क्रिसमसको दिन त्यसलाई भनिन्छ, जुन दिन इशामसिंह वा ईशुको जन्मको खुशीयालीमा मनाइने पर्व हो । यो पर्व हरेक बर्षको २५ डिसेम्बरमा पर्दछ । यस दिन अधिकांश देशहरूमा सार्वजनिक बिदा हुन्छ । क्रिसमस १२ दिनसम्म विभिन्न कार्यक्रम गरि मनाइन्छ । इशामसिहको जन्म एन्नो डोमिनीका अनुसार ७ औ इशापूर्वबाट दोश्रो इशापूर्वबिच भएको तर्क दिएका छन् । २५ डिसेम्वरमा नै इशामसिंहको जन्म भएको कुनै प्रामाणिक पुरातात्विक श्रोत भने पाउन सकिएको छैन । २५ डिसेम्वर रोमन पर्वसंग सम्बन्धित देखाइएको छ ।
शान्ता क्लजलाई क्रिसमसको पिता भनिन्छ । यस दिनमा सबै इशाइ धर्माबलम्बिहरु र अन्य धर्म मान्नेहरु पनि यो पर्वमा सरिक हुन्छन् । २४ डिसेम्वरमा नै जर्मनी तथा कतिपय देशहरू ण्क्रिसमस मनाउने गर्दछन् । बेलायतमा २७ डिसेम्बरमा क्रिसमस मनाउंदछन् । आर्मिनियालीहरू ६ जनवरीमा क्रिसमस पर्व मनाउंदछन् । गेग्रोरियन क्यालेण्डर अनुसार ७ जनवरीका दिन क्रिसमस पर्दछ । २ वटा क्यालेण्डरका बिचमा १३ दिनको फरक रहेको पाउन सकिन्छ ।
क्रिसमस आजभन्दा करिव २१० वर्ष पहिले अंग्रेजहरूले भारतमा आफ्नो स्थिति मजबुत बनाएका थिए । त्यो समयमा इशाई धर्मको विकास गर्न एकदम आवश्यक थियो । हिन्दु धर्माबलम्बीहरुलाई यस धर्मले प्रभाव पार्न सकेको थिएन । तर,अंग्रेजहरूले हरेक प्रकारले प्रभावमा पार्न चाहेका थिए । अहिलेको अवस्थामा क्रमिकरुपले हिन्दु धर्माबम्बीहरूले धर्म परिवर्तन गर्दै ईशाई धर्म मान्न थालेको पाईन्छ । बिशेष गरेर नेपालका यस धर्मप्रति आकर्षण बढ्न थालेको छ । जसका कारण धर्म परिवर्तन गर्नेको संख्या बढ्दो क्रममा छं । मरियमको पुत्रको रूपमा मसिंहको जन्म भएको थियो भने यसको प्रमुख ग्रन्थको नाम वाइवल हो ।
इसाइ धर्मको मूलस्थल :
इसाई धर्म लोकप्रिय हुने क्रममा देखिन्छ । रोमनवासीहरूले आफ्नो धर्म परिवर्तन गरि इसाई धर्म अपनाएका छन् । पहिले पहिले क्रिसमस मनाउने तरिका र वर्तमानको समयमा मनाउने तरिकामा ठूलो भिन्नता पाईन्छ इसामसिंहलाई इसाइहरू देवता मान्दछन् । वास्तवमा भन्ने हो भने यशु देवता थिएनन्, उनी इश्वरका पुत्र मात्र थिए । वाइवलको उत्पत्ति १.२० देखि २.५ को बिचमा भएको हुनसक्छ ।
इशामसिंहलाई सूर्यसंग तुलना गरिएको छ । रोमनवासीहरू २५ डिसेम्बरलाई एक ठूलो पर्वको रूपमा लिने गर्दछन् । सूर्य देवताको सामूहिकरूपमा पुजाआजा गर्दछन् । विभिन्न मानिसले सूर्य देवताको पुजा गर्न थालेपछि २२ डिसेम्वरका दिन सूर्य भगवान उत्तर दिशातर्फ लाग्नु हुन्छ । कैथोलिक विश्व कोषअनुसार तारिखबाट क्रिसमस निर्धारण गरिन्छ । सूर्यको जन्म र येशुको जन्म मिल्ने दावी गर्दछन् । जुन दिन सूर्यको उत्पति भयो, त्यही दिनमा येशुको जन्म भएको मान्यता रही आएको छ ।
यूल :
स्केडिनोबियाहरू एक किसिमको पर्व मान्दछन् । जुन पर्व डिसेम्वरको अन्तिम तथा जनवरीको शुरूमा पर्दछ । भगवान जसलाई कर्पनको देवता मानिन्छ । कर्पनको देवतालाई आदर गर्नका लागि यूलेको काठ जलाइन्छ । धुँवावाट सूर्यको जन्म हुने मान्यताकासाथ १२ दिनसम्म लगातार भोज खाने गर्दछन् । जबसम्म यूलेको काठ पूरा जल्दैन, तबसम्म खाइरहने प्रथा चलिआएको छ । यस्तो पर्व जर्मनीमा पनि मनाइन्छ । ग्रेमर्न शव्द यूले क्रिसमसको पर्यायवाची नाम हो जुन शब्द ९०० मा प्रयोग भएको देखिन्छ ।
ईसाइ धर्मको मूलस्थान :
इसामसिहको जन्मको सम्बन्धमा सत्य, तथ्य प्रमाण पाउन सकिएको छैन । सेक्स्तुस जुलियसले आफ्नो कितावमा इसाइसम्बन्धि २२१ इस्वी सन्मा लेख प्रकाशित गरेका थिए । इसामसिहको जन्म २५ डिसेम्बरमा नै भएको तर्क दिएका छन् । २५ डिसेम्बरलाई बासन्ती विषुवाको तारिख पनि र पुरानो इसाइ पनि भनिन्छ । यस तारिखमा नै इसामसिंहलाई शुलीमा चढाइएको थियो । जनवरी प्रथममा इसामसिंहको नामाकरण गरिएको थियो, जुन जनवरी ५ मा पर्दछ ।
क्रिसमसको मध्यकालीन युग :
ईसाईहरुको धार्मिक ग्रन्थ बाइवल हो । बेलायतमा १३७७ मा क्रिसमस मनाइएको अवसरमा २८ वटा गोरू र ३०० वटा भेडाको भोज गरिएको थियो । क्रिसमसलाई उनीहरुले पवित्र दिनका रूपमा लिने गर्दछन् । सन् १८०० सम्ममा बेलायतमा गृहयुद्व भएको थियो । राजा चार्ल्समाथि विभिन्न आरोप लागेको थियो । सन् १६४७ मा बेलायतको नैतिकतावादी शासकले क्रिसमसमाथि प्रतिवन्ध लगाइ दियो । कतिपय शहरमा दंगा शुरू भयो । दंगा गर्नेहरूलाई राज्यले नियन्त्रणमा लियो । त्यसपछि राजाका भतmहरूले नारा लगाउन थाले । सन् १६६० मा यो पर्व मनाउन राज्यद्वारा प्रतिबन्ध लगाइ दिएका कारण अहिले पनि कतिपय पादरी– हरूले क्रिसमसको समारोहलाई बहिष्कार गर्र्दे आएको पाईन्छ । औपनिवेशिक अमेरिकामा नयाँ बेलायतको तीर्थयात्रीले क्रिसमसलाई बहिष्कार गरि दिएका थिए । विशेष गरि बोष्टन, मैसाचुसेटसमा सन् १६५९ देखि सन् १६८१ सम्ममा क्रिसमस गैरकानूनी घोषित गरिएको थियो ।
अमेरिकामा क्रान्ति पछि क्रिसमसको शुरूवात भएको थियो जसलाई प्रथा भन्न थालियो । सन् १८२० देखि बेलायतमा साम्प्रदायिक भावनामा ब्यापक परिवर्तन आयो । ब्रिटिस लेखकहरूमा यो चिन्ता रह्यो कि क्रिसमस खतम् हुन लाग्यो । विलियम विन्सनले क्रिसमसलाई अगाडि बढाउन चाहे । टयूडर अवधिको समयमा क्रिसमस खुशीयाली पर्वको रूपमा अगाडि बढ्यो । चार्ल्स डिकेन्सको सन् १८४३ मा क्रिसमस सम्बन्धि एउट पुस्तक प्रकाशन गरे गर्दै सार्वजनिक रुपमा बिदा दिने नियममा जोड दिए । पर्वमा दया, दान दिनमा जोड दिइयो । वासिङटन इरविगले क्रिसमसको बारेमा एक लामो लघु कहानीसमेत लेखेका छ । जसमा क्रमिकरूपमा अमेरिकामा क्रिसमससम्बन्धि रूचि जागृत हुँदै गएको पाईन्छ । व्यक्तिगत तथा नगरपालिका दुवैले क्रिसमसको समयमा सार्वजनिक स्थल र चर्चहरु सिंगार पटार गर्दछन् । सडक बक्तिहरु पनि आकर्षणयुतmरूपले सजाइएको हुन्छ । मैनबत्तिका साथै बिभिन्न प्रकारका मालाहरुको पनि प्रयोग गरिन्छ । क्रिसमसको ब्यपकता दिनकै लागि बिभिन्न देशहरुमा हुलाक टिकट पनि जारी गरिएको हुन्छ भने क्रिसमस कार्डको पनि प्रयोग गरिएको हुन्छ । अक्टोबरको शुरू देखि डिसेम्वरको शुरूवातसम्ममा यि सामाग्रीहरुको बिक्री बितरण गर्न बजारमा पठाइन्छ ।
क्रिसमस पर्व र अर्थशास्त्र :
सबै देशहरुले क्रिसमसका दिनलाई आर्थिक पर्वको रूपमा लिने गर्दछन् । क्रिसमसको समयमा ब्यापार ब्यवसायमा बिक्री बढी हुन्छ । पसलहरूमा नयाँ नयाँ सामान पाइन्छ । मानिसहरू विशेष गरि सजावटका सामानहरु, उपहारका सामानहरु किन्ने भिड लाग्दछ । यस दिनमा आफन्त तथा साथीभाई तथा कार्यालयका समकक्षिहरु एकले अर्कोलाई धन्यवादको आदान प्रदान गर्दछन् । अमेरिकामा व्याक फ्राइडेबाट सामानहरुको किनमेल सुरु हुन्छ । अक्टोवरको शुरूदेखि नै सामानहरु बजारमा आईसकेका हुन्छन् र किनमेल सुरु भएको हुन्छ ।
क्रिसमसको बारेमा विवाद किन ?
२० औं शताब्दीमा संयुतm राज्य अमेरिकामा क्रिसमसको विषयलाई लिएर ठूलो विवाद देखा परेको थियो । राष्ट्रपति उल्टस्सेसले संघीय तवरबाट क्रिसमसका लागि बिदा दिने निर्णय गरेका थिए भने फ्रैकलिनले पनि समर्थन जनाए । व्यापारमा लाभ पुग्न गयो । त्यसपछि धार्मिक नेताहरूले यस कदमको विरोध गरे । २१ औ शताव्दिसम्म अमेरिकामा क्रिसमसको विवाद चलिरहेको थियो ।
नेपाल देश केही वर्षअघिसम्म हिन्दु राष्ट्रको रूपमा विकसित भएको थियो । जब नेपालमा बहुदलीय व्यवस्थाको शुरूवात भयmो तबदेखि सबै धर्म समान हुन् भन्ने धारणा व्यापक बन्दै गयो । कुनै पनि धर्म राष्ट्रको धर्म हुनु हुँदैन । नेपालमा विभिन्न जातिहरूको बसोवासको कारणले प्रत्येक जातिको आफ्नो आफ्नो अलग अलग धर्म हुनसक्छ र सबै धर्मप्रति राज्यले समानरूपले सम्मान व्यतm गर्न पर्छ भन्ने तर्क अघि सारिए पछि यो कदम चालिएको हो । उदाहरणका लाागि हिन्दु धर्मसंग सम्बन्धित मठ मन्दिरहरूमा हिन्दुले मात्र पुजा गर्न जाने होइन कि अन्य धर्म मान्ने मानिसहरू पनि जाने गर्दछन् । बौद्विधर्मीहरू पनि हिन्दुको मन्दिरमा जान सक्छन् वा
जान्छन् ।
हिन्दुहरू पनि बौद्व धर्मसंग सम्वन्धित मठ, गुम्बा र स्तुपको पुजाआजा गर्दछन् । छठ पर्व पहिले तराइको भूभागमा मात्र मनाइने गरिएको हुन्थ्यो भने वर्तमान समयमा नेपाल अधिराज्यका सबै शहरहरूमा निकै उत्साहका साथ छठ पर्व मनाइन्छ । जसबाट सम्बन्ध सुधार गर्न सहयोग पुग्दछ । धर्म कसैको पनि पेवा हँुदैन । मुस्लिमहरू पनि हिन्दुहरूसंग मिलेर पर्व मनाउंन थालेका छन् । अन्य देशको जस्तो हाम्रो देश नेपालमा धर्मको विषयलाई लिएर कहिले पनि झै झगडा भएका घटनाहरू बिरलै सुन्न पाइन्छ । अपवादका रूपमा सानातिना विवादहरू भए होलान ।
तर, पछिल्ला दिनमा नेपालमा पनि इसाइ धर्मको निकै विकास भएको पाउन सकिन्छ । बिशेष गरेर ग्रामिणभेका नेपालीहरु ईसाई धर्मप्रति बढी लालयित हुन थालेका छन् । विशेष गरि हिन्दु धर्म संग सम्बन्धित धर्म गुरूहरूको नचाहिदो ढोंगी अंहकारका कारणले गर्दा नेपालीहरु ईसाई धर्मप्रति आकर्षित हुन थालेको पाउन सकिन्छ । वर्तमानको समयमा हिन्दु धर्म निकै महंगो धर्मको रूपमा विकसित हुन थालेको पाउछांै । चाडपर्व धेरै भएको कारण पनि खर्च बढ्दै गएको हुनुक्छ । संसारका हरेक ब्यक्तिले आफ्नो इच्छानुसार धर्म मान्न पाउनु पर्दछ । तर, जबरजस्तिसंग धर्म परिवर्तन गर्न भने हुँदैन यसतर्फ सबैको ध्यान जानु आवश्यक देखिन्छ र सरोकारवाला पक्षले यसमा बिशेष ध्यान दिनु पर्दछ । धर्मको विषयलाई लिएर राष्ट्रलाई आघात हुने काम कोही कसैवाट हुनुहुँदैन । क्रिसमपछिको नयाँ वर्षले सबैको कल्याण गरोस्, यसैमा सबैको कल्याण हुन जानेछ ।
:समाप्त :