काठमाण्डौ उपत्यकामा मारवाडीहरुको प्रवेश कहिले भएको रहेछ भनि खोजि गर्दा वि.सं. १९२५ देखि १९३० सम्ममा अर्थात् राणा प्रधानमन्त्रि जंगबहारदुरको समयमा आएको भनि श्यामसुन्दर धिराईयाले लेख्नु भएको पाइन्छ । भारतको बिहार बेतीयाबाट वीरगञ्जमा आएर पढाइसंगसंगै व्यापार गर्न/गराउन, निःशुल्क घर बनाउन माल अड्डाबाट जग्गा र काठ मिलबाट आवश्यक काठ तत्काल स्थानीय वडा हाकिममार्फत् उपलब्ध गराईएको थियो ।
वीरगञ्जमा सर्वप्रथम आउने मारवाडी परिवारमध्ये तुल्स्यान र टिवेडीवाला परिवारका थिए । काठमाण्डौमा सर्वप्रथम आउने मारवाडीहरुमा आशाराम धा“स्तीराम (चिरञ्जीबिलाल, सुरजमल) भन्ने किटान गरिएको छ । तत्पश्चात टिवेडीवाला परिवार, धिराइया परिवार, चौधरी परिवार, मित्तल परिवार, जांजोदिया परिवार, कावरा, खेतान, केडिया, रुगंटा, शर्मा परिवार आदि रहेछन् । काठमाण्डौ उपत्यका आउने मारवाडी वि सं. १९२५ देखि १९४२ सम्मको तत्कालको सरकारी अड्डाहरुमा तत्थ्याङ्क पाईन्छ ।
सर्वप्रथम बुधराम, हरजसराय (धिराईया परिवार) र रामराय महाविरप्रसाद जसलाई टिवेडीवाला परिवार भन्ने गरिन्छ । यिनीहरु बि.सं. १९५८ देखि १९६१ सालमा काठमाण्डौको मख्खन गल्ली र भेडासिंहमा घर, जग्गा खरिद गरेको भनी श्यामसुन्दर धिराइयाले लेखेका छन् । प्रधानमन्त्रि जुद्धशमशेरको समयमा वि.सं १९४० सालको भुकम्पको समयमा नेपाली भन्सारमा बुझाउनु पर्ने राजस्व उधारोको पनि सुविधा दिइएको थियो । सामानहरु बिक्री गरेर नगद भएपश्चात भन्सार बुझाउन पाउने सुविधा हु“दा लगत राखेर सामानहरु ल्याउन पाइने ब्यवस्थाको मारवाडीहरुले सुविधा उपयोग गर्न पाउ“दा उनीहरुको व्यापार व्यसाय फस्टाएको थियो ।
यसरी लगत राखेर भन्सारमा छोड्न व्यापारी हरुलाई तत्काल खातावाल भनिन्थ्यो । नाम लेख्न
रातो बहिकितावमा नाम लेखिन्थ्यो । लगत किताबमा नाम लेख्ने आधार जुन फर्म धनीको परिवारका व्यक्तिहरुबाट वि.सं. १९६६ भन्दा अगाडि काठमाण्डौ उपत्यकामा बसोबास गरेको हुनु पर्दथ्यो । उनीहरुले मात्र भन्सारको रातो कितावमा नाम लेखेर उनीहरुको लगत राखी भन्सार छोडिने व्यवस्था थियो । सो समयमा मारवाडीहरुका फर्महरु :
१ः चिरञ्जिलाल सुरजमल २ः रामकरण दास केदारनाथ, ३ः मायाराम भोलाराम ४ः रामराम महाविरप्रसाद ५ः चुनिलालहरी नारायण ६ः परशुराम मखनलाल ७ः गुठीराम जमना घर रामजीवन
राधा ८ः कृष्ण कावरा ९ः हजसराय हजारीमल १०ः राम सुखदास मुखराम संघई ११ः रामेश्वरलाल जीवनराम १२ः गनपतराय हनुमानप्रसाद १३ः सुन्दरमल रामकुमार १४ः बक्सिराम नरसिहराम १५ः धनराज जुगकिशोर १६ः हनुमानदास जानुकीदास गांडिया १७ः पूर्णमल बिहारीलाई १८ः सरदारमल रतिराम १९ः कालुराम नागरमल २०ः बजरंगराय नारायणदास २१ः तुईराम चेतराम २२ः रामकुमार महावीरप्रसाद केडिया आदि फर्महरु थिए ।
त्यस बखत एकजना भए पनि दुईजनाको नाममा फर्म दर्ता गर्ने गरेको थियो । १९९० साल माघ २ गते महाभुकम्पमा धेरै धनजनको नोक्सानी भएकोले मारवाडी समाजले कलकत्ताको मारवाडी समाजलाई सहयोग गर्न अनुरोध गरेका थिए । कलकत्ताको रिफिल सोसाइटीले नेपालका भुकम्प पीडितहरुलाई सहयोग र सेवा गर्न तत्कालीन श्री ३ तथा प्रधानमन्त्रि जुद्धशमशेरलाई मुक्तकण्ठले प्रशंसा गरेर आर्थिक तथा सामानहरु र खाद्यान्य सहयोग गरेका थिए ।
तत्काल सहयोग गर्ने साहु–महाजन, भद्र–भलाद्मीको कदर गर्दै मानपदवी र प्रशंसापत्र प्रदान गरेका थिए । जसलाई यो समयमा ३२ कोठी महाजन भनिएको थियो । ३२ महाजनमध्ये निम्न बमोजिमले महाभुकम्पमा सेवा गरेका थिए । सो पछि वि.सं. १९९६ मा देवपतनमा श्री पशुपती गौशालाको पुरै भाग मारवाडी समुदायबाटै सञ्चालन गर्न खर्चको लागि जुद्धशमशेरले खड्ग निशान आदेश दिइएका थिए । त्यसका लागि बिक्री हुने सामानहरुमा सयकडा ६ पैसा गौशालाको शूल्क भनि उठाउन पाउने अधिकार दिइएको थियो । त्यही चन्दाबाट गौशाला सञ्चालन भयो ।
गौशालाको भौतिक पूर्वाधार तीन चरणमा मारवाडीहरुले निर्माण गरेका थिए । श्री ३ तथा प्रधानमन्त्रि पद्मशमशेर वि.सं. २००२ सालमा नियुक्ती भएका थिए । उनले श्री हरिनारायण जाजोदिया र श्री मंगलचन्द्र मित्तललाई दोसल्ला ओडाएर कदरपत्र पनि दिईएको थियो । यो गौशाला धर्मशाला नेपाल अधिराज्यकै ठुलो धर्मशाला हो । यो धर्मशालामा १ सय ७५ वटाभन्दा बढी गाई, सांढे, बाच्छा–बाच्छीहरुसमेत राखिएको थियो । यो धर्मशालामा ९० भन्दा बढी कोठाहरु १ हजारभन्दा बढी धार्मिक यात्रीहरुको लागि आवास सुबिधासमेत दिईएको थियो । जसमा निम्न कार्य तथा कार्यालयहरु थिए
धर्मशालामा सामाजिक सेवाको भावले कार्यक्षेत्र विस्तार गरिएको थियो । केही उत्साहित नवयुवक व्यापारीहरु भएर रु. ४५९/– दरले रकम संकलन गरेर कोष खडा गरेर नवयुवक सेवा समिति नामको संस्था वि.सं. २०१० सालमा स्थापना गरेका थिए । यो संस्था स्थापना गर्नुको मुख्य कारण सामाजिक सेवा, प्ररोपकारी कार्य गर्नुका साथै होमियो चिकित्सालय स्थापना गर्ने उदेश्य थियो । तर, मारवाडी समाजको तर्फबाट राय–सल्लाह माग गर्दा नवयुवक सेवा समितिको स्थानमा मारवाडी सेवा समिति नेपाल राख्ने सल्लाह भएबमोजिम नाम परिवर्तन गरिएको थियो । यसको प्रथम अध्यक्ष थिए, श्री विश्वनाथ मित्तल र बांकी सदस्यहरु निम्नबमोजिम थिए :
१ः लुनकरण दास चौधरी
२ः कैलासचन्द्र टिवेडीवाल
३ः महादेबप्रसाद जाजोदिया
४ः चण्डिप्रशाद परशुराम पुरिया
५ः जगदीसप्रसाद खेतान नेपालगञ्ज
६ः जुगलकिशोर टिवेडीवाल
७ः दामोदरदास सांघाइ
८ः बाबुलाल टिवेडीवाल
९ः बनवारीलाल अग्रवाल मित्तल
१०ः नागरमल अग्रवाल
११ः गिरीधरिलाल मित्तल
१२ः मखनलाल
१३ः गोबिन्दप्रसाद जाजोदिया
१४ः नन्दलाल चिराइया
१५ः पुस्करलाल सांघाइ
लगायत थिए । सो समयमा कालीमाटी निवासी रामकुमार केडियाले होमियो दातव्य चिकित्सालय सञ्चालनको लागि आवश्यक खर्च दिने आश्वासन पाएर शुक्रपथमा रहेको एउटा घरमा दुइकोठा बहालमा लिएर चिकित्सा कार्य प्रारम्भ गर्र्न तयार गरिएको थियो । तत्कालिन राजा श्री ५ त्रिभुवन बिरबिक्रम शाहदेवबाट २०१० सालको बसन्त पञ्चमीका दिन राजाको सन्देश लिएर तत्कालिन प्रधानमन्त्रि मातृकाप्रसाद कोइ–रालाबाट मारवाडी सेवा समिति नेपालको समुद्घाटन गरेका थिए । समितिको उद्घाटन पश्चात अक्षय कोषका लागि पुनः रामकुमार केडिया समक्ष प्रस्ताव राखियो, उनले उत्साहित भएर कोष संकलन गर्दैजा“दा केडियाज्यूले पनि ५ हजार १ सय रुपैया दिएका थिए ।
त्यसपछि अन्यसंग पनि दान/दातव्य माग्दै र सदस्यहरुबाट ६ हजार ५ सय रुपैया संकलन भयो । संकलन कार्य गर्ने क्रममा १ लाख १६ हजार रुपैया संकलन भएको थियो । सो रकम स्थानीय मारवाडी ब्यापारीहरुलाई व्याजमा दिएर प्राप्त ब्याजबाट खर्च ब्यवस्थापन गरिएको थियो संकलित मूलधन भने नमास्ने ब्यवस्था मिलाएका थिए । मारवाडी सेवा समितिलाई सहयोग गर्ने दाताहरु खोज्ने क्रममा कलकत्ताका श्री राधाकृष्ण चमडिउ फेला पारियो र जानकारी गराउंदा उनले २५ हजार १ रुपैया सहयोग गरेका थिए । वि.सं.२०१४ मा स्थानीय फसिकेभको एक घरसहितको जग्गा ५० हजार रुपैया“मा खरिद गरियो । २०१६ सालमा त्यहीबाट कार्यालय सञ्चालन भयो । भविष्यमा असुविधा र अप्ठ्यारो नपरोस् भनेर संस्थाको घरलाई मर्मतसंभार गरियो ।
तत्पश्चात बाहिरबाट काठमाण्डौं आउने यात्रुहरुलाई न्यूनतम शूल्क लिएर आवासको र शुद्ध शाकाहारी भोजनको व्यवस्था गरियो । यसै समयमा श्री भवरलाल मोरबाट स्कुल स्थापना गर्ने कुरा गरियो । २५ हजार सहयोग नगद दिएर कार्यप्रारम्भ गर्ने भनी निर्णय गरियो । त्यो रकम समेत मिलाएर महाराजगञ्ज चक्रपथमा भूत बंगलाको नामबाट प्रचलित घरजग्गा खरिद गरेर मारवाडीहरुको विद्यालय सञ्चालन गर्ने सहमति भएको थियो । तत्पश्चात स्कुल सञ्चालन गरिएको थियो । स्कुल सञ्चालन गर्दा विभिन्न समस्या आइपर्यो । त्यसमा बस्नेहरु सबै व्यापारीहरु नै थिए, धेरै दिन चलाउन सकेनन् । सदनमा आवास सुविधा प्रदान गरियो । होमियो दातव्य स्वास्थ अस्पताल चिकित्सालय सञ्चालन हु“दै गयो ।
वि.सं. २०३५ सालमा मारवाडी सेवा समितिले आफ्नो स्वामितवमा रहेको चक्रपथको करिव १४ रोपनी जग्गामा बनेको २ वटा घरलाई कुष्ठ रोगहरु भएकाहरुलाई नेपाल कुष्ठ रोग निवारण संघ नाम गरेको संस्था सञ्चालन गर्न हस्तान्तरण गरियो । समाजसेवी संस्थाले अर्को समाजसेवी संस्थालाई घर/जग्गा हस्तान्तरण गरेको थियो । अर्को नेपाल रेडक्रस सोसाइटीको रक्त बैंकमा रक्तदाताहरुलाई पानी खुवाउने व्यवस्था गरियो । बिशेष गरेर दैवी प्रकोपमा मारवाडी सेवा समितिले सहयोगमा पुर्याएउंदै काठमाण्डौंमा सर्वप्रथम शव बाहन सेवा सञ्चालन गरेको थियो ।
यसरी मारवाडी समुदायले स्थानीयको सेवा वा सामाजिक क्षेत्रमा सहयोग पुर्याएका थिए । मारवाडीको पुरानो भवन दुई चरणबाट भत्काएर पुनःनिर्माण गर्ने भनि वि.सं. २०३६ सालबाट प्रारम्भ भयो । अग्रभाग पहिलो चरणमा र दोस्रो चरणमा बा“की सबै निर्माण कार्य गरियो । यो निर्माण गर्ने कार्यसमितिका अध्यक्ष हुलासचन्द्र गोल्छा थिए भने निर्माण समितिका महासचिव पवन मित्तलले आर्थिक संकलन गरेर पुनःनिर्माण गराएका थिए । मारवाडी समुदायद्वारा श्री पशुपति गौशालाको धर्मशाला र मारवाडी सेवा समिति नेपाललाई भव्यता प्रदान गरिएको थियो ।
पशुपति गौशालाको नवनिर्मिमत भवन निर्माणको विकास गर्न श्री रघुनाथ अग्रवाल, उग्रसेन अग्रवाल, केशरदेव धिराइयाको विशेष योगदान रहेको पाईन्छ । पानीकोे लागि डीप–वोरिङ गर्नका लागि मोहनगोपाल खेतानको विशेष पहल र आर्थिक सहयोग भएको थियो । मारवाडी द्वारा सञ्चालित भएको सामाजिक र धार्मिक संस्थाहरु निम्नबमोजिम भएको पाइन्छ :
(१) पशुपति गौशालामा धर्मशाला
(२) मारवाडी सेवा समिति नेपाल
(३) श्याम सत्संग मण्डल
(४) जैन परिषद्
(५) भगवान महाविर जैन निकेतन
(६) बालाजी परोपकार समिति
(७) जैन महिला मण्डल
(८) रानीसती सेवा संघ
(९) मारवाडी धार्मिक केन्द्र
(१०) रामहनुमान सेवा मण्डल
(११) मारवाडी युवा मञ्च
(१२) नेपाल महेश्वरी संघ
(१३) नेपाल मारवाडी ब्राम्हण संघ
(१४) मारवाडी महिला मञ्च
(१५) पशुपति समाज सेवक संघ
(१६) महेश्वरी युवा संघ आदि ।
श्रोतः श्यामसुन्दर धिराइया उपत्यकामा मारवाडी समाजको योगदान, नेपाल मारवाडी
राष्ट्रिय सम्मेलनको स्मारिका २०५० ।