20 C
Makwānpur
Homeबिचारनेपाली संस्कृतिमा भारतीय प्रभाव मौलिकता हराउँदै, भड्किलोपन् बढाउँदै

नेपाली संस्कृतिमा भारतीय प्रभाव मौलिकता हराउँदै, भड्किलोपन् बढाउँदै

राजुराम राउत

नेपाल एक सांस्कृतिक विविधताले भरिपूर्ण देश हो । हिमाल, पहाड र तराईका भौगोलिक स्वरूप जस्तै यहाँका सांस्कृतिक रीतिरिवाजहरू पनि विविध र रंगीन छन् । नेपाली समाजमा जरा गाडेका धार्मिक, सामाजिक र सांस्कृतिक परम्पराहरूले हामीलाई हाम्रो मौलिक पहिचानका रूपमा बाँध्छन् । तर, पछिल्लो समय बाह्य प्रभाव, विशेष गरी हिन्दी टेलिसि–रियल र भारतीय देखासिकी संस्कृतिको प्रभावले नेपाली समाज साँस्कृतिक भासमा क्रमशः उधो लागिरहेको छ । विशेषगरी वैवाहिक परम्परामा, ‘हल्दी’, ‘मेहन्दी’ संगीतं’ ‘मुहँ देखाई’, ‘प्री–वेडिङ फोटोसुट’, ‘डेष्टिनेशन वेडिङ’ जस्ता सिकोहरूले नेपाली मौलिक संस्कृतिलाई चुनौती दिइरहेका छन् ।

हुन पनि दशकौंदेखि नेपालमा हिन्दी भाषाको प्रभाव परिरहँदा, १९९० को दशकपछि स्याटेलाइट टेलिभिजनको प्रचलनले हिन्दी टेलिसिरियल नेपाली घरघरमा प्रवेश गर्‍यो । स्टार प्लस, जी टिभी, सोनी जस्ता टिभि च्यानलहरूले प्रसारण गर्ने धारावा– हिक टेलिश्रृंखलाहरूले भारतीय संस्कृति र परम्प–रालाई निकै लोभलाग्दोढंगले प्रस्तुत गर्‍यो । सुरुमा मनोरञ्जनका लागि हेर्ने यी कार्यक्रमहरू क्रमशः नेपाली समाजमा आकर्षणका केन्द्र बन्दै गए । विशेष गरेर श्रृङ्खारिक दुनियामा रमाईरहेका हाम्रा दिदी बहिनी, आमा काकी, भाउजू बुहारीहरु, सिरियलका पात्रहरुले रातको समयमा सुकला गर्दासमेत सोह्र श्रृङखारमा सजिंदा आफैमा लैस देखिन थाले ।

यी सिरियलहरूमा प्रस्तुत हुने विवाहका भव्य समारोह, हल्दी, मेहन्दी, संगीत कार्यक्रमहरू र वैवाहिक जीवनका कृतिम कथाहरूले नेपाली दर्शकहरूलाई प्रभावित पारे । यसले गर्दा नेपाली समाजमा भारतीय देखावटी परम्पराहरू अनुकरण गर्ने प्रवृत्ति बढ्दै गयो । नेपाली परम्परागत विवाहमा ‘कुनामा बस्ने’, ‘बुकुवा लाउने’ र ‘स्नान गराउने’ जस्ता संस्कारहरू प्रचलित हुँदाहुँदै हल्दी, मेहन्दी र संगीतको प्रवेशले अलग्गै स्थान लिन सफल भयो । नेपाली परम्प–राले दुलाहा–दुलहीको शुद्धीकरण र आध्यात्मिक तयारीको प्रतीक मानिन्छ ।

तर, आजकलको ‘हल्दी’ नामको भारतीय परम्पराले स्थान लिँदैछ । परिवारका सदस्यहरूले हल्दीको लेप लगाएर विवाहको पूर्वसन्ध्यामा विशेष कार्यक्रमको आयोजना गर्ने प्रचलन बढेको छ । त्यस्तै ‘मेहन्दी’ संस्कार पनि नेपाली समाजमा लोकप्रिय बन्दैछ । परम्परागतरूपमा नेपालका केही समुदायमा मात्र मेहन्दी प्रयोग गरिन्थ्यो । तर, आजकल जाति र समुदायको पर्वाह नगरी विवाहमा मेहन्दी कार्यक्रमलाई मुख्य आकर्षणको रूपमा मानिन्छ । नेपाली समाजमा ‘देउडा’, ‘रोधि घर’, ‘मारुनी’ लगायत स्थानीय सांस्कृतिक नृत्य र गीतले महत्वपूर्ण स्थान ओगटेका थिए ।

विवाहमा ‘झ्याउरे’, ‘मालश्री’ जस्ता परम्प– रागत गीतहरू गाउँदै खुसी साटासाट गर्ने चलन थियो । तर, हिन्दी टेलिसिरियलमा देखाइने ‘संगीत’ कार्यक्रमले यसको स्थान लिँदैछ । विवाहअघिको रात संगीत र नृत्यका लागि छुट्याउने र यसलाई भव्य बनाउन अकस्मात दुलहा दुलहीको घरमा प्रवेश गराई विदेशी शैलीमा खुशियाली ब्यक्त गर्ने प्रचलनले हाम्रो मौलिकता हराउँदै गएको छ । झन् नेपाली विवाहमा दुलाहा र दुलहीको पहिलो भेट कुनै विशेष समुदायमा, परिवार वा पण्डितको रोहवरमा धार्मिक विधिबाट गरिन्थ्यो । तर, ‘मुहँ देखाई’ नामक संस्कारले दुलहीलाई उपहार दिनुपर्ने बाहिरी परम्परालाई नेपाली समाजमा जबर्जस्ती भित्र्याएको छ ।
साथै दुलाहा दुलहीको गृह प्रवेशको परम्प रागत रात्रिलाई निर्जल्जढंगले ‘सुहागरात’ को संज्ञा दिदै दिदी/बहिनी भाउजुले नवदुलहीलाई पारदर्शी नाईटि पहिराई सयन कक्ष प्रवेश गराउने जस्ता अन्तर’ कुरालाई प्रशय गराउंदा मौलिकता हराउंदै नेपाली परम्परागत संस्कृतिमा असर पारिरहेको छ । हिन्दी टेलिसिरियलको प्रभावले गर्दा नेपाली विवाह परम्परामा मौलिकता गुम्न थालेको छ । स्थानीय संस्कृति, भाषाभाषीका गीतहरू, रिति–रिवाजहरू क्रमशः ओझेलमा परिरहेका छन् । भारतीय शैलीका विवाहहरू महँगा र प्रदर्शनमुखी हुन्छन् । हल्दी, मेहन्दी, संगीत, मुहँ देखाई, प्री–वेडिङ फोटोसुट, डेष्टिनेशन वेडिङ जस्ता कार्यक्रमहरूमा धेरै खर्च हुने हुँदा सामान्य वर्गका नेपालीहरू आर्थिक तनावमा परेका छन् ।

हिन्दी टेलिसिरियल र चलचित्रहरूले युवा पुस्तालाई भारतीय शैलीको जीवनशैली र परम्पराप्रति आकर्षित बनाएका छन् । यो प्रभाव भविष्यमा नेपाली संस्कृतिको निरन्तरताका लागि खतराको घण्टी हो । स्थानीय रितिरिवाजको ह्रास गराउने यस्ता अनुकरणले ‘रोधिघर’,‘देउडा’, ‘सोरठी’ र ‘मारुनी’ जस्ता परम्परागत विधाहरू लोप हुने अवस्थामा छन् । विवाह र अन्य सामाजिक कार्यमा यी विधाहरूलाई प्राथमिकता दिनुपर्ने स्थानमा भारतीय संस्कृति हावी भइरहेको छ । टिकाटालो पश्चात् दुलाहा/दुलही भेटनै नहुने परम्परालाई लात हान्दै विवाहको केही दिनअघि दुलाहा/दुलही भेटघाट गरि आकर्षक पहिरनमा विभिन्न स्थानमा गएर तस्विर खिचाउने प्रचलन नेपाली समाजमा पनि बढ्दैछ ।

यो खर्चालु अभ्यास भारतीय संस्कृतिमार्फत् भित्रिएको हो, जुन परम्परागतरूपमा नेपालमा प्रचलित थिएन । बिना उदेश्य, हिन्दी चलचित्र र सिरियलबाट प्रभावित भएर नेपाली समाजमा पनि ‘डेष्टिनेशन वेडिङ’ अर्थात् आफ्‌ना विवाह समारोह टाढाका महँगा स्थलमा आयोजना गर्ने चलन् बढ्दै छ । यो अत्याधिक खर्चालु प्रचलन हो, जसले सम्पन्नता देखाउन मात्र प्राथमिकता पाएको छ । अर्कोतर्फ जन्ति बाख्रो, भत्तेर जस्ता नेपाली परम्परागत भोजभत्तेरलाई विस्थापित गर्दै क्याटरिङ प्रचलनमा ल्याईदैछ ।

पहिले विवाह भोजहरू घरमै पकाएर साधारणरूपमा आयोजना गरिन्थ्यो । तर, अहिले क्याटरिङ सेवा र महँगा थीममा आधारित सजावटका लागि ठूलो रकम खर्च गर्ने प्रवृत्ति बढेको छ । भारतीय विवाहको भव्यता देखाएर टेलिसिरियलले यसमा ठूलो प्रभाव पारेको छ । विवाहअघि र पछि विभिन्न पार्टीहरू आयोजना गर्ने, जस्तै ‘ककटेल पार्टी’ र ‘रिसेप्सन’ जस्ता कार्यक्रम नेपाली परम्परामा थिएनन् । यी भारतीय शहरी संस्कृतिका प्रभाव हुन्, जसले गर्दा साधारण विवाह महँगा र भड्किलो हुन पुगेका छन् । यी खर्चालु कार्यहरूले नेपाली समाजलाई केवल आर्थिक रूपमा मात्र होइन, सांस्कृतिकरूपमा पनि प्रभावित पारेका छन् ।

विवाहलाई प्रेम, सम्मान र साधारणतासँग जोड्नुपर्नेमा बाह्य प्रभावले यसलाई प्रदर्शनमुखी बनाएको छ । नेपाली संस्कृतिको संरक्षण र मौलि– कताको पुनर्स्थापनाका लागि यी प्रचलनहरूलाई सोचेर मात्र अनुकरण गर्न आवश्यक छ । अब, नेपाली संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि स्थानीयस्तरमा अभियान सञ्चालन गर्नुपर्छ । यस्ता अभियानहरु घरैबाट शुरु गरि विद्यालयमार्फत् आफ्‌नो संस्कृति र परम्पराका बारेमा जानकारी गराउनु आवश्यक देखिन्छ । सांस्कृतिक संरक्षणका लागि सरकारले विशेष नीति निर्माण गर्नुपर्छ । विदेशी संस्कृति अनुकरण गरेर नेपाली मौलिकता हराउने खालका कार्यक्रमहरूको अनावश्यक प्रचारमा रोक लगाउनुपर्छ ।

स्थानीय समुदायहरूले आफ्‌ना परम्परालाई प्राथमिकता दिनुपर्छ । सामाजिक समारोहहरूमा भारतीय शैलीको अनुकरण नगरी आफ्‌नो संस्कृतिलाई जगेर्ना गर्न सामूहिक प्रयास आवश्यक छ । साथै, हिन्दी टेलिसिरियल र भारतीय परम्प– राको प्रभावले नेपाली समाजमा ठूलो सांस्कृतिक परिवर्तन ल्याएको छ । हाम्रो मौलिकता बचाउन र भविष्यका पुस्ताहरूलाई सांस्कृतिक धरोहर हस्तान्तरण गर्न समयमै कदम चाल्न आवश्यक छ । संस्कृतिको जगेर्ना भनेको केवल परम्परालाई जोगाउनु मात्र होइन, हाम्रो पहिचान र अस्तित्व जोगाउनु पनि हो । त्यसैले, नेपाली संस्कृति र परम्परालाई जोगाउन सबै पक्षले एकजुट भएर काम गर्नुपर्छ ।
(लेखक : राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपाल, मकवानपुरका अध्यक्ष हुनुहुन्छ ।)

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here