जहाँ भगवान शंकरको मन्दिर रहेको हुन्छ, त्यस ठाउ“मा बेलको बोट रोप्ने चलन छ । बेलको वोट न त अग्लो न त होचो कदको हुन्छ । यस बोटको ठाउँठाउँमा कँडा हुन्छ । बोटको धेरैजसो पातहरू तीन पातयुतm हुन्छन् । कुनै त ५ पातयुतm पनि हुन्छ । बेलको फल सेतो हुन्छ । सेतो भएता पनि बास्नादार हुन्छ । फल प्रायःगरी गोलाकार (अण्डा) आकारको हुन्छ ।
फल स्वादिष्ट, र मधुर हृदयका लागि सुगन्धयुतm हुन्छ । फलभित्र गेडाहरू हुन्छन् । बसन्त ऋतुको अन्त्यमा पुरानो पत्ता खसेर नयँ पत्ता आउने हुन्छ । गृष्म ऋतुमा बेलको बोटमा फल तथा पातहरूले भरिपूर्ण हुन्छ । हिन्दुहरूले बेल नामक फललाई पवित्र फलको रूपमा लिने गर्दछन् । बेल फल धार्मिक दृष्टिले कति महत्वपूर्ण छ भन्ने कुरालाई शिवपुराणमा निम्न बमोजिम प्रस्तुत गरिएको पाईन्छ :
बिल्वमले महादेवं लिङ्रूपिणामव्ययम् । यःपूजयति पुण्यात्मा स शिवं प्राययाद् ध्रवम् ॥ बिल्वमले जलैर्यस्तुमर्धान मभिषिञ्चति । स सर्वतीर्थस्नानतः स्यात्स एव भूवि पावनः ॥
धर्मात्मा व्यतिm नै महादेवको पुजाआजा गर्दछन् । जस्ले शिवजीको माथि बेल र पानी चढाउँदछ, सारा तीर्थको यात्रा गरेसरह हुन्छ । पुरापुर फल पाइन्छ र पवित्र पनि होइन्छ । जुन व्यतिm भगवान शंकरप्रति फल तथा तीन पातले पुजाआजा गर्दछन् उसले शिवलोक प्राप्त गर्दछ । सन्तान बृद्विका साथै धनधान्यले भरिपूर्ण हुन्छ । शिवभतmले आदरपूर्वक भतिm गर्दछन् । ऊ तत्व ज्ञानले भरिपूर्ण हुन्छ । जसले बेलको बोटमुनी बसी भोजन गर्दछ, उसले सयकडौलाई भोजन गराएको सरह फल मिल्दछ । जो व्यतिm बेलको बोटमुनि बसी दूधसहित घ्युयुतm भोजनमा मिलाएर शिवभतmलाई दिने गर्दछ, ऊ जीवनमा कहिले पनि द्ररिद्र हँुदैन । लिंगपुराणमा पनि बेल नामक फलको महिमालाई निम्नबमोजिम वर्णन गरिएको पाईन्छ ।
जुन भतmले स्नेहपूर्वक भगवान शिवजीको पूजाआजा गर्दछ वा पुजा गर्दा अन्य कुनै वस्तु नपाइएमा बेलपत्र मात्र चढाउँदा पनि राम्रो हुन्छ । बेल नामक फल र बेलपत्र चढाउनाले सबै आकांक्षाहरू पुरा हुन्छन् । शिवजीलाई ३ पातयुतm बेल पत्र चढाउने चलनअनुसार ति तीन पातमा ब्रम्हा, विष्णु र महेश्वर रहेका हुन्छन् भन्ने मान्यता छ । ऋषिले भनेका छन् कि हे सूतजी कसरी, कुन विधिवाट शिवजीको पूजाआजा गर्दा प्रसन्न हुनुहुन्छ ? सूतजीले क्रमिकरूपले अवगत गराउनु भएको छ । कमल, बेलपत्र, शतपत्रले शिवजीको पूजा गरेमा लक्ष्मीलाई प्राप्त गर्न सकिन्छ । यजुरर्वेद शिर्वाचन पद्दतिकाअनुसार प्रारम्भिक अवस्थामा बेल, बेलपत्र, सुठो, घ्यूको फललाई धोएर सुकाउनु पर्दछ । यि सबैको १/१ तोला धनीया २० तोला यिनीहरूलाई टुक्रा पारी थोरै समय आगोमा सुकाए पछि त्यसलाई झिकी दिनु पर्दछ । सबैलाई मिलाएर धुलो बनाउनु पर्दछ । सम्भव भए कपडाले छान्न पनि सकिन्छ । सबैचीज बनाएर रोगीलाई खान दिनु पर्दछ ।
पेट कब्जियत भएमा बेलपत्रको रसमा थोरै काल्चीमिश्रीमा मिलाएर प्रातःकालमा सेवन गर्नाले शारीरिक दर्द, अतिसार, पिसावको समस्याबाट टाढा र स्फूर्ति रहन मद्दत गर्दछ । पाकेको बेलको गुदी, तित्री, मिश्री पानीमा राखेर छनोट गरी सकेपछि त्यो सर्वतको रूपमा विकास हुन्छ । एकाबिहानै त्यो सर्वत सेवन गर्नाले अतिसार, पिसावको समस्या, स्फूर्तिको अभाव पनि कम भएर जान्छ ।
शरीरमा जस्तोसुकै घाऊ भए पनि बेलको भित्रको गुदी पानीमा पकाएर लगाउनाले र ताजा पात बांधि दिनाले घाऊ चाडो निको भएर जान्छ । घाउ सुकाउनमा यसले मद्दत गर्दछ । साथै आराम भएको महसुस हुन जान्छ ।
मुटु ढुकढुक भएमा बेलको बोक्रा निकालेर कुटि १० तोला जति छनोट गरी गाईको आधा किलो दुधमा पकाएर बिहान र बेलका २ पटक केही समयसम्म खानाले अवश्य पनि लाभ पुग्न जानेछ । श्वेतप्रदर तथा रतmप्रदर जुन महिलामा पाइन्छ यो एक किसिमको रोग हो । यस्तो किसिमको रोगवाट बच्नका लागि गाईको दुधको साथ बेलको ताजा पत्ता मिलाएर त्यसमा जीरा मिलाएर दिनमा २ पटक खानाले अवश्य पनि लाभ पुग्न जान्छ ।
आँखाको दुःखाई, अधिक किचड आउनमा बेलको पातलाई पिसेर बाधिदिनाले आरामको अनुभव हुन जान्छ । बेल नामक फलले अतिसार, भित्री घाउलाई पनि राम्रो गर्दछ । बेललाई चिनीमा मिलाएर खानाले लाभ नै पुर्याउँदछ । रगतमा खरावी देखिएमा आधा पाउ बरावर शख्खर बेलमा मिसाएर खानाले भित्री घाउहरू सुकेर जानेछ । बेलको कमलो पत्तालाई गाईको पिसावमा पिंधेर जति रस निस्कन्छ, त्यसमा चार दोव्वर तिलको तेल हाल्ने । बाख्राको दुध चार दोव्वर हाल्ने र पकाएर थोरै बनाउने । यो तेल कान रोगको लागि साहै लाभदायक हुनेछ । बहिरोपनलाई पनि राम्रो पार्दछ । दिनको २, ३ पटक लगाउनु पर्दछ ।
आयुर्वेदिक औषधि निर्माण गर्ने फार्मेसि तथा चिकित्सा जगतका पण्डितहरू पनि आफूहरू औषधि बनाउ“दा बेल नामक फल लिने गर्दछन् । त्यसकारण बेलको महत्व ज्यादै बढेर गएको छ । धेरैजसो मानिसहरू विरूवालाई मान्यता दिने गर्दछन् किनकी यि बिरूवाहरूमा विभिन्न रोगसंग लड्न सक्ने क्षमता रहेको विश्वास गरिन्छ । नेपालमा यस्तो परम्परा छ कि नेवार समुदायमा रजस्वला हुनुभन्दा अगाडि महिलाको विवाह बेल नामक फलसंग गरिन्छ । जससंग विवाह गर्नाले विधवा हुनु पर्दैन भन्ने मान्यता छ ।
बेल नामक फलसंग विवाह गरिसकेपछि त्यस फललाई चांदीको बट्टामा बन्द गरि सुरक्षित साथ राखिन्छ । चादीको बट्टामा राखेको बेल फुट्यो भने विधवा भएर बस्नु पर्दछ । पछि विवाह गरि दाम्पत्य जीवनमा प्रवेश गरिसके पछि पतिको निधन भएमा पनि विधवा भएर बस्नु पर्दैन भन्ने मान्यता नेपाली समाजमा छ । त्यसकारण नेवार समुदायका मानिसहरूले बेललाई कति महत्व दिएका रहेछन् भन्ने कुरा यसैबाट प्रष्ट बुझ्न सकिन्छ । यस्तै नेवार महिलाहरू बेललाई शिवको प्रतिकको रूपमा लिने गर्दछन् । त्यसकारण बेल नामक फलको हिन्दुहरूमा ठूलो महिमा रहेको पाईन्छ । त्यसकारण बेल मानव मात्रका लागि एक कल्याणकारी प्राकृतिक वरदान हो ।
नेपालमा विशेषगरी पहाडी भागमा बेलको बोटहरू प्रशस्त पाइन्छ । बेलको महत्व नबुझ्दा यो गरिवहरूले खाने कुरा भन्दथे । गाउँ घरहरूमा बेल टिपेर ल्याएर कसौडीमा उसिनेर खाने चलन थियो । खांदा कसैले नदेख्ने गरि खान्थे । कसैले देख्यो भने इज्जत जान्छ भन्दथे । पहाडमा बेल जंगलको रूपमा नै रहेको हुन्थ्यो । यसको कांढा निकै मोटो हुने गर्दछ । बेलको गेडाभित्र गुदी
रहेको हुन्छ । गुदीमा नगण्य मात्रामा दाना पनि हुन्छ । बेल फलभित्र खोटो जस्तो तरल वस्तु हुन्छ । तराइको भागमा पनि बेल पाइने गर्दछ । पहाडको बेलको दाना अलि सानो हुन्छ । त्यसलाई लोकल बेलको रूपमा लिने गरिन्छ । भारत तथा नेपालको तराइ भागमा पाइने बेलको दाना निकै ठूलो हुन्छ । जसलाई विकासे बेल पनि भनिन्छ । वर्तमान समयमा भारतबाट नेपालमा बेल आयात हुने गरेको छ । नेपालमा भएको बेल त्यसैखेर गएको अवस्था छ । यदि तपाईलाई कव्जियत भयो भने बेल फल खानु भयो भने दिसा सफासंग लाग्दछ । गरम भयो भने पनि बेलको जुस बनाएर खानाले सबैलाई फाइदा जनक नै हुने देखिन्छ ।
त्यसकारण बेल फलको धार्मिक महत्व हुनुका साथै पेटको समस्या हटाउन पनि सहयोग पुग्न जानेछ । भारतबाट आयात गरिएका बेललाई २०० देखि २५० रूपियाँसम्ममा बिक्री बितरण भएको पाइन्छ । त्यस्तैगरी कोदो, सिस्नो पनि गरिवले नै खाने भन्दथे । तर वर्तमान समयममा सिस्नो र कोदोको महत्व पनि निकै बढेर गएकोे देखिन्छ । कोदो खाएको ६ महिनाभित्र मानिसको मृत्युभयो भने अगतिमा पर्दछ भन्दथे । वर्तमान समयमा ५ तो हँटेलमा कोदोको परिकार खान भिआइपिहरू जाने गर्दछन् ।