चार्वाक दर्शनअनुसार भगवान, परलोक, स्वर्ग, नरक तथा आत्माको कुनै अस्तित्व छैन । यस दर्शनले भौतिकवादलाई आत्मसात गर्दछ । यो साकार लोक जीवहरूको क्रिडास्थल मात्र हो । परलोकको कुनै अस्तित्व नै छैन । कुनै प्रमाण पनि पाउन सकिएको छैन । जबसम्म ऊ जीवित रहन्छ तबसम्म शरीर पनि रहन्छ । शरीर भैजाल कुनै चिन्ता लिन हु“दैन । यस दर्शनमा कुनै चतुष्टय धर्मको अस्तित्व छैन । जबसम्म हामी जिवित रहन्छौ, तबसम्मको लागि सुखको चाहना हामीमा हुनु पर्दछ । पाप पुण्यको कुनै वास्ता गर्नु हुंदैन । यस संसारमा केवल ४ तत्व मात्र छन्, पृथ्वी, जल, अग्नि, वायु । यि ४ तत्वको सहयोगबाट जीवको उत्पत्ति हुन्छ ।
जब यि चार तत्वको सहयोग हँुदैन, तब जीवको नोक्सान हुन थाल्दछ, जब मनुष्यको मृत्यु हुन्छ । तब उसलाई देख्न सकिंदैन । मरेपछि सबै कुरा नष्ट हुन्छ । यस दर्शनमा अनुमान, कल्पनाको पक्षलाई मान्यता दिइएको पाइंदैन । चार्वाकको पुरानो नाम लोकायत हो । यि दर्शनवादीहरू कल्पनामा आधारित हँुदैनन् । त्यसै-कारणले गर्दा मानिसहरु भन्छन् कि लोकायतिक । यसलाई वैतण्डिक पनि भनिन्छ । आफ्नो दर्शनलाई साक्षात्कार गर्नका लागि दर्शनको टिकाटिप्पणी पनि गर्दछन् । बृहस्पतिको चेला चार्वाकद्वारा प्रचारित गरेको हुनाले दर्शनको नाम पनि चार्वाक हो । खानु, पिउनु, मोज गर्नु भनेको हुनाले उनलाई चार्वाक संज्ञा पनि भनिन्छ ।
गुणरत्नले भन्ने पनि गरेका छन् कि पुण्य, पापलाई पनि हटाउन सकिन्छ । असाध्यै छिटो राम्रो भाषण गर्ने भएको हुनाले पनि नाम चलेको हो । यसको अर्को नाम बार्हस्पत्य दर्शन पनि भनिन्छ । भारतीय दर्शनमा यसको नाम सर्वोपरि छ । चार्वाकको लक्ष्य पैसा कमाउनु र मोज-मस्तिमा सक्नु हो । यिनको मतलाई धूर्त, भाण्ड, निशाचारले पनि समर्थन गरेका थिए । यस ग्रन्थको मूल पुस्तक बार्हस्पत्य सुत्र नै हो । तर, यो पुस्तक अहिले उपलब्ध हुन सकेको छैन ।
चार्वाक दर्शनअनुसार ऋणं कृत्वा घितं पिवेत यावत् जिवेत भस्मि भूत देहस्य पुनरागमन कुतः
लेखकको आफ्नो तर्कअनुसार ऋण गरेर भए पनि दुध र भात खाउ । पछिका सन्ततिलाई बचाएर राख्ने काम नगर । किनभने बाचुञ्जेल सुख सयलका साथ बाच्नु पर्दछ । यूरोपियन मुलुकहरूमा छोराछोरीका लागि भनेर सम्पति बचाएर राख्ने काम गर्दैनन् । त्यस्तो संस्कारको विकास भएको छ कि छोराछोरी पनि निश्चित उमेर पार गरे पछि बाबु/आमासंग बस्दैनन् । उनीहरू आफ्नो जिवन अलगरूपले बिताउन चाहन्छन् । आमा बावुसंग बस्यो भने नालायकको रूपमा समाजले हेर्दछ । तर, नेपालमा भने बावु/आमाले छोरा नातीसमेतलाई पुग्ने गरि सम्पति कमाएर राख्ने गर्दछन् । त्यही सम्पत्तिका कारण छोराले बावु, आमा, हजुरआमालाई मार्ने गरेको समाचार सुन्न पाइन्छ ।
सम्पति संकलन गर्ने भएको हुनाले नेपालमा भ्रष्टाचार मौलाउंदै गएको पाइन्छ । नेपालमा भ्रष्टाचार बढ्नुमा विशेष गरि श्रीमतीको कारणले गर्दा नै भएको हो । घरपरिवारले साधारणरूपले जीवन बिताउने हो भने भ्रष्टाचार मौलाउने थिएन । उदाहरणका लागि तीज पर्वलाई लिन सकिन्छ, पहिला एकदिन मात्र उतm पर्व मनाउने गर्दथे भने अहिले एक महिनाअघिदेखि नै पार्टी प्यालेसमा पार्टी हुन थालेका छन् । एकदिन लगाएको सारी अर्को दिन लगाउन चाहँदैनन् । नयां सारी किन्ने पैसा श्रीमानले कहाँबाट ल्याउने ? श्रीमतीको लुगा, कपडा, गरगहनाको लागि बाध्य भै कानून विपरित काम गर्न बाध्य छन् पुरुषहरु श्रीमतीकै लागि हात लामो बनाउनु पर्ने हुन्छ । हात लामो नबनाउने हो भने घरझगडा बढ्न जान्छ ।
आवश्यकता पूरा नगर्ने हो भने बेलुका घर कृष्णपक्षको रात जस्तो हुन जान्छ । सबै नारीहरूप्रति मैले आक्षेप लगाउन खोजेको होइन । यो त एउटा उदाहरण मात्र हो । नियम कानून ठिक नै छन् । तर, हात लामो पार्दा काला कोठ-रीमा गईन्छ भन्ने पनि थाहा नै छ, तर, वास्ता गर्दैनन् । यसोभन्दा श्रीमतीहरूबाट नकारात्मक सोच पर्न जान सक्नेछ । तथ्य साँचो नै हुन्छ । नेपाल देश गरिव राष्ट्र हो । तर, यहाँका नेताहरुको जीवनशैली युरोपियन मुलुकको भन्दा कम छ्रैन । चिनिया प्रोफेसरको विचारअनुसार नेपाल देश सुनको कचौरा हो । तर, त्यही सुनको कचौरामा भिख मागेर खाईरहेका छन् । अध्यात्मवादले गर्दा नै बढी सम्पत्ति जोड्नेतर्फ नेपालीहरु लागेका छन् । नेताहरु यथा स्थानमामा नबसेको हुनाले नै भ्रष्टाचार बढ्न गएको हो । सांख्य दर्शन निकै पुरानो दर्शन हो । श्रुति, स्मृति, पुुराण आदिमा यस दर्शनको आभाष रहेको पाइन्छ । शंकरार्चयले पनि आफ्नो भाष्यमा भनेका छन् कि मनुले यस दर्शनलाई आत्मसात गरेको देखिन्छ ।
सांख्य दर्शनको उद्गम कसरी ः
यस दर्शनको उत्पत्ति सम्बन्धमा यसै हो भन्न कठिन छ । यसको विकासमा विभिन्न चरण पार गर्नुपर्ने हुन्छ । चिनिया श्रोतअनुसार यस दर्शनमा १८ सम्प्रदाय थियो । सांख्य दर्शनको प्रवर्तक महर्षि कपिल थिए । उनी उपनिषद्कालिन ऋषि थिए । कठ, छान्दोग्य, श्वेताश्वर, मैत्रेय, उपनिषद्, महाभारत, गीता आदिमा सांख्य दर्शनको झझल्को पाइन्छ । श्रुति, स्मृति, पुराणमा पनि सांख्य दर्शनको अंश भेटिएको छ । कुनै समयमा यस दर्शनको प्रभाव निकै थियो । वर्तमान समयका मानिसहरू सांख्य दर्शनको बारेमा विभिन्न अड्कल काट्दछन्, स्वतन्त्ररूपबाट यसको विकास भएको हो । उपनिषद्को समयमा यसको चरम् विकास भएको तर्क दिएका छन् ।
सांख्य दर्शनको अर्थ ः
सांख्यको अर्थको सम्बन्धमा पनि विभिन्न मतहरू छन् । साख्यको नामाकरण यस अर्थमा लिइएको हो कि यसमा २५ तत्वहरू रहेको वणर्न गरिएको छ । भागवत्मा यस दर्शनलाई तत्व सांख्यान भनिएको हो । यसको टीकाकार श्रीधर स्वामी हो । श्रीधर स्वामीले यसलाई तत्वगणक भनेका छन् । यि सबैको अध्ययन गर्ने भनेको धर्मशास्त्र नै हो । सांख्यको अर्थको विषयमा आफ्नो अलग मत राख्ने विद्वानहरूको विचारअनुसार ज्ञानको सम्यक दर्शन भएको हुनाले सांख्य भनिएको हो । सांख्य शव्दको अर्थ सम्यक विचार नै हो ।
वेदान्त दर्शन ः
भारतीय दर्शनमा वेदान्त दर्शनको विकास चरम अवस्थामा पुगेको थियो । यस दर्शनलाई उत्तरमिमांसा पनि भनिन्छ । यसलाई वेदको अन्त्यको रूपमा लिन सकिन्छ । वेदको अन्तिम भागमा कर्मकाण्डको अतिरितm ज्ञानको महत्वलाई बढी प्राथमिकता दिइएको देखिन्छ । बेदबाट उपनिषद्को बोध हुने गर्दछ । उपनिषद्को संख्या निकै कम छ । प्रत्येक उपनिषद्को अलग अलग विचारहरू छन् । उनको सिद्वान्तको बिरोध पनि हुने गरेको थियो । वादरायण व्यासले नै यसको निर्माण गरेका हुन् । उनले केही सुत्रको निर्माण पनि गरे, जसलाई ब्रम्हशुत्र पनि भनिन्छ । ब्रम्हशुत्र पाणिनीभन्दा पनि प्राचिन हुन् । पाणिनीले आफ्नो सुत्रमा पारासर्य ःशिलालिभ्यां भिक्षु नट्सुत्रयो पारासर्यामा जुन विचार दिइएको छ त्यसलाई ब्रम्हसुत्र भनिन्छ । भाष्यबिना अर्थ लगाउन कठिन छ । भाष्यकारहरूले आफ्ना आफ्ना विचारहरू यसै सुत्रलाई आधार मानेर निकालेका छन् ।
वेदान्त सुत्रको व्याख्या विभिन्न विद्वानहरूले आफ्नै किसिमले गरेका छन् । यस्ता विद्वानहरूको विचारलाई २ भागमा बाढेर अध्ययन गर्न सकिन्छ । अद्वैतवाद वा ईश्वरवाद । ईश्वरवादमा ईश्वरलाई निर्गुणको रूपमा मानिएको छ । इश्वरवादमा भगवानलाई गुणले सम्पन्नको रूपमा लिइएको छ । वेदान्त शुत्रमा विभिन्न मतको व्याख्या गरिएको छ । यसमा ११ भाष्यहरू छन् । सुत्रहरूमा पनि विभेद छ, ११ भाष्यहरूलाई विद्वानहरूले प्रस्तुत गर्ने काम गरेका छन् ।
वेदान्त दर्शन ः
यसलाई त्वंअसी पनि भनिन्छ । जिवात्मा तथा परमात्मा एकै हुन् । नित्य, असिम, अपरिवर्तन शील ब्रम्ह अविभाज्य हुनुहुन्छ । जिवात्मा ब्रम्हको एक भाग हो । उसबाट कुनै पनि वस्तु निक्लन सक्दैन, ऊ ब्रम्हबाट अभिन्न हो । मायाको कारणबाट विभिन्न वस्तुहरू देखा पर्दछन् । घटनाहरू पनि देखा पर्दछन् । यसलाई केवल उपनिषदको एक अंग मानिन्छ । परा र अपरा गरी २ किसिमका विद्यालयको उल्लेख छ । ईश्वर विशाल हुनु हुन्छ । अज्ञानताबाट नै मायाको उत्पति हुन्छ । यसको रचना ब्रम्हाबाट भएको हो ।
उसैमा गएर लिन हुनु पर्दछ, ब्रम्हा सत्य हुनुहुन्छ । संसार झुटो हो । मानिसहरू सबै कुरालाई सत्य मानेर बस्नु भएको छ । अध्यारोमा भएको डोरीलाई मानिसहरू भ्रम वश सर्प ठान्दछन् । यस्तो भानलाई शंकराचार्य अध्यासवाद् भन्दछन् । जगतका लागि मायारूपी मायाको आवश्यकता पर्दछ । माया ब्रम्हाको शतिm हो । मायाबिना ब्रम्हा सृष्टिको रचना गर्न सक्दैनन् । ब्रम्हाले यसलाई अविद्याको संज्ञा दिएका छन् । ब्रम्हज्ञानीमा मायाको ज्ञान हुन सक्दैन ।
ः समाप्त ः