा हो । यसले अनावश्यक भण्डारण मागहरू घटाउने मात्र नभई, गुगलको पूर्वाधारमा सुधार ल्याउने सम्भावना पनि महत्वपूणर् भूमिका खेल्दछ । त्यसैले गुगल प्रयोगकर्ताले आफ्नो गुगल अकाउन्ट डिलिट हुने मिति अगावै आफ्नो खाता र डेटालाई सुरक्षित राख्न अहिले नै कदम चाल्नु आवश्यक छ ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here