‘हामी सभ्य छौ’, हामी संस्कारमा हुर्किएका छौ’, हामी नेपालीले अरूको सम्पत्ति चोर्दैना’ अर्काको नासो फर्काइदिन्छा’, यतिबेला सामाजिक सञ्जाल देखि टेलिभिजन बहससम्म गुञ्जिने नाराले देशको भावुकतालाई तताइरहेको छ । यो नाराले बुझेको कुरा के हो भने अहिले हामीले पूर्वराजा श्री ५ ज्ञानेन्द्र शाहलाई दरबार फर्काउनुपर्ने रे, किनभने त्यो दरबार त राजाको नासो हो रे । लौ ठीकै छ, मानौ’ हामी हाम्रो इतिहास, धर्म, संस्कृति र सम्पत्ति प्रतिको कदर गर्ने सभ्य राष्ट्र हौ’ भने सुरु गरौ’, नासो फिर्ता अभियान । तर नासो फिर्ता गर्ने हो भने सुरु कहाँबाट गर्ने ? के बबरमहलको बंगलाबाट ? कि नारायणहिटीको सिंहदरवाबाट ? नासो त नासो हो, जसको हो उसलाई फिर्ता गर्न, इतिहास घोत्लेर हेर्नैपर्छ ।
पृथ्वीनारायण शाहको एकिकरण, ॅनासा’ कि ॅनरसंहार’ ? बहस यतैबाट शुरु गरौं । एकिकरण भन्ने नाममा पृथ्वीनारायण शाहले आक्रमण गरे, घेराबन्दी गरे, किल्ला जलाए, सेना पठाए । उनले कीर्तिपुरमा तीनचोटि आक्रमण गरे, जसमा सयौ’ मानिस मारिए, हजारौ’ अपांग भए । कीर्तिपुरका मानिसलाई पृथ्वी नारायणले ॅनासो’ दिए त ? उनको दरबारकी बुहारी नै त्यतिबेला बझाङ–डोटीका राजा पृथ्वीपालको छोरी थिइन् । के बझाङ राज्य पनि बुहारीको नासो हो त ? मल्लहरुको काठमाडौं, भक्तपुर, पाटन अलग –अलग राज्य थिए । प्रत्येक राज्यको आफ्नै भाषा, लिपि, शासनपद्धति थियो । कीर्तिपुर, खोकना, बुङमती, यल (काठमाडौं), यें (पाटन), ख्वप (भक्तपुर) यी सबै मल्ल साम्राज्यका स्वतन्त्र राज्य थिए । उनीहरूलाई पृथ्वीनारायणले ॅनासोँभनेर चाबी बुझाए त ? होइन, उनकै शब्दमा, ‘नेपाल एक बागिएको बाँसजस्तो थियो, मैले सोझ्याए’ ।’
किराँत, खस, ठकुरी र सेन वंशका राज्यहरू, के ती पनि नासो थिए ? यदि हामी साँच्चै ऐतिहासिक नासोको कुरा गर्छौं भने सिम्रौनगढ (मिथिला क्षेत्र), भोजपुर, इलाम, खोटाङदेखि दार्चुला, बझाङ, अछामसम्म सबैले आ–आफ्नै साम्राज्य चलाउँथे । किराँत वंशको शासन लिच्छविभन्दा पहिले नै थियो, करिब २८०० वर्ष अगाडि । काठमाडौं उपत्यकामा आजको गोठाटारदेखि बाह्रेश्वरसम्म फैलिएको क्षेत्र किराँतहरुको थियो । राजा यलम्बरदेखि सुरु भएर २९ औँ राजा घोट्त्रिवंशसम्म पुगेका थिए । किराँत राज्य पृथ्वी नारायण शाहको नासो थिएन, त्यो किराँतहरुको ऐतिहासिक सम्पत्ति हो ।
त्यस्तै हाल तनहुँ, खस साम्राज्यको राजधानी दुलेगौंडा थियो । खसहरुले जुम्ला, कालिकोट, दैलेख, डोटी, अछामलगायतका क्षेत्रमा शासन गर्थे । उनीहरूको राज्य १२ औं शताब्दीदेखि १४ औं शताब्दीसम्म चलेको हो । त्यसपछि बाइसे–चौबिसे राज्य बने, जसलाई पनि पृथ्वीनारायणले बारीको सिमाना जस्तो समेटे । ती राज्यले पनि आफूलाई पृथ्वीनारायणको नासो कहिल्यै मानेनन् । नासोको नाममा देश बनाइन्छ कि इतिहास बिगारिन्छ ? राज्य भनेको नासो होइन, जनताको सार्वभौम इच्छा हो । यदि सम्पत्तिका आधारमा शासन फर्काउनु पर्ने हो भने अहिले सिंहदरबार, शीतल निवास, राष्ट्रपति भवन, बालुवाटार, बबरमहल, हरेक मन्त्रालय दरबारले फर्काउनुपर्ने हुन्थ्यो । अनि ती दरबारहरूले १०४ वर्षसम्म जनताको अधिकार खोस्ने, मुलुकी ऐनमार्फत् जातीय विभाजन गर्ने, प्रेस प्रतिबन्ध लगाउने काम गरेका थिए । अझै पनि प्रश्न सोध्न मन लाग्छ, ॅनासो फिर्ता गर्ने हो भने जनता मारेर बनाइएको नासो कसरी शुद्ध हुन्छ ?’
मुस्ताङका राजा आज पनि जीवित छन्, लौ फिर्ता गराँ शासनँ हिजो पनि मुस्ताङ राज्य थियो, आज पनि त्यहाँका जनताले आफ्ना स्थानीय राजालाई सम्मान गर्छन् । राजा जिग्मे दोर्जे पलबार बिस्तारै परम्परागत भूमिकाबाट हटे । उनले शान्तिपूर्ण रूपमा राज्य गणतन्त्रमा गाभ्न स्वीकार गरे । तर त्यो नासो फिर्ता दिनुको अर्थ के हो ? उनीहरूले कसैको हत्या गरेनन्, लुटपाट गरेनन्, त्यसैले मुस्ताङ अझै पनि सभ्यताको प्रतीक बनेको छ । अहिले प्रश्न उठाउनुपर्ने हो, ॅहामी किन हिंसाको जगमा बनेको राज्यलाई ॅनासोँको संज्ञा दिँदैछौ’ वास्तविक नासो, ऐतिहासिक सत्य कि भावनाको व्यापार ? यदि नासो भनेकै ऐतिहासिक सम्पत्ति हो भने नेपालका दर्जनौं दरबार, २०० भन्दा बढी पाटी–पौवा, गुठी सम्पत्ति, मठ–मन्दिरहरू आजपनि कसै कसैले व्यक्तिगत सम्पत्ति बनाएका छन् । कानुनीरूपमा ती सबै राज्यको सम्पत्ति हो । तर, कतिपय राजपरिवारले आजपनि ती चल–अचल सम्पत्ति आफ्नो ‘नासाँको रुपमा प्रयोग गरिरहेका छन् । यस्तो अवस्थामा प्रश्न उठ्छ, जनताको करबाट चल्ने संरचना कसरी निजी नासो हुनसक्छ ?
‘फिर्ता गरौं’ भनेर नारा लाउनेहरूलाई प्रश्न, के तपाईं इतिहास पढ्न चाहनुहुन्छ ? राजा लाई नासो फिर्ता गरा’ भनेर बोल्नेहरूको एउटा साझा प्रवृत्ति देखिन्छ, उनीहरूले पृथ्वीनारायणको विजयलाई धार्मिक पुनरुत्थान माने, पञ्चायतलाई शान्तिकाल, र ज्ञानेन्द्र शाहको प्रतिगमनलाई देशभक्ति भन्ने कोशिश गरे । तर, यो भावनाको पर्दा पछाडि इतिहासको रक्ताम्य पाना छन्, जसमा जनताको रजाई गर्न पल्किएकाले टुक्रिएको हो, एकीकरण हैन, अधिकार खोसिएको हो, बराबरी हैन । नासोको फिर्ता अब जनतासंग, राज्यसंग होइन । शासनप्रणाली सुधार गर । यदि साँच्चै नासो फिर्ता गर्नु छ भने जनतालाई गरौं, शिक्षामा समानता फिर्ता गरौं, स्वास्थ्यमा पहँच फिर्ता गरौं, श्रमको सम्मान फिर्ता गरौं, न्यायमा निष्पक्षता फिर्ता गरौं । राजा फर्काउनु भनेको असमानता फर्काउनु हो । जनतालाई नासो दिनुपर्ने बेलामा हामी उल्टो अधिकार खोसिएको संरचना फर्काउने कुरा गर्दैछौ’ ।
वास्तवमै हामी इतिहाससंग इमान्दार होऔं, नासोसँग होइन, नासो भन्ने कुरा भावना होइन, ऐतिहासिक, नैतिक र न्यायिक तर्कले प्रमाणित हुने कुरा हो । यदि पृथ्वीनारायण शाहले बनाएको देश नासो हो भने उनले ज्यान मारर बनाएका राज्य पनि कसैका नासो थिए । यदि हामी त्यही नियम लागू गर्छौं भने आजपनि बाइसे–चौबिसे
राज्यका उत्तराधिकारीहरू छन्, किराँत राज्यको मौलिकता छ, खस साम्राज्यका परम्परा छन् । ती सबैलाई फिर्ता गरौ’, अनि मात्रै सन्तुलित ॅनासो नीतिँको कुरा गरा’ । तर यदि हामी जनता केन्द्रित गणतन्त्रलाई मान्यता दिन्छौ’ भने ‘नासो फिर्ता’ भन्ने नाराको आवरणमा भइरहेको सत्ता, भावनावादी राजनीतिको सस्तो व्यापारलाई भण्डाफोर गर्नुपर्छ । राजा होइन, नागरिक हो यो देशको वास्तविक मालिक । इतिहास हेरेर होइन, भविष्य सोचेर निर्णय
गरौ’ ।