शिक्षाबिना हामी अधुरो र अपुरो मात्र होईन, आँखा देखेर पनि अन्धोसरह नै हुन्छयौं । शिक्षा देश काल परिस्थिति अनुसार प्रयोगमा आउने प्राविधिक ज्ञान भएको हुन पर्दछ । दैनिक प्रयोगमा प्रयोगमा आउने हुनु पर्दछ । प्राविधिक ज्ञान हासिल भएपछि आफ्नै वा सरकारी नोकरी वा संघ/संस्था तथा ब्यापा-रीक फर्ममा नोकरी गर्न सक्छ । प्राणीहरुमा सर्वश्रेष्ठ प्राणी मानिस हो । व्यक्ति, समाज, राष्ट्रको शिक्षा-दिक्षाका लागि संरक्षण र सर्वधनको लागि शिक्षा आवश्यक छ । न्यायपूर्ण समाज शान्तिपूर्ण सहआतित्व राष्ट्रिय सम्पदा संस्कृतिको सुरक्षाको लागि आवश्यक पर्ने जनशक्ति शिक्षाले प्रदान गर्दछ ।
सूचना प्रविधिको प्रयोगले शिक्षामा बहु आयमिक परिवर्तन ल्याएको छ । एकीकृत शैक्षिक सूचना सम्बन्धको व्यवस्थालाई स्थानीय सरकारको सहयोगमा विद्यालय सञ्चालनको तौर तरिका मिलाउन सक्दछ । एशियाली विकास बैंकबाट अनुदान तथा ऋण लिएर विपद् उत्थानशिल विद्यालयहरुको आयोजनामा सञ्चालित पुननिर्माण कार्य भैरहको पाइन्छ । मकवानपुरमा भएका १० स्थानीय सरकार मध्ये बकैया गाउँपालिका पनि एक हो । २०८० मा बकैया गाउँपालिकाभर प्रारम्भिक बालविकासतर्फ हेर्दा ७० वटामध्ये कक्षा १-३ मा अध्ययन गरेको देखिन्छ । कक्षा १ देखि ५ सम्मका ४० कक्षाहरु छन् । कक्षा १-८ सम्म भएको २ वटा पाइन्छ । कक्ष १-१० सम्म भएको ४ वटा
देखिन्छ । कक्षा १-१२ सम्म भएका विद्यालय ४ वटा छन् । जम्माजम्मी कक्ष्ाँ संख्या ५४ भएको पाइन्छ ।
बकैया गाउँपालिकाभर शिक्षकहरु प्राथमिक विद्यालयमा १ सय ३५ जना, निम्न माध्यमिक विद्यालयमा १० जना शिक्षकहरु छन् भने माध्यमिक विद्यँलयमा ४ जना शिक्षकहरु छन् । २०८० को शिक्षक विवरणअनुसार दरबन्दीमा जम्मा १ सय ५३ जना छन् । यस्तै पालिकामा राहत शिक्षकहरुमा प्राथमिक तहका ९३ जना, निम्न माध्यमिकमा ३४ जना र माध्यमिकमा १४ जना शिक्षकहरु गरी जम्मा १४१ जना छन् । यस्तै सामुदायिक सिकाइ केन्द्रको अनुमति प्राप्त सामुदायिक सिकाईमा १ जना मात्र भएको पाइन्छ । गाँउपालिकाभर छात्र ४,४२७ र छात्रा ४,५८० रहेकोमा जम्मा ९०७७ जना २०८० को तत्थ्याङ्कमा रहेको पाइन्छ ।
नेपालको साक्षरतादर ७६.३ प्रतिशत छ, जसमा महिला ६९.४ प्रतिशत र पुरुष ८३.६ प्रतिशत छ । मकवानपुरको सारक्षता दर ७८ प्रतिशत मध्ये महिला ७२ प्रतिशत र पुरुष ८४ प्रतिशत भएको पाइन्छ । ७ प्रदेशमध्ये सारक्षता घोषणा भएको जिल्ला बागमती, गण्डकी र कोशी हो । जिल्लाको हिसावले साक्षरता भएको जिल्ला ६४ छन् । मकवानपुरमा पनि साक्षरता घोषणा भैसकेको छ । अनिवार्य र निःशुल्क शिक्षा कार्यक्रम ४ वटामध्ये आ.व.२०७९/८० मा कैलाश र बागमती गाउँपालिका थिए । आ.व. २०८०/८१ मा थाहा-नगरपालिका र मकवानपुर गढीगाउँपालिका छन् ।
माध्यमिक शिक्षा परीक्षा ९क्भ्भ्० २०८० मा ग्रेडबृद्धिमा सहभागी विद्यालयहरुमध्ये नं. २५ कोड नं. ३३०२२ को बकैया गाउँपालिकाको वुद्ध माध्यमिक विद्यालय हात्तीसुंढे थियो । छात्र-छात्रा संख्या ४५ थियो । अर्को ३४ नं. ३३०३० कोड नं. महेन्द्र माध्यमिक विद्यालय छतिवनबाट ९१ जना विद्यार्थी सहभागि थिए । ५५ नं. मा ३३०५० कान्ति माध्यमिक विद्यालय ठिंगनबाट २४ छात्र-छात्राहरुले भाग लिएका थिए । अर्को ७२ नं. को ३३०७१ जनक माध्यमिक विद्यालय भिरकोट थियो, त्यहाँबाट भाग लिने विद्यँर्थीहरु २० जना थिए भने क्र.सं. ११९ कोड नं. ३३११६ कालिका माध्यमिक विद्यालय घिंयालबाट १६ जना विद्यँर्थी ले भाग लिएका थिए । १०० नं. कोड ३३०९६ कर्म प्राप्ती माध्यमिक विद्यालय कर्मचुलीलबाट ३२ जना विद्यार्थी सहभागि भए ।
क्र.सं. १२२ कोड नं. ३३११९ प्रभात माध्यमिक विद्यालय छतिवनबाट २५ जना विद्यार्थीले भाग लिएका थिए । क्र.सं. १३७ कोड नं. ३३१३६ को जनजागृती माध्यमिक विद्यालय बकैयाबाट ३२ जना विद्यार्थीले भाग लिएका थिए । त्यस्तै १३६ क्र.सं. कोड नम्वर ३३१३५ को बाघभैरव माध्यमिक विद्यँलयबाट भाग लिने विद्यार्थीहरु १८ जना थिए । संघीय सरकारबाट नमूना विकासको लागि छनोट भएका विद्यालयहरुमा महेन्द्र मावि, बकैया-४ आ.व. २०७४/०७५ मा छनौट भएको थियो । बकैया गाउँपालिकामा शैक्षिक सत्र २०७८ सालमा छात्र ५८३२ र छात्राहरु ५७५० थिए । शिक्षकमध्ये महिला १६९ जना र पुरुष १७५ गरी जम्मा ३४४ थिए । तहगत जिल्लाको स्वीकृत दरवन्दी प्राविमा १२२ जना, निम्नमाविमा १० जनार माविमा ४ जना गरी जम्मा १३६ जना थिए । स्वीकृति दरवन्दी शिक्षकहरुमा १६९ जना पुरुष र १७५ जना महिला गरी जम्मा ३४४ जना थिए ।
प्रदेशअनुसार सिंचित जग्गाको क्षेत्रफल बागमती प्रदेशमा कृषिमा ६,५८,७७६ हेक्टर, ३,२८,२९७.४ हेक्टर कृषि चलन, ३,७८,४१३ हेक्टर। ११३९७३.७ हेक्टर सिंचित जमिनको प्रतिशत ३४.७२ प्रतिशत पाइन्थ्यो । त्यस्तै मकवानपुरमा २,४४,३२३ हेक्टरमध्ये कृषियोग्य जमिनको क्षेत्रफल ३५,७७६ हेक्टर सिंचाई योग्य जमिन २३,५०२ हेक्टर सिंचाइको पूर्वाधार विकास भएको जम्मा क्षेत्रफल १४,४२५.५ मध्ये हाल सिंचित क्षेत्रफल १३,२२३.५ हेक्टर भएको पाइन्छ । राष्ट्रिय जनगणना २०६८ मा ५ वर्षमा सोभन्दा माथिल्लो उमेरका साक्षर भएको ब्यक्तिमा महिला १,१८,१८५ र पुरुष १,४१,१९० गरी जम्मा २,५९,३७५ थिए ।
साक्षरतादर महिला ६०.५९ र पुरुष ७५.४१ जम्मा गरी एभरेजमा ६७.८५ प्रतिशत थियो । २०७८ को राष्ट्रिय जनगणनामा मकवानपुरमा जम्मा परिवार संख्या १,०५,७९२ मा जनसंख्या ४,६६,०७३ मध्ये महिला २,३२,२५७ र पुरुष २,३३,८१६ थियो । परिवारको औसत आकार ४.४१, लैङिगक अनुपात प्रतिसय महिलामा पुरुषको संख्या १००.६७ थियो जनघनत्व १९२ थियो । गाउँपालिकामा परिवार संख्या ७५३८ मध्ये जनसंख्या ३९६२०/२०६८ को थियो, भने २०७८ मा परिवार संख्या ८९१३ जम्मा जनसंख्या ४०९०७ मध्ये महिला २०८४९ र पुरुष २००५८
थियो । परिवार औसत आकार ४.५९ लैङिगक अनुपात ९६.२१ वार्षिक जनसंख्या वृद्धिदर ०.३१ प्रतिशत र जनघनत्व १०४, साक्षरतादर प्रतिशतमा ५ वर्ष वा सोभन्दामाथिको जम्मा ६९.०४ मध्ये महिला ६३.३८ र पुरुष ७४.९२
थियो ।
मकवानपुरमा प्राथामिक सामुदायिक विद्यालयहरु ५१९ थिए । निमावि सामुदायिक विद्यालयहरु १८० थिए । सामुदायिक माविहरु ९२ र उमावि सामुदायिक विद्यालयहरु २९ वटा भएको पाइन्छ । संस्थागततर्फ प्राथमिकमा ७१, निम्न माविमा ४६ र मावि संस्थागततर्फ ३१ र उमावि संस्थागततर्फ ६ भएको पाइन्छ । सामुदायिक र संस्थागत विद्यालयतर्फ अध्ययरत छात्र-छात्राहरु मकवानपुरमा प्राविमा ५७,८६०, निमाविमा ३०,४१९, माविमा १४,१८५ र उमाविमा ५१३५ जना सामुदायिक तर्फ थिए भने संस्थागततर्फ प्राविमामा २२९ जना, निमाविमा २४७२ जना, माविमा ७५८ जना र उमाविमा २२० जना । प्राविमा १-५ कक्षा, निमाविमा ६-८ कक्षा, माविमा ९-१० कक्षा भन्ने बुझिन्छ ।
विद्यँर्थी शिक्षक अनुपातमा बागमती प्रदेशमा प्राविमा १४ जनामा एकजना, संघीय सरकारबाट २० जनालाई एकजना शिक्षक भएको पाइन्छ । निमाविमा २६ जना विद्यार्थीमा एकजना शिक्षक र संघीय सरकारबाट ३२ जनामा एक शिक्षक छन् । १-८ कक्षामा १७ जना विद्यार्थीमा एक शिक्षक र संघीय सरकारबाट २२ जनामा एक शिक्षक माविमा १६ जना विद्यँर्थीमा एकजना शिक्षक दरवन्दी छ । यस्तै उमाविमा २२ जना विद्यँर्थीमा १ जना शिक्षक र नेपालभर २७ जनामा एक शिक्षक देखिन्छ । ९-१० कक्षामा १७ जना विद्यार्थीमा १ जना शिक्षक र नेपालमा २४ जनामा एक शिक्षक भएको पाइन्छ ।
नेपालको साक्षरता दर ६५.९४ थियो भने प्रदेशको साक्षररता दर ७४.८५ थियो । यसरी हेर्दा नेपालको साक्षरताभन्दा प्रदेशको साक्षरता दर ८.९१ बढी थियो । नेपालमा भएका सामुदायिक प्राविहरुमध्ये यस प्रदेशमा १८.१ प्रतिशत अर्थात् हिस्सा ओगेटेको छ । पुरुष र महिलाको साक्षरता दर बागमती प्रदेशमा पुरुषभन्दा महिला साक्षरता दर १५.७८ प्रतिशत कम छ । बागमतीमा शहरी जनसंख्या ६२.९५ प्रतिशत छ भने गाउँपालिकाहरुमा ३७.०७ प्रतिशतको बसोबास छ ।
बकैया गाउँपालिकामा भएका विद्यालयहरुमा सरस्वती प्रा.वि. बकैया-२, नमोबुद्ध प्रा.वि.,श्री उत्तम भावना प्रा.वि., श्री शान्ति आधारभूत विद्यालय बकैया ९ हिलेखोला, गोठडाँडा प्रा.वि. बकैया-८, श्री कान्ति मावि र प्रभात मा.वि. तीनकन्या आधारभूत विद्यालय, सगरमाथामा प्रा.वि. बकैया-६ मोरङ धाप, कालीदेवी मा.वि. बकैया-९, बकैया ठाकुर आ.वि. बकैया-८, बाघभैरव मा.वि. बकैया-९ ज्ञानज्योति प्रा.वि. बकैया-३, श्री महेन्द्र मा.वि., बलहित प्रा.वि. बकैया-३, ज्ञानप्रँप्त प्रा.वि. बकैया- ७ मामदरवार, शंखेश्वरी प्रा.वि.बकैया-६, जनस्थापनारत्न आधारभूत विद्यँलय बकैया-६, झोलखानी ऋषेश्वर प्रा.वि. तीनथुम्की बकैया-२ प्रा.वि. कोलखोप बकैया-१२, श्री सरस्वती आ.वि., जनज्योति प्रा.वि., श्री बाल विकास आधारभूत विद्यालय, श्री सरस्वती, श्री किसान जागरण, सिद्वार्थ प्रा.वि. बकैया-५, श्री कंकाली प्रावि बकैया- १०, अम्वासवेसी, श्री जनभावना आधारभूत विद्यालय बकैया-९ च्युरीबास, श्री कर्मप्राप्ती मा.वि. श्री श्रृजना प्रा.वि बकैया-४, गोठडाँडा प्रा.वि बकैया-८, श्री जनजागृति मा.वि. बकैया-८, श्री बुद्ध मा.वि बकैया-३, श्री प्रशिद्व मा.वि, श्री शंकर आ.वि. बकैया-१०, श्री कालिका मा.वि बकैया-२ मा छ ।
श्रोत :
शिक्षा विकास तथा समन्वय इकाई हेटौडा बार्षिक स्थिति प्रतिवेदन २०८०/८१
ँशिक्षा विकास तथा समन्वय इकाई मकवानपुर २०७९
ँप्रदेश नीति तथा योजना आयोग बागमती प्रदेश, प्रदेशको वस्तुस्थिति विवरण २०७५
ँशिक्षा विकास तथा समन्वय इकाई मकवानपुर वार्षिक प्रगति प्रतिवेदन २०७९ ।