31.9 C
Makwānpur
Homeबिचारहेटौडाका जनप्रतिनिधिलार्ई जानकारी

हेटौडाका जनप्रतिनिधिलार्ई जानकारी

हेटौडालाई चौतर्फी विकास–विस्तार र व्यवस्थापन गर्न अग्रसर भएर प्रतिष्पर्धा गर्दै निर्वाचित भई आउनु भएका नगर प्रमुख–उपप्रमुख–वडाअध्यक्ष र नगर सदस्यहरुलाई म एक इतिहासको विद्यार्थीको तर्फबाट न्यानो अभिवादन गर्दछु । तपाईहरु हेटौडाको नवनिर्माण गर्न जात–जाति–वर्ण–लिङ्ग, पेशा, धर्म र समाजलाई अनेकताबाट एकतामा ल्याउनु हुन्छ भन्ने विश्वास गर्दछु । तपार्इंहरुबाट शिक्ष्ाँ,स्वास्थ,यातायात सञ्चार, विद्युत जस्ता पूर्वाधारहरुको परिपूर्ति गर्दै कृषि, उद्योग, व्यापार, पर्यटन आदिमा ध्यान दिनु हुने नै छ । साथै पशुपंक्षी पालन जडिबुटी, फलफुल खेती बाग–बगैचा आदिको व्यवस्थापनमा लाग्नु हुनेछ ।

सर्वप्रथम जन्म भूमि र कर्म भूमिको सेवाभाव राख्दै ठुलालाई आदर दौतरीमा प्रेम र सानालाई माया गर्ने हाम्रो समाजको असल तत्व हो । हाम्रा पूर्खाहरुको कार्यप्रति गौरवको अनुभव गर्न इतिहास खोजौं भन्ने मनसाय हो । हेटौडा र आसपास क्षेत्रमा भएका पूर्व– कालका सम्पदाहरु केही अस्तित्वमा छन् भने केही क्षति भैसकेका छन् । त्यस्ता पुर्खाको नासोलाई सकेसम्म सम्पदाहरु जीवित राखि दिनुहोला भन्ने
अनुरोधसमेत गर्दछु । हेटौडा सर्वप्रथम मिथिला क्षेत्रमा पर्दथ्यो । राजा जनक र देवी सिता र उनको विवाह पुरुषार्थी
रामसंग भएको थियो ।
कौशिकीतु शुमारम्भ गण्डकी माघि गम्यवै ।
योजनानि चतुर्विशत व्यायामः परिस्कृर्तित : ।
गंगा प्रवाह मारभ्य यावद्धै भवतंवन ।
विस्तार षोडश प्रोक्तो देवस्य कुलनन्दन् ॥

यसको अर्थ पूर्वमा सप्तकोशी नदी पश्चिम सप्तगण्डकी (नारायणी) सम्म ९६ कोष दक्षिण गंगा उत्तरमा हिमाल ६४ कोष विस्तार थियो भनी सुरेन्द्र नाथ मजुमदार शास्त्रीले भनेका छन् । श्याम नारायण सिंहले हिष्ट्री अफ तिरहुतमा मिथिला क्षेत्र पूर्व पश्चिम लगभग १८० माइल दक्षिण उत्तर १२५ माइल छ भनेका छन् । यसभित्र हेटौडा मात्र होईन् अयोध्या पनि पर्दथ्यो ।

ँद्वापर युगको अन्ततिर कौरव–पाण्डवबिच झैं–झगडा हुंदा पाण्डवहरु लुकेर गंगा–नारायणी नदी तरेर हालको त्रिवेणी आइपुग्दा रत्नावती–कर्णावती र कुशवाहिनी नदीको त्रिवेणीमा स्नान–तर्पण–जप–तप गर्दै कुश्माण्ड भगवती स्थापना गरि पुजा–आजा र जंगलको कन्दमूल प्रसाद चढाई भोजन गर्ने गरेका थिए । तत्कालको सम्झनामा त्रिवेणीधाम कुश्माण्ड देवी–एकसय आठ धारा निर्माण भएको ९ नं. वडाको मात्र नभई मकवानपुर जिल्लाको सम्पदा हो ।

‘अहिलेको भुटनदेवी नजिक ठुलो पिपलको रुखमुनि आराम गरिरहंदा भीमसेन सुरक्षाको लागि नजिकै रहँदा सालबृक्षको आडमा हिडम्ब नामको राक्षस बसिरहेको थियो । उसले आश्रय लिएको पिपल वृक्ष मूनि महारथी पाण्डवहरुलाई देख्यो । हिडम्बले मनुष्यको गन्ध अनुभव गर्दै आफ्‌नै बहिनी हिडिम्बालाई भन्यो, ‘तिमी जाउ ती को हुन्, ती सबैजनालाई मारेर म कहा’ ल्याउ हामीसंगै बसेर नरमास लुछीलुछी खाउंला भने । नआएपश्चात कुन्तीका वरिपरि सुतेका पाण्डव र जागै बसेका भीमसेनलाई देख्नासाथ राक्षसी हेडम्बा कामबास युक्त बनिन् ।

भीमको जीउडाल त अनुपम थियो । यी मेरा निम्ति उपयुक्त पति हुन सक्छन् भनेर सोच्दै मेरा दाजु क्रुरतापूर्ण छन्, त्यसकारण म उनको आज्ञा पालन गर्न सक्दिन् । दाजुको मायाभन्दा पति प्रेम ज्यादैं मजबुत हुन्छ । यिनीहरुलाई मारेर दुईघडी कै तृप्ति न हो । पति हुँदा कैयौ वर्ष आनन्द भोग्न पाउनेछु भन्ने कल्पना गर्दै इच्छारुपी स्वरुप फेर्न सक्ने हँुदा सुन्दर मानव रुप धारणा गरि लज्जालु बनेर भिमसेन भएको ठाउँमा पुगिन् ।

दिव्य आभूषणमा सुशोभित ३२ सै लक्षणले युक्त भई मुसुक्क हाँसेर भीमसेनलाई सोधिन्, हे पुरुषमणि तपाई कहाँबाट आउनु भयो ? यी देवता जस्ता को हुन्, किन सुतिरहेको ? यी देवी तपाईको को पर्छिन् ? यो घनाजंगलमा निशंकोच बनेर सुतिरहनु भएन । यो राक्षस बसोवास गर्ने थलो हो । यहाँ हिडिम्व नामको राक्षस बस्दछ । हिडिम्व मेरै दाजु हो । उसले खराव विचार गरेर मलाई यहाँ पठाएको छ । उ तपाईहरुको मासुखान चाहन्छ । तपाईलाई देख्ने बित्तिकै मैले पतिवरण गरिसके, म त कामदेवको वशमा परिसके, मलाई हजुरको सेवीक बनाउनुहोस् । म तपाईहरु सबैलाई यस नर– भक्षी राक्षसबाट बचाउनेछु ।

भीमसेनले भने, ओइ राक्षसी ? यी मेरा दाजु,भाइ र उहाँ माता हुननुहुन्छ । दाजु कै विवाह भएको छैन । तब हिडिम्वा बोली तपाईहरुलाई जे गर्दा राम्रो लाग्दछ त्यो गर्नुस्, म तपाईले जे भने पनि मान्दछु भनिन् । तिम्रो नरभक्षी दाजुलाई पठाइदेउ मलाई कत्ति पनि फरक पर्दैन भने । तब हिडिम्व राक्षस रुखबाट उफ्रिएर पाण्डव भएको स्थानमा आएर खुब रिसाएर भन्यो, हे हिडिम्बे, म भोजन चाहन्छु राक्षस कुल सर्वनास गरेर त मानिस भइछस्, मैले तंलाई पनि मार्छु भनि झम्टियो । तब भीमसेनले भने, हे राक्षस एक नारी, त्यो पनि तेरै बहिनी किन मार्छस्, मसंग लड् भने, हेडम्बले भन्यो, ‘पहिले तेरै जीउको तातो रगत पिएर मात्र बहिनीलाई मार्छु ।’

भीमसेन र हिडम्बको धमासान युद्ध भयो । युद्धका आवाजले सबै उठे । घमासान लडाईपछि भीमसेनले हिडम्बलाई मारे । यहाँबाट बस्ती नजिक छ चाँडो जाउँ भनि अर्जुनले भने र हिडे । पांच पाण्डवको पछि हिडम्बा पनि लागिन् । हिडम्बाको राक्षसी नाम सालङ कटी हो । पछि लाग्दै गएपछि भीमसेनसंग विवाह गरिन् । भैसी दोभान पुगेपछि कुन्तीले भनिन् योअघि हामी तिमीलाई हिडिम्वा भन्थ्यौ भने आजदेखि तिमी सुन्दरी हौँ भनिन् । विवाहपछि घटोतकचको जन्म भयो । सुन्दरीलाई तिमी भुदेवी बनि यहाँ बस हामीपछि तिमीलाई लिन आउछौं भनी भीमले भने । तत्काल भूदेवीले दनुवार माइती मानेर बसिन् । दनुवारले पनि भूदेवीको पूजाआजा गर्दै गरे । भू–देवी नै भूटनदेवी हो । विजयपुरका राजाले दनुकारहरुलाई राई पद्वी दिएर राई भन्न थाले ।

मकवानपुरका राजा माणिक सेनले सुरक्षा चौकी भैरवडाँडामा स्थापना गरेकोले भैरवडाँडा भयो । दक्षिणतर्फ हर्नामाडीमा पनि सुरक्षा चौकी राखे र हेटौडा आवादी गर्ने प्रयास (वि.सं. १७६७ मा भएको रहेछ तर, औंलो रोग लागेर वाली लगाउन सफल भएन । प्रतापसिंह शाहको समयदेखि हेटौडा भएर तराई जाने पदैल मार्ग चालु भयो । बहादुर शाह–राजेन्द्रलक्ष्मी, रणबहादुर शाहको दरवारमा गुट, उपगुट भएर साह्रै किचलो भएकोले लुक्ने ठाँउ हेटौडा र आसपास क्षेत्र भएको थियो ।

भीमसेन थापाको समयमा नेपाल अंग्रेज युद्ध इ.सं. १८१५ मई १८ मा गुरु गजराज मिश्र र चन्द्रशेखर उपाध्याय नेपालको प्रतिनिधि र कम्पनी प्रतिनिधि ब्राडशा थिए । डिसेम्वर २ मा सुगौली सन्धि भयो, तर, १५ दिनको म्यादभित्र नेपाली नपुगेकोले ई.स.१८१६ फेबु्रअरीमा अक्रलोनीको नेतृत्वमा ब्रिटिस सेना काठमाण्डौ जान भनी मकवानपुरको चुरेमा आएर विशाल ब्रिटिश फौज बसेर नेपालीहरुलाई तर्साइ रह्यो । इ.सं.१८१६ मार्चमा नेपाली सन्धिपत्र हस्तान्तरण गरेको स्थान लाई सुगौली भनिन्छ । हाल यो हेटौडा १५ मा पर्दछ । जंगबहादुर ई.सं. १८५० जनवरी १५ का दिन बेलायत यात्रामा निस्किए र एक वर्ष २९ दिनमा नेपाल फर्र्किएका थिए ।

उनले बेलायती महारानीलाई उपहार दिन भुटनदेवीको पुजा–बलि गरेपश्चात शिकार गरेर उपहार लगेका थिए । फर्किएपछि सरकारले भुटनदेवीलाई वार्षिक पुजा–बली गर्न आदेश दिए वि.सं. १९०९ देखि भुटनदेवीको विषाशय पुजा हुँदै आएको छ । जंगल फडानी गरि बस्ति बसाल्न प्रयास गरेको पाईन्छ । वीरशमशेरले विरगञ्जमा सफाइ अड्डा स्थापना गर्दै बस्ती बसाले । सुधारवादी देवशमशेर प्रधानमन्त्री भएको बखतमा रक्सौल–सिमरा–अमलेखगञ्ज–हेटौडा–भीमफेदी सम्म पानीको धारा राख्न लगाएका थिए । चन्द्र शमशेरले देवशमशेरलाई पदच्यूत गरेर प्रधान मन्त्री भएका थिए ।

ई.सं.१९१५ मा काठमाण्डौ–भीमफेदी हेटौडा वीरगञ्जको टेलिफोन लाइन बनाए । सिंहदरवार निर्माण गर्न हेटौडाको जंगलको रुख काटेर काठमाण्डौ लगियो । विं.सं. १९७४ मा दक्षिण एशियाको पहिलो सुरुङ निर्माण गराएर साना सवारी साधनहरु भीमफेदी–हेटौडा–अमलेखगञ्ज सम्म चलाए । ई.सं. १९२५ मा र्धोसिङ–मातातीर्थ १४ माइल लामो रोप्वे चलाए । रक्सौलदेखि अमलेख गञ्ज–हेटौडा–भीमफेदीसम्म ५१.५ माइल लामो सवारी मार्ग चलाए । रक्सौल–अमलेखगञ्ज २९ माइल लामो रेल चलाए । सामरी खोलामा फलामे पुल राखे । चौकिटोलमा सवारी वर्कसप राखे । औंलो रोगका कारण राम्रो आवादी गर्न सकिएन चन्द्रशमशेर बेलायत जांदा बेलायतसंग विशेषज्ञको माग गरेका रहेछन् ।

ई.सं. १९१८ मा बाटो काज अड्डा स्थापना भएपछि बाटो खुल्यो त्यसपछि तीन मौजा चौकिटोल देखि टौवाससम्म बयलबास मौजा हेटौडा चौतारा देखि चौकिटोलसम्म ३१ नं. मौजा र चौतारो देखि फरेष्ट्रिसम्म ७२ नं. मौजा कायम गरि जिमिदार नियुक्त भए । कीर्तिबहादुर जोशीले ७२ नं. मौजाबाट ५ बिगाहा ८ कट्टा जग्गा खरिद गरेका थिए । त्यसमध्येबाट बाटो काजको सुविधा कार्कीलाई चौतारो बनाउन जग्गा निःशुल्क दिए पश्चात १९१८ मा चौतारो निर्माण गरियो । उनले त्यही वर–पिपल रोपेछन् । तिरतिरे धाराको पानी ल्याएर चौतारामा धारो हालेर त्यसलाई सार्वजनिक धारा भनियो । चौतारामा बसेर रसद –पानी जिमिदारहरुले बाढ्ने गरेका थिए ।

यसअघि १९६४ मा हेटौडा अस्पताल भएको ठाउँमा एक वैधले तीन तल्ले पौवा बनाए, यहाँ बटुवाहरु आएर बास बस्दथे । यहिँ वि.सं. १९९८ सालमा जुद्ध शमशेरले हेटौडा अस्पताल स्थापना गर्न लगाए । कर्रा खोलामा नागदह थियो, चौघडा रक्षादेवीमा रक्सादेवी भनी पुजा गरेको करिव २५० वर्ष भयो । राजदेवी सेन राजाको इष्टदेवी हुन् । वडा नं. ९ क्याम्पाडाँडामा सरकारी आवास थियो । पद्मपोखरीमा गुरु पद्मसम्भव पोखरीलाई पदमशमशेरले पुनः निर्माण गराएकोले पद्मपोखरी नाम भयो । नागदह ७ नं. वडामा थियो । यो सेनकालिन दह हो । नागेश्वरीको बृक्ष भएको स्थानलाई नागश्वती भनिन्छ ।

तिरतिरेमा धारा वि.सं. १९७४ मा राखिएको थियो । सेन राजाको चौकी गुम्वाडाँडामा थियो । दनुवार राईहरुले वि.सं. १९५० तिर नै चौघडामा बस्ती बसालेका थिए । उनीहरुले नै चारवटा घडा राखेकोले चौघडा भनियो । सेनाको कमानबाट आवादी गरेकोले कमाने नाम रहन गयो । वडा नं. १९ को बस्तीपुरको पूर्व दक्षिणलाई क्याम्पाडाँडा भनिन्छ । सो स्थानमा राणाकालमा क्याम्प खडा गरिएको थियो ।

श्रोतहरुः
१ः विरेन्द्रलाल कर्ण नारायणप्रसाद रिमाल बृहत्तर जनकपुरधामका मठ–मन्दिरहरु, जनकपुर क्षेत्र विकास
परिषद् २०६५ जनकपुररधाम पृ–३७ ।
२ः बसन्तकुमार शर्मा गधे महाभारत शिखर समृद्ध ।
३ः मकवानपुर परिचय केदारप्रसाद न्यौपाने ।
४ः श्री बाबुराम आर्चाय श्री ५ पृथ्वीनारायण शाहको जीवनी ।
५ः डा. पीताम्बरलाल यादव नेपालको राजनैतिक ईतिहास पृ.१५७ ।
६ः देवीप्रसाद शर्मा आधुनिक नेपालको इतिहास पृ.२१५
७ः डा. पीताम्बरलाल यादव ऐ.ऐ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here