18.5 C
Makwānpur
Homeराजनीतिसमाजवादीले वडा कमिटी गठन–पुनर्गठन गर्ने
spot_img

समाजवादीले वडा कमिटी गठन–पुनर्गठन गर्ने

spot_img
हेटौंडा: नेकपा (एकीकृत समाजवादी) पार्टी हेटौंडाले सबै वडामा कमिटी गठन र पुनर्गठन गर्ने निर्णय गरेको छ । बिहीबार हेटौंडा–४, सितलमहल चोकस्थित पार्टी कार्यालयमा बसेको नेकपा (एकीकृत समाजवादी) हेटौंडाको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले १९ वटै वडाका एकएक जनालाई समेटेर १९ सदस्यीय सचिवालय निर्माण गर्ने, अनेरास्ववियु, युवा तथा खेलकुद विभाग निर्माण गर्नेलगायत निर्णय गरेको छ । बैठक पार्टी नगर कमिटी उपाध्यक्ष तारा लामाढुंगानाको सभाध्यक्षतामा बसेको हो । बैठकमा एकीकृत समाजवादी जिल्ला अध्यक्ष विष्णु दाहाल, नेता ध्रुव भुजेल, कबिन पन्त, ज्ञानेन्द्र देवकोटा, नगर सचिव सफल अधिकारी, उपसचिव हेम सुबेदी, देवेन्द्र पराजुली, प्रेस संयोजक गोबिन्दप्रसाद न्यौपानेलगायतको सहभागिता थियो ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि