31.9 C
Makwānpur
Homeबिचारमाघे संक्रान्तिको परिचय

माघे संक्रान्तिको परिचय

नेपाल यस्तो देश हो जुन देशमा १२ महिना चाडपर्व पर्दछ । विभिन्न जाति, धर्म, रीतिरिवाज चाडपर्वले नेपाल देश भरिएको छ । मकर संक्रान्ति संक्रान्ति पनि नेपालीहरूको एउटा ठूलो चाड हो । यो चाड माघ महिनाको पहिलो दिन अर्थात् माघ १ गते पर्दछ । ज्योतिषीहरूको शास्त्रीय मान्यता अनुसार माघे संक्रान्ति देखि सूर्य धनु रासिबाट मकर रासिमा प्रवेश गर्दछ । त्यसैले यस पर्वलाई मकर संक्रान्ति भनिएको छ । सबै रासिलाई सूर्यले प्रभाव पार्दछ । त्यसकारण साउने संक्रान्तिलाई कर्कट रासि र माघे संक्रान्तिलाई मकर रासिले प्रभाव पार्दछ । सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धमा प्रवेश गर्दछ ।

त्यसकारण दिन लामो र रात छोटो हुदै जान्छ । वर्तमान समयमा पुषबाट नै दिन लामो हुन
थाल्दछ । रात छोटो भएर जान्छ । माघे संक्रान्ति नेपाल अधिराज्यका अधिकांस मानिसहरूले मान्ने गर्दछन् । पवित्र नदी तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पुजा आजा गरी घिऊ, चाकु, तिलको लड्डु, तरूल सखरखण्ड, पिडालु खाएर मनाउने चलन छ । यस दिन विशेष गरि देवघाट, वराहक्षेत्र, रिडी, पनौति, दोलालघाट, कन्कााइमा श्रध्दालु भतmजनहरूले स्नानको लागि ठूलो भीडभाड
गर्दछन् । छिमेकी राष्ट भारतको गंगासँगर, प्रयागमा स्नान तथा श्राध्द आदि गर्नेको ठूलो भीड लाग्दछ ।

धर्मसिन्धु, विष्णुपुराण, विष्णुवचन तथा भविष्यपुराण अनुसार माघे संक्रान्तिको दिन स्नान गरि घिऊ, चाकु, तिलको लड्डु सँगपात, तरूल, पानीको भाडो, सिधा दान गरेमा राम्रो फल प्राप्त हुन्छ । त्यस्ता कन्दमूल खाएमा शरीर पुष्ट हुन जान्छ । शरीर पुष्ट भएपछि निरोगी हुन्छ । पुरोहितहरू आफ्‌ना यजमानमा गई संक्रान्तिको महिमा अवगत गराउँदछन् । धार्मिक वचन सुनिसके पछि यजमानहरूले पुरोहितलाई मीठा परिकार खुवाई टिका लगाएर दान दक्षिणा दिने चलन छ । माघे सक्रान्ति शिशिर ऋतुमा पर्दछ । घिऊ, चाकु, तीलको लडडु खिचडी खाने भएको हुनाले शरीरमा तापक्रम वढि तागत समेत वढ्दछ । तेलमा मास हालि पकाइन्छ ।

त्यसरी पकाइएको तेल शरीरमा लगाउनाले चिसोबाट वच्न सकिन्छ । छाला सम्वन्धि रोग हट्दछ । महाभारतमा वर्णन गरिए अनुसार भिष्मले माघे संक्रान्तिको दिन मर्न चाहेका थिए । भगिरथले पनि उतm दिन गंगा नदीलाई पृथ्विमा ल्याउन सफल भएका थिए । माघे संक्रान्तिको दिन देवघाट, कन्काईक्षेत्र, वराहक्षेत्र, प्रयाग र गंगा नदीमा स्नान गर्नुलाई महास्नान तथा सवभन्दा ठूलो स्नानको रूपमा लिइएको छ ।

नेपालमा कसरी माघे संक्रान्ति मनाइन्छ ?
माघे संक्रान्ति एउटै तिथि, एउटै दिने पर्ने भएतापनि भौगोलिक कारण तथा जातिय आधारबाट हेर्दा विभिन्न तरिकाले मनाउदै आएको पाइन्छ । माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भनिन्छ । थारू जतिले यस पर्वलाई माघी पर्वको रूपमा मनाउँदछन् । उनीहरूले माघ १ गतेलाई नयाँ वर्षको रूपमा मान्ने गर्दछन् । मगर जातिहरूले सेर्ल्हेस पर्वको रूपमा मान्दछन् । हिमाल, पहाड, तराईमा वसोवास गर्ने वाहुन, क्षेत्रि, राई लिम्वु, नेवार, गुरूङहरूले आ–आफ्‌नै तरिकाले माघे संक्रान्ति मनाउँदछन् । उत्तरायनको समयमा दिन लामो हुने र गर्मी मौसमको शुरूवात हुन्छ ।

वनतरूल, घरतरूल, सखरखण्ड, खुदो, चिउरा, घिऊ, चाकु, सहित विभिन्न परिकार वनाएर खाने गरिन्छ । गल, वाउसो, खन्ति आदि लिएर जंगलमा वनतरूल खोज्नमा मानिसहरू तल्लीन भएको देखिन्छ । तिल, तरूल, गाईको घिऊ, मिलाएर होम हाल्नाले आटेको कार्य पुरा हुन्छ भन्ने जनविस्वास रहि आएको छ । वैज्ञानिक आधारबाट पनि यस दिनको महत्व अलग नै छ । जस्ले माघे संक्रान्तिको दिन पवित्र नदीमा गएर स्नान गर्दैन भने ऊ रोगि भएर जाने छ ।

यस दिन शरीरको सरसफाई हुने, समय अनुसारको परिकार खान पाइने हुदा शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व प्रशस्त प्राप्त गर्न सकिन्छ । नेवार संप्रदायका मानिसहरूले खाद्य वस्तुको नामबाट यस पर्वको नाम घिऊ, चाकु सल्हु राखेका छन् । चाकुमा तिल मिसाई लड्डु वनाई खान्छन् । दान दिने कार्य पनि गर्दछन् । विहान सवेरै उठेर घरको सरसफाई गरि विभिन्न परिकार तयार पारि खान्छन् । स्तरयुतm खाना वनाएर खानामा नेवारहरू अगाडि छन् । त्यसैले भन्ने पनि गरिएको छ कि नेवार विग्रियो भोजले, वाहुन विग्रियो मोजले ।

भतmपुरको तौमढी टोलमा तिल माधव नारायणको मन्दिरमा मेला लाग्दछ । सन्तान नहुनेहरूले नारायणको मन्दिरमा चढाएको घिऊ खाएमा सन्तान हुने जनविश्वास रहि आएको छ । मूर्तिमा चढाएको तिल लड्डु, घिऊ ४ दिन सम्म राखिन्छ । त्यसपछि श्रध्दालु भतmजनहरूलाई प्रसादको रूपमा वितरण गरिन्छ । काभ्रेको पनौतिमा लिच्छवी राजा मानदेवको समय देखि नै माघे संक्रान्ति पर्वको शुरूवात भएको विश्वास गरिन्छ । इलामको माइवेनीमा पनि माघे संक्रान्तिमा मेला लाग्दछ । माईखोला, जोगमाई मेलामा छिमेकी राष्ट भारतबाट पनि मेला भर्नको लागि व्यापारिकहरू आउने गर्दछन् । उतm मेलाको अवसरमा धान नाच, चण्डीनाच, मारूनी नाच आदि परंपरागत नाचहरू सञ्चालन गरिन्छ ।

झापाको कन्काई नदीमा पनि मेला लाग्दछ । त्यहाँ धान नाच पनि प्रदर्शन गरिन्छ । भारतको सिलगुडी, दार्जीलिङ, सिक्किमका मानिसहरू झापाको कन्काई नदीमा आइ स्नान गरी दान दक्षिणा समेत गर्दछन् । शान्तिको लागि उनीहरूले परेवा उडाउनुको साथै वत्ति वाल्ने पनि गर्दछन् । सुनसरीको वराहक्षेत्रमा पनि माघे ंसंक्रान्तिको दिन मेला लाग्दछ । भगवान विष्णुको पुजाआजा गरिन्छ । स्नान गरिसके पछि मोक्ष पाउन सकिन्छ ।

पूर्वि तराईका जिल्लाहरूमा कसरी माघे संक्रान्ति मनाउने चलन छ ?
मातापिताले आफ्‌ना सन्ततिहरूलाई सक्खर र तिल खुवाउँदछन् । खुवाई सके पछि वुढेशकालमा सहायोग गर्नु पर्ने कुरामा जोड दिन्छन् । खिचडी तिल र चिउरामा लड्डुको परिकार वनाएर खाने चलन छ । घरका देवीलाई परिकार वनाई चढाउने गर्दछन् । मिथिला क्षेत्रमा मानिसहरूले चोखो भै प्रशन्न मुद्रामा रमाइलो गर्दछन् । भगवतीको मूर्तिमा तेल, चामल, सक्खर चढाउँदछन् । यि चिजहरू घरको सवभन्दा सानो व्यतिmलाई खान दिने चलन छ । भगवान र भगवती दुवैलाई आदरका साथ पुजाआजा गरिन्छ । भगवतीलाई सिन्दुर चुरा तिलको लड्डु चढाउने चलन छ । भगवानलाई मिठाई, फलफुल तिलको लड्डु चढाई खिचडी पनि चढाइन्छ ।

खिचडी खान अनिवार्य गरिएको छ । त्यसैले यस पर्वलाई खिचडी पर्व पनि भनिन्छ । व्राम्हण वर्गलाई भोजन गराउने पनि गरिन्छ । लड्डु व्राम्हणलाई खान दिएर संमान गरिन्छ । तिल र च्यूराको वढि प्रयोग गरिन्छ । यस पर्वलाई तिल वाच्यूरा पनि भनिन्छ । चामल, मासको दाल समेत राखेर पकाइएको परिकारलाई खिचडी भनिन्छ । अरूवा चामल, नुन वेसार, तरकारी, घिऊ र दहि दान गरिन्छ । यस्ता कार्यहरू विशेष गरि पितृहरूलाई मोक्ष होस भनि कामनाका साथ कार्य गरिन्छ । आर्थिक स्थिति राम्रो हुनेहरूले जुता, छाता, ठूलो रूमाल, कम्वल पनि दान गर्दछन् । मैथिली युवतिहरू यस पर्वमा राम्रो वर पाउनको लागि तयारी पर्व मनाउदछन् ।

विवाहित महिलाहरू भने पृथ्वि पर्व मनाउँदछन् । वरको घरबाट वधुको घरमा तिल, चिउराको कोसेली पठाउँदछन् । कोसेलीमा जाडोमा लगाउन हुने गरम कपडाहरू पनि पठाइन्छ । मैथिलि भाषाले यस्तो प्रचलनलाई जडाउर भन्ने गर्दछ । एक महिना भर घिऊ र खिचडी खान्छन् । यस्तै गरि नुवाकोट जिल्लामा पनि माघे संक्रान्ति मनाउने चलन अलग किसिमको छ । नुवाकोट जिल्ला यस्तो जिल्ला हो जुन जिल्लाको तारूकामा माघे संक्रान्तिका दिन गोरू जुधाउने काम हुन्छ । चन्दनी गाउँविकास समितिको वडा नं.५ मा एउटा ठूलो पाटो वा वारी छ । त्यसैमा वलिया २ वटा गोरूहरू जुधाइन्छ । नुवाकोट जिल्लाको सदरमुकाम विदुरबाट २२ किलोमीटर टाढा पर्दछ ।

मगर जातिमा कसरी माघे संक्रान्ति मनाइन्छ ?
थारू जातिको जस्तै मगरजातिले पनि माघे संक्रान्तिलाई धुमधामका साथ मनाउने गर्दछन् । यिनीहरूमा ठाउँ विशेषको आधारमा यो पर्व मनाउँदछन् । छोरी वेटिलाई यस पर्वमा संम्मान दिने गरिन्छ । जो पितृ भएर गएका छन् उनीहरूको यस जातिमा पनि वन तरूलको ठूलो महत्व छ । पितृहरूको संझनामा धार्मिक कार्य सम्पन्न गरिन्छ । धनुकाड चलाएर पर्वको शुरूवात गरिन्छ । यस जातिमा पनि वन तरूलको ठूलो महत्व छ । वन तरूलको माध्यम्‌बाट नै चेलिवेटीहरूको पुजा गरिन्छ । सक्खर तरूल खान्छन् ।

तरूल, रोटी, विभिन्न किसिमका परिकारहरू मिलाएर खाने गर्दछन् । विहानै सवेरै उठि पवित्र खोला, नालामा गै स्नान गरि पुर्खालाई संझन्छन् । निस्रोले चेलीवेटीलाई स्मरण गरिन्छ । चामल, तरूल, पुरी विभिन्न पक्वान र दक्षिण दिने चलनलाई निस्रो भनिन्छ । पराईको घरमा गएका दिदी वहिनीहरूलाई प्रसादीको रूपमा प(ुयाउन जाने प्रचलन छ । पर्वको दोश्रो दिन युवतिहरू गाउँको नजिकै रहेको पार्कमा गएर वनभोजको आयोजना गर्दछन् । दिदी वहिनीहरूले निस्रोको अवसरमा पाएको परिकारलाई वनभोजको दिन खाएर सक्नु पर्दछ । आवश्यकता भन्दा वढि खान्छन् ।

उनीहरूमा भातको ठूलो महिमा रहेको हुन्छ । किनकि पहाडमा धानको खेति कम हुन्छ । युवतिहरू गएको ठाउँमा युवाहरू ख्ुासुक्क गै पकाएको परिकार खाइदिने गर्दछन् । खाना खाइ सके पछि चौतारामा वसेर नाचहरू प््रास्तुत गर्दछन् । घाँस हाल्ने डोकोलाई युवतिहरूले आफूले प्रयोग गर्ने गरेका सृगारका सामानहरू लगाएर सिगारी दिन्छन् । गाउँका मानिसहरू पनि जम्मा हुने गर्दछ । युवा युवतिहरूको विच दोहोरी पनि चल्दछ ।

माघे संक्रान्तिको अन्तिम दिनमा गाउँका गण्य मान्य व्यतिmहरू जम्मा हुने गर्दछन् । जम्मा भएकाहरू मध्ये कोही धनुकाड हान्न थाल्दछन् । एउटा निश्चित ठाउँमा गोलो चिन्ह वनाइएको हुन्छ । त्यही गोलो चिन्ह भित्र जसले धनु काँड लगाउदछ । धनु काड लगाउनेलाई काँधमा वोकि गाउँको परिक्रमा गराउने गर्दछन् । विभिन्न परिकारहरू पनि खान दिइन्छ । वेलुकाको समयमा साना वाल वालिकाहरू वचेको आन्द्रा भुडी देऊ भन्दै जान्छन् । परिवारका सदस्यहरूले पनि उनीहरूलाई खान दिने गर्दछन् । यसरी पर्व मनाउने चलन मगर जातिमा रहेको छ ।

समग्र रूपमा भन्नु पर्दा नेपाल देश चाडपर्वले भरिएको देश हो । हामीले गच्छे अनुसारको पर्व मनाउनु पर्दछ । अर्काको देखासिकी गरेर पर्व मनाउन हुदैन । चाडपर्वमा वढि खर्च हुन जान्छ । आम्दानी कम हुन्छ । ऋण गरेर भए पनि पर्वमा सरिक हुनु पर्ने हुन्छ । धेरै खर्च हुने चाडपर्वहरूमा दशै, तिहार, साउने सक्m्रान्ति, मााघे सक्रान्तिको नाम लिन सकिन्छ । ऋण तिर्न नसकेर ऋणको वोझ लिएर नै मर्नु पर्ने हुन्छ । सबै प्रति मेरो यो आग्रह छ कि घाटी हेरेर हाड निल्नु होला । अर्काको देखासिकि नगर्नु होला ।
समाप्तम्‌

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here