27.9 C
Makwānpur
Homeबिचारज्ञान बाँडेर सकिने कुरा होइन

ज्ञान बाँडेर सकिने कुरा होइन

राजुराम राउत

ज्ञान मानव जीवनको अमूल्य सम्पत्ति हो । यसलाई न त सम्पूर्ण रूपमा ग्रहण गर्न सकिन्छ, न त यसको कुनै सीमा निर्धारण गर्न सकिन्छ । ज्ञान बाढ्दै जाँदा ज्ञान बढ्ने शक्ति नै हो, जसले मानव सभ्यतालाई सदियौं देखि प्रगतितर्फ अग्रसर गराएको छ ।

ज्ञान भनेको कुनै पनि तथ्य, सूचना, अनुभव वा सत्यलाई बुझ्ने र यसलाई व्यवहारमा प्रयोग गर्ने क्षमता हो । यसको स्वरूप विशाल, गहिरो र निरन्तर
परिवर्तनशील छ । ज्ञानका मुख्य दुई पक्षहरूमा सैद्धान्तिक ज्ञान र व्यावहारिक ज्ञान नै हो ।

सैद्धान्तिक ज्ञानमा पुस्तक, अनुसन्धान र अध्ययनबाट प्राप्त हुन्छ भने व्यावहारिक ज्ञान अनुभव, दैनिक जीवन र समस्या समाधानबाट प्राप्त हुन्छ । ज्ञानको कुनै सीमा हुदैन, अनन्त छ । त्यसैगरि ज्ञान बाँड्दा झन् बढेर जान्छ यस्को यो प्रकृया नै हो । ज्ञानको सार्वभौमिकता नै ज्ञान हो र सबैका लागि समान रूपले उपयोगी समेत छ । समयअनुसार ज्ञानको परिमाण र स्वरूप बदलिन्छ यो समय सापेक्ष छ । यि ज्ञानका बिशेषताहरु हुन् ।

ज्ञान व्यक्तिबाट व्यक्ति, पुस्ताबाट पुस्ता र समाजबाट समाजमा हस्तान्तरण हुँदै आएको छ । ज्ञानको बाँडफाँड नै सभ्यता र प्रगतिका प्रमुख आधार हुन् । सामाजिक सुधारको लागि शिक्षा र ज्ञानले समाजमा चेतना फैलाउँछ । अन्धविश्वास, अज्ञानता र भेदभाव हटाउन सहयोग गर्छ । ज्ञान बाँड्दा व्यक्तिले आफ्‌नो बुझाइ अझ प्रस्ट बनाउँछ जसले बैयत्तिक बिकासमा सघाउ पुर्‍याउछ । यसै गरि नयाँ नयाँ ज्ञान सिक्ने अवसर समेत पाउँछ । समूहमा ज्ञान बाँड्दा साझा उद्देश्य पूरा गर्न सहज हुन्छ र समूहको समृद्धिमा कोशेढुङगा साबित हुन्छ ।

मानवताको प्रगतितर्फ उन्मुख ज्ञान बाँडफाँडले विज्ञान, प्रविधि र समाजशास्त्रको विकासमा सहयोग पुर्‍याउँछ भन्ने धारणा समेत पाईन्छ । प्रश्नकर्ताहरुको ज्ञान बाँडेर किन सकिंदैन रु भन्ने जवाफमा ज्ञानको विशालता र विविधताको बयान गर्न सकिन्छ । ज्ञानको कुनै अन्त्य छैन, एक व्यक्ति वा समाजले सम्पूर्ण ज्ञान आर्जन गर्न असम्भव छ । हरेक व्यक्तिले आफ्‌नो रुचि, अनुभव र समय अनुसार ज्ञान आर्जन गर्छ, जुन पूर्ण रूपमा बाँड्न कठिन हुन्छ ।

यस्ता कुराहरु व्यक्तिको क्षमता भनौ वा ग्रहण गर्ने क्षमतामा फरक हुन्छ । बाँडिएको ज्ञानलाई सबैले समान रूपमा बुझ्ने वा उपयोग गर्न सक्दैनन् । जस्तै स्कुल कलेजमा गुरुबर्गले सबैलाई समान शिक्षा प्रदान गरेका हुन्छन् तर परिक्षामा कोहि अनुत्तीर्ण हुन्छन् भने कोहि अब्बल त कोहि बरिस्ठ अनि कोहि कनिष्ठ हुन्छन् । केही ज्ञान अनुभवबाट मात्र प्राप्त हुन्छ । अनुभव बाँड्न सकिए पनि त्यसको अनुभूति अर्को व्यक्तिले आफ्‌नै तरिकाले गर्नेगर्छ ।

तर, मानव यस्तो प्राणि हो जसले सधैं नयाँ ज्ञान सिर्जना गरिरहेको हुन्छ । एउटा ज्ञान बाँडिसक्दा अर्को नयाँ ज्ञान उत्पन्न भइसकेको हुन्छ । ज्ञान बाँडफाँडका ऐतिहासिक उदाहरणहरू चर्चा गर्दा गुरुकुल प्रणाली अब्बल नम्बरमा आउने गर्छ । प्राचीन संकृतिमा गुरुकुल प्रणाली ज्ञान बाँडफाँडको एउटा उत्कृष्ट माध्ययम समेत रहेको हामी ईतिहासबाट पाउछौं । गुरुहरूले आफ्‌नो ज्ञान शिष्यहरूलाई बाँड्ने गर्थे ।

त्यसैगरि विश्व प्रसिद्ध विद्वान्हरू सोक्रेटस, प्लेटो र अरस्तु जस्ता दार्शनिकहरूले आफ्‌ना विचार र ज्ञानलाई बाँडेर मानव सभ्यतामा गहिरो प्रभाव पारेका थिए । पुर्बिय सभ्यता अनुसार नालन्दा र तक्षशिला विश्वविद्यालयमा ज्ञानको आदान(प्रदान व्यापक रूपमा हुन्थ्यो । आजकल आधुनिक कालमा ज्ञान बाँडफाँड इन्टरनेट, पुस्तक र शिक्षा प्रणालीले ज्ञान बाँडफाँडलाई सहज बनाएको छ ।

यी हामीले हाम्रा संततिबाट प्रष्ट देखिरहेका छौं । अज्ञानता र गलत व्याख्या, ज्ञान बाँड्दा हुने चुनौतिहरू हुन् । सबैले बाँडिएको ज्ञानलाई सही रूपमा ग्रहण गर्न सक्दैनन् । ज्ञानको गलत व्याख्याले समाजमा भ्रम र विवाद उत्पन्न गराउँछ । भने स्वार्थ र गोपनीयताको कारणले केही व्यक्तिहरू आफ्‌नो ज्ञान बाँड्न चाहँदैनन् । गोप्य ज्ञान जस्ता व्यवसायिक ज्ञान सबैलाई बाँड्न सम्भव हुँदैन ।

ज्ञानकै कुराकानि गर्दा प्रविधिको पहुँचले पनि आजभोलि निकै सन्सनि मचाईरहेकै छ । डिजिटल युगमा पनि सबै मानिससँग इन्टरनेट र शैक्षिक स्रोतहरूको पहुँच छैन । असमान बितरण, ज्ञानको पहुँचको चुनौती पनि हो । डिजिटल युगमा ज्ञान सर्बत्र फैलन सक्छ तर, सांस्कृतिक र भाषागत अवरोध यसका चुनौतिपनि हुन् । ज्ञानको बाँडफाँडमा भाषाको विविधताले पनि कठिन बनाउँछ । सांस्कृतिक मान्यताले ज्ञानलाई ग्रहण गर्ने तरिकामा प्रभाव पार्छ । पुस्तक र साहित्य मार्फत ज्ञानलाई पुस्तौँसम्म हस्तान्तरण गर्न सकिन्छ। भनिन्छ साहित्यले मानिसको भावना र विचारलाई मुटु र आत्मा सम्म प्रभावित पार्छ ।

विद्यालय, विश्वविद्यालय र अनुसन्धान केन्द्रहरूले संगठित रूपमा ज्ञान बाँडफाँड गरिरहेका छन् । शिक्षा प्रविधि, अनलाइन पाठशाला र सामाजिक सञ्जालले ज्ञानको दायरा फराकिलो संग बढाएका छन् । डिजिटल माध्यमहरूले ज्ञान बाँड्दा विश्वव्यापी पहुँच प्रदान गरेको छ । मानिसहरूले आफ्‌ना अनुभव र सिपलाई तालिम, सेमिनार र कार्यशालामार्फत बाँडिरहेका छन् । ज्ञान बाँडफाँडले शिक्षित र प्रगतिशील समाजको निर्माण गर्छ । ज्ञानमूलक समाजले सहिष्णुता, समानता र रचनात्मकताको प्रवद्र्धन गर्छ ।

पक्कैपनि शिक्षा र ज्ञानको बाँडफाँडले गरिबी, लैङिगक असमानता र सामाजिक
अन्याय हटाउन सहयोग पुर्‍याई असमानताको अन्त्य गर्छ । पर्यावरणीय, आर्थिक र सामाजिक क्षेत्रमा ज्ञानको सही उपयोगले दीर्घकालीन विकास सम्भव बनाउँछ । ज्ञान न बाँडेर सकिन्छ, न त यसको कुनै सीमा छ । यो अमूल्य सम्पत्ति हो, जसले व्यक्तिको जीवनलाई उज्यालो बनाउँछ र समाजलाई प्रगतितर्फ उन्मुख गराउँछ ।

ज्ञानलाई बाँड्दा मात्र यसको वास्तविक महत्व महसुस हुन्छ । यसलाई सीमित राख्नु भनेको आफ्‌नो क्षमताको अवमूल्यन गर्नु हो । ज्ञान बाँड्दै जाँदा यो झन् बढ्दै जान्छ र यसको प्रकाशले मात्र मानवता वास्तविक रूपमा उज्यालो हुन्छ । त्यसैले त एक असल शिक्षकले एक ज्ञान दिन दर्जनौं ज्ञानका पुस्तकहरु र ज्ञान पढनुपर्ने हुन्छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here