मानवको भविष्य निर्माणमा महिलाको भूमिका सर्वोपरि छ । मानव मात्रको जननीको हातमा भविष्यको बागडोर छ । उनले नै जीवनको रक्षा गरेको हुन्छ । पालनपोषण् पनि संगै गरेको हुन्छ । बालकलाई कस्तो अवस्थामा पुर्याउने महिलाको हातमा नै छ । महिलाले बालकलाई राम्रो नराम्रो दुबै बनाउन सक्दछिन् । काँचोमाटोबाट काली गढले आवश्यकताअनुसार सामान बनाउन सक्दछ । एकपटक सामान बनाइ सकेपछि त्यसलाई फुटाएर अर्के सामान बनाउन सकिदैन ।
त्यसकारण नारी पनि जननी हुन् । नारीको हातमा जीवन छ । आमाले बच्चा- पनमा दिएको शिक्षा तथा संस्कार बालकले जीवनभर सम्झी रहन्छ । त्यसकारण बालकको पहिलो गुरू भनेको नै आमा हो । बालकको पहिलो विद्यालय आफ्नै घर हो । बालकमा आमाको छाप रहने भएको हुनाले उ कस्तो परिवारवाट आएको थाहा पाउन सकिन्छ । शिवाजीको वीरतामा जीजा वाइको उपदेशको ठूलो प्रभाव परेको हुन्छ । गान्धीजीको जीवनमा उनका माताले दिएको प्रभाव परेको देखिन्छ । देशको अवस्था बुझ्न परेमा त्यहाँको समाज तथा नारीको अवस्थामा बुझ्दा सहज हुन्छ । नारी जस्ता हुन्छन् समाजको अवस्था पनि त्यस्तै हुन्छ ।
नारी नै समाजको धुरी तथा संस्कृतिको संरक्षक हुन् । नारीले जब आफ्नो कर्तव्य बिर्सिन्छन्, तब समाज बिग्रेर जान्छर पुरै विश्व धरापमा पर्न सक्दछ । नारीको विद्वता, वीरता, चरित्र समाजको प्रकाश स्तम्भ बनेर सत्मार्ग देखाउने गर्दछ । महारानी लक्ष्मीवाइले दृढतापूर्वक अंग्रेजको सामना गर्नाले तब सारा भारतमा स्वतन्त्रताको लागि छुट्टै माहोल बन्यो । यदि मानवको सुन्दर भविष्यको कल्पना गर्दछौ । तब नारीले आफ्नो नैतिकस्तर उचो राख्नु पर्दछ । मातृ शक्तिमा पुनःनवजागृति तथा नवचेतना जगाउनु पर्दछ । यदि नारी होशियार भइनन् भने विश्व अज्ञानताको निद्रामा पर्दछ । यसैगरी नवजात शिशु मातासंग सुुत्छ, जब आमा सजग हुन्छिन्, तब विश्वमा परिवर्तन हुन सक्दछ ।
मातृशतिmको महिमा ः
मातालाई पुनः बिउँझाउनका लागि परत्मामा शिवलाई पुनः यस धरातलमा अवश्य पनि आउनु पर्दछ । माता गुरू बिना यस संसारको कल्याण हुन सक्दैन । यस कारण यस संसारको गति सद्गतिका लागि आधार भनेको माता नै हुन । परमात्मा यिनै माताको कन्याद्वारा स्वर्गको ढोका खुल्न सक्दछ । सन्यासीहरू नारीलाई नर्कको ढोकाको रूपमा लिने गर्दछन् । त्यसकारण उनीहरू घरवार छोडेर मोक्ष प्राप्तिका लागि जंगलमा जाने गर्दछन् । यहि कारण होकी जगतगुरूले संसारको उद्वार गर्न सकेका छैनन् ।
संसारका हरेक महान कार्यका लागि नारीको ठूलो हात हुन्छ । किनकी महिलामा श्रृजनात्मक शतिm, इच्छा शतिm हुने भएको हुनाले परिवर्तन गर्नमा महान् शतिm रहेको हुन्छ । नारीहरू दृढ संकल्पका साथ अगाडि बढ्दछन् । संसारका कुनेै पनि शतिmले उनीहरूलाई रोक्न सक्दैन । परमात्माले ज्ञानको कलश माता तथा कन्याहरूको शिरमा राखि दिएको हुन्छ । माता तथा कन्याहरूवाट नै विश्वको कल्याण हुन्छ । त्यसकारण शिवका साथ शतिmको महिमा गाइएको छ । नयाँ सत्ययुगको स्थापनामा परमात्माको परम् सहयोगी बनेको छ । परमात्माबाट प्रदान गरिएको ईश्वरीय ज्ञान र सहज राजयोगको बलबाट आफ्नो विभिन्न दिव्य शतिmवाट पूणर् गराएको हुन्छ । पूणर् गरी दिएको हुनाले मानवको मन्मा आशुरी प्रवृति हटाई दिएको हुन्छ ।
मनुष्यको जीवनलाई आमाले देवतासरह बनाउँदछिन् । विजया दशमीको अवसरमा रामले रावणमाथि विजय पाउनका लागि ८ दिनसम्म शतिmको अराधना गरेका थिए । कन्याहरू पनि मानवताको ज्ञान अमृतको पान गरेर जगत माताको एक हिस्सा वन्ने गर्दछन् । जगदम्वा ब्रहम्चारीणी भएर पनि जगत माताको नामबाट परिचित
छिन् । जगदम्बाले मानवको आत्माको होइन, कि मानवताको निर्माण तथा पालनपोषण गरेको छ । आमाको बारेमा भनिएको छ कि वास्तवमा नारी शतिm एक महान शतिm हो ।
त्यसैले नारी उत्थानका लागि स्वयं परमात्मा पनि यस धरातलमा आउनु परेको थियो । किनकी नारीमा नवचेतना, जागृति भर्नु राम्रो कार्य हो । परमात्मा प्रजापिता ब्रम्हाको साधारण आत्माद्वारा कलियुगको अन्तिममा नारी जातिको उत्थान हुन्छ । भारतवर्षको भूमि पनि उत्थान हुन्छ । देवी देवता धर्मको शुरूवात् हुन्छ । यि ३ कार्य नवविश्वको आधार स्तम्भ हो । देवी देवता धर्मको पुनरूत्थान भएको हुन्छ ।
मानव मानवबीचको सम्बन्ध ः
परम्पिता परमात्मा सम्बन्ध सुधार्नमा यसो भन्नुहुन्छ न त कसैलाई दुःख दिनुछ न त कसैवाट दुःख पाउनु नै छ, यसलाई हामी कर्म विधानको मूल नीतिको रूपमा लिन सकिन्छ । यस्तो नीति लिएमा कसैबाट पनि विरोधको सामना गर्नु पर्दैन । यसमा यस्तो कठिनाई पनि छ यो कुरा मानवले वुझ्न चाहँदैनन् । जीवनलाई साकार बनाउनु पर्नेछ । काम, क्रोध, लोभ, मोह र बिकारवाट नै दुःखको उत्पति हुन्छ । जब जीवनलाई निर्वीकारी बनाउनका लागि कुरा अगाडि आउँदछ, केही मानिसहरू विकार निकाल्न चाहँदैनन् ।
उनीहरू भन्ने गर्दछन् कि विकार स्वभाविक नै हो । बिकार बिना कुनै पनि काम चल्दैन । भनिन्छ कि संसारमा भ्रष्टाचार फैलिएको छ । नैतिक मूल्य कमजोर बन्दै गएको छ । न्यायमा सच्चाई छैन । चरित्रमा दाग लागेको छ । अझ बढी जोड दिएर भन्ने गर्दछन् कि विकार बिना संसार पनि चल्न सक्दैन । संसार पनि ठीक तरिकाले चलेको छैन । संसार लंगडो भएको छ । थोरै मात्रामा संसार चलेको छ । जस्को कारणले गर्दा तनाव तथा अशान्ति देखा परेको छ । केही व्यतिmहरू भन्ने गर्दछन् कि विकारमाथि विजय पाउन कठिन छ । जीवन आशावादी भएमा त राम्रो हुन्छ । त्यो आशावादी खुवी हामीमा छैन ।
जसलाई हामी जित्न सक्दैनौ । सृष्टि त वास्तवमा सम्बन्ध बिना चल्न सक्दैन । यो कुरा उनीहरूले गल्तिपूर्वक भनेका छन् । विकार बिना सृष्टि चल्न सक्दैन । गहिरिएर सोच्ने हो भने विकारले सम्बन्ध बिर्गानमा मद्दत गर्दछ । विकार बिना पनि संसार चल्न सक्दछ । वकालत, कचहरिया, जेलखाना, पागलखाना, आदिको कार्य चल्न सक्दैन । आज संसारमा गोला बारूदको कारखाना, बनावट, मिलावटको धन्दा, लुटपाट आदि देखा पर्र्र्दै गएको छ । उनीहरू चल्न सक्दैनन् । सम्बन्धमा पवित्रता तथा सुधार ल्याउनासाथ संसारको दुःख हराएर जानेछ र कलह झगडा पनि शान्त भएर जान्छ ।
सम्बन्धमा पवित्रता तथा सुधार ल्याउना—साथ संसारको कार्य बन्द हुँदैन । तर, नरकको ढोका बन्द भएर जान्छ । ज्ञान सम्बन्ध तोड्नलाई यस्तो भनिएको होइन । शास्त्रको वारेमा सम्झाइएको मात्र हो । सम्बन्धबाट सद्गुण भरिएर आउँदछ । जसको कारणबाट स्वार्थी भावना भाग्दछ । स्नेहको भावना जागृत भएर आउँदछ । जुन मानिसहरू विकारमाथि विजय प्राप्त गर्न शतिmको अभाव छ भन्दछन् । उनीहरूले यो थाहा पाउन जरूरी छ कि यो सम्वन्ध जोड्नाले धेरै शतिm प्राप्त हुन्छ ।
त्यस्तो सम्बन्ध सर्वशतिmवान परमात्मासंग हुन्छ । परमात्मासंग सम्बन्ध जोड्नाले संसारसंग सम्बन्ध जोड्न सकिन्छ । जीवनमा शान्ति, आनन्दको रस भरिन्छ । पवित्रता, सुख, शान्तिको जन्मशिद्व अधिकार परम्पिता परमात्मासंग जोड्नाले नै मिल्दछ । त्यस कारणमा मावनले परमात्मासंग सम्बन्ध बढाउन सादा जिवन उच्च बिचार राखेर हरेक कामहरु गर्नुपर्दछ ।