लखकीय सौख न हो, आजका जेनजी पुस्ताको राजनीतिक चेतना, रुचि र दृष्टिकोण बुझ्न एक प्रारम्भिक अध्ययनको रूपमा र्याण्डम स्याम्प– लिङ विधिबाट जानकारी संकलन गरियो । गत दुई सातामा मकवानपुर, चितवन र गोरखा जिल्लाका विकसित, अल्पविकसित र दुर्गम भू–भागका युवायुवतीहरूसँग भेटघाट तथा सम्वादको मौका जुर्यो । यो सन्दर्भमा सयौं युवायुवतीहरूसँग आजको राजनीति र त्यसको आकर्षणबारे विस्तृत कुराकानी भयो । उनीहरूको जवाफ र व्यव—हारबाट जे चित्र उभियो, त्यसले हामीलाई वर्तमान पुस्ताको राजनीतिक मनोविज्ञानबारे धेरै कुरा बोल्दछ । उनीहरू कसरी सोच्दछन्, कुन विषयले उनीहरूलाई राजनीतिप्रति आकर्षित वा विमुख बनाउँछ, र उनीहरूको मनमा राजनीतिलाई लिएर कुन प्रकारका अपेक्षा र निराशा छन्, यी सबै पक्षहरू समेटिएको एउटा लेख तयार भएको छ ।
यो लेख विशेष गरी राजनीति गर्नेहरूका लागि एउटा ऐना बन्न सक्नेछ, जहाँ उनीहरूले युवा पुस्ताको भावना, विश्वास र व्याकुलता पढ्न सक्नेछन् । पुरानो पुस्ताका नेताहरूले अझै पनि‘ श बदल्ने सपनाँ सुनाइरहेका छन् । उनीहरू लाई लाग्दछ, जोशिलो भाषण, आदर्शका गफ र कहिलेकाहीं झोला बोक्या फोटो अपलोड
गरेपुग्छ र जनताले पत्याउँछन् । तर, हेक्का राख्नुपर्ने कुरा के हो भने, अब नेतृत्वमा आउने पुस्ता, जसलाई आज हामी जेन जि भनेर चिन्छौं । उनी–हरूलाई आदर्श, दर्शन, सपना, योजना जस्ता कुराले होइन, दैनिक प्रष्ट देखिने डेलिभरिले मात्रै आकर्षित गर्न सकिन्छ ।
आदर्श ? त्यो त टिकटकको स्किप बटन जस्तै भएको छ र बारम्बार स्क्रोल भईरहन्छ । जेनजि पुस्ताले अब भाषणको लाइनहरू कोट गरेर फेसबुक स्ट्याटस राख्दैन, उनीहरूले हेर्छन्, के भयो ?
कसरी भयो :
कति भयो ? त्यो पनि अहिले, अहिले नै । आदर्श भन्ने चिज उनीहरूलाई मस्यौदा लेख्नका लागि होइन, मःमः बनाउनका लागि चाहिएको हुनेछ, नेता आउँछन्, भन्छन्
उनीहरूलाई अबको ५ वर्षमा समुन्नत बिकासमा लैजाने सपनाँ सुन्नु भनेको बफरिङ हेर्दै मूभि हेर्नुजस्तै हो । रिस उठ्छ, स्क्रोल गरिन्छ, स्किप गरिन्छ । आजको पुस्ता त्यो करिश्मा देखाउने नेताको पछि लाग्दैन, जसले मञ्चमा हात हल्लाउँछ, तर, काम देखाउँदैन । उनीहरूका लागि नेता भन्नाले त्यो व्यक्ति हो, जसको वर्क अपडेट हरेक दिन इन्स्टाग्राम स्टोरी जस्तै छ, जसले कुनै योजनाको ड्रोन फुटेज देखाउंछ, जसले टिकटकमा छाप हान्न सक्ने खालको रियल टाईम प्यासेन्स राख्छ । त्यसैले त तिखो नजर, टुक्रा–टुक्रामा परिणाम हेर्न चाहन्छ । आजको नेता हुनु भनेको क्लब हाउसमा युवाको डर नमान्ने, टिकटकमा ट्रेण्डिङ हेर्ने र फेसबुकमा हेट कमेन्टह्यन्डलँ गर्न सक्ने हुनुपर्छ ।
अबको राजनीतिमा आदर्श होइन, सन्तुलित एल्गोरिदम चाहिन्छ । कसले लाइभमा कति भ्यू कमायो, कसको स्टोरीमा पपुलर ह्यासट्याग चलेको छ, कसले बोटे, राउटे, बनकरिया, ओडारमा बस्ने चेपाङ्लगायतका बस्तीबाट फुटेज खिचेर युट्युबमा अपलोड गर्यो र त्यो नै सफलताको मापदण्ड हो । आजका युवाहरू बुवाआमासँग भन्दा बढी टिकटक ट्रेण्डसँग संवाद गर्छन्, रिडईटमा बहस गर्छन्, डिस्कोडमा नीति बनाउंछन् र ईन्स्ट्रा– ग्राममा मोडेल खोज्छन् । अब नीति बनाउन काठमाण्डौंको मन्त्रालय जानु पर्दैन, यिनका मोबाइल सेटअप नै सानो संसद बनेको छ । वास्तवमै भन्नुपर्दा यिनीहरु आदर्शभन्दा बढी ‘एक्सेसँ र’अल्गोरिदमँमा विस्वास गर्छन । अनि पैसा, पावर, प्रविधि र परेमा गाली गर्ने गेममा पञ्च
देख्छन् ।
त्यसैले अबको नेता बन्नुछ भने तपाईंसँग हुनुपर्छ, पैसा । किनकि, चुनाव जित्न सेल्फी मात्र होइन, मिडिया मेनेज गर्न खर्च चाहिन्छ । यिनिहरुको दोश्रो रोजाईमा पावर पर्छ, किनकि तपाईंको पोस्ट भाइरल बनाउने कुशल डिजिटल टीम आवश्यक छ । तेश्रोमा प्रविधि छ, जहाँ जुम चलाउन आउनुपर्छ, कृत्रिम बुद्दिमत्ता कुन ट्रेण्डमा छ थाहा हुनुपर्छ, भिआर र एआर कहाँ पुगिसके त त्यो सम्हाल्न सक्नुपर्छ ।
तपाईंसंग गाली गर्ने र गाली झेल्ने क्षमता प्रचुर मात्रामा हुनुपर्छ, किनभने सामाजिक सञ्जालमा एकपटक झुटो प्रचार भयो भने, तपाईंले स्कृनसर्ट पचाउन सक्नुपर्छ । र परेमा, कुनै मुद्दामा डाँङ्ङङ डुङ्ङङ पनि गर्न सक्नुपर्छ, किनभने अब राजनीति भनेको क्याफे बहस होइन, मञ्चबाट मोबाइल लाइभमा देखिने सजिलो भिडन्त पनि हो । यिनिहरु माननीय दिपक बहादुरको ॅभुत्रो पनी सही गर्दिनँ र दुर्गा प्रसाईको ‘आओ,,,,,,,आओ,,,,’ बोलि मोबाईलको रिङ टोन बनाउन हानाथाप गर्दै आफुलाई बढि ‘दबंङँ देखाउनु छ ।
आजकल केटाकेटीहरू बडो आदर्श होइन, रिल बनाउने लिडर खोज्छन् । किनभने उनीहरूको चेतना अब दैनिक अपडेटमा सिमीत छ । जब तिनले कुनै स्कुल बन्यो भनेर पोष्ट देख्छन्, तब मात्र भन्छन्, ॅयो मानिस अलि राम्रै पो रहेछ ।’ अरू बेला त उनीहरूका लागि सबै नेता स्किप गर्ने पात्र हुन् । यिनीहरू बाउ–आमाभन्दाबढी च्याटजिपिटि सँग कुरा गर्छन् । यो पुस्ता त्यसरी हुर्किएको छ, जसले भान्सामा भएको समस्याभन्दा पहिले सर्च इन्जिनमा समस्या राख्छन् । अबको राजनीतिमा किताब पढ्नेभन्दा डिजिटल संवाद गर्न सक्ने नेताको माग छ । उनीहरू समस्या थाहा पाउँछन्, समाधान खोज्न सक्छन्, तर तिनीहरू तपाईंको विचारको झ्यालमा ढुंगा हान्दैनन्, डाउनलोड गर्छन्, अनफलो गर्छन् र ब्लक गर्छन् । भन्नू पर्दा किताबी शिक्षा होइन, स्किल हेर्छन् ।
त्यसैले त, आजको नेता बन्न शिक्षा मात्रै काफी छैन, डिजिटल स्किल सेट चाहिन्छ । भाषण दिन सक्नु मात्र होइन, स्टोरी बनाउने, एनालिटिक्स हेर्ने र ट्रोलर्स ह्यान्डल गर्ने क्षमता चाहिन्छ । अबको नेता सर्टिफिकेट देखाउँदैन, इन्फ्लुएन्स देखाउँछ । हामी आदर्शको कसम खाँदै नेता बन्ने सपना देख्थ्यौं । आजको पुस्ताले भने प्रेसेन्स देखाउने, डेली रिजल्ट दिने नेताको खोजी गर्छन् । उनीहरूका लागि राजनीति भनेको हजुरबुवाको पुस्तक होइन, ॅयुट्युबको लाइभ हो ।’ त्यसैले नेताहरूले युगसँगै आफ्नो शैली, सोच, भाषाशैली, माध्यम र डेलिभरी मोडेल परिवर्तन नगरे अब तिनीहरूलाई फेसबुकमा रियाक्ट त पाउने छैनन्, रिपोर्ट मात्र आउनेछ, ‘बासी बिषय र बासी सुद्वीँ
ः समाप्त :