Homeबिचारपर्वतारोहणमा ‘नार’ र ‘फु’

पर्वतारोहणमा ‘नार’ र ‘फु’

राजुराम राउत
नेपाल हिमालै हिमालले ढाकिएको एक प्राचीन देश हो । यहाँ विश्वकै १० उच्च हिमालहरुसहित विश्वकै सर्वोच्च शिखर सगरमाथासमेत रहेको र प्राचीन सांस्कृतिक विविधता, अद्वितीय प्राकृतिक सुन्दरता र विश्वका उच्चतम हिमालहरूको देश हो । यहाँको हिमाली क्षेत्र, पर्यटकलाई मनमोहक सौन्दर्य प्रदान गर्नुका साथै साहसिक गतिविधिहरूका लागि पनि एक प्रमुख गन्तव्यका रूपमा परिचित छ ।

हिमाली क्षेत्रको बीचमा ‘नार’ र ‘फ’ एक प्रशिद्ध भ्रमणको गन्तव्य हो, जसले अद्भुत प्राकृतिक सौन्दर्यता र समृद्ध संस्कृति प्रस्तुत गर्दछ । तिनताका पर्यटनको क्षेत्रमा यसलाई ‘डेथ भ्यालि’, “भर्जिन भ्यालि“ समेत भनेर चिनिने रहेछ । नार र फु नाम चाहिँ स्थानीय भाषामा रहेछ । नार र फु भ्याली, मनास्लु हिमालको खोचमा पर्ने एक दुर्गम गाउँ हो, जुन मनाङ जिल्लामा छ ।

यो क्षेत्र विशेषरूपमा तिब्बती संस्कृतिका लागि प्रशिद्ध छ । नार र फु हिमालय क्षेत्रमा उपचारका लागि थुप्रै मानिसका लागि महत्वपूणर् गन्तव्य हो । यो स्थान नेपालको उत्तर पश्चिम भागमा पर्छ, जहाँ विशेष भौगोलिक र सांस्कृतिक महँव छ । नार र फु भ्रमणका लागि विशेष कुरा भनेको यहाँको सांस्कृतिक धरोहर, तिब्बती जीवनशैली र प्राचीन धर्मस्थलहरू हुन् ।

चिनको स्वसासित प्रान्त तिब्बत र नेपालको सिमा क्षेत्रमा रहेको यो स्थलका स्थानीयबासी बहुसंख्यक तिब्बती प्रभावमा छन् । तिनीहरुको प्राचीन धर्म, रीतिरिवाज र कला, संस्कृति नजिकबाट बुझ्न र आवश्यक बिकासका अबधारणा अध्ययनको निमित्त २०६३ सालको दशै र तिहारको छुट्टिमा त्यसतर्फ हानियौं ।

नार र फु भ्रमणमा जाने तयारी गर्दा केही महत्वपूणर् पक्षहरूको बारेमा अबगत तथा तयारीका लागि नेपाल पर्यटन ब्यबसायी थामसेर्पुमा दुई दिने तालिममा सहभागी भईयो । तालिमका क्रममा नार र फु क्षेत्रको भ्रमण गर्ने उत्तम समय बसन्त र शरदको मौसम रहेको र विशेष गरी मार्चदेखि मे र सेप्टेम्बरदेखि नोभेम्बरसम्ममा मौसम सुहाउने र दृष्य स्पष्ट हुने जानकारी पाईयो ।

सामग्री र उपकरणका हकमा भने साहसिक गतिविधिहरूमा लाग्न चाहनेले उचित न्यानो र हिंउले धान्ने कपडा, ट्रेकिङ बुट, सनक्रिम, जाडोको मोस्चराईजर, आँखाका उचित औषधी, प्रसस्त लहसुन र आवश्यक खाद्य सामग्रीनै मुख्य रहेछन् । यसैगरी ट्रेकिङ र चढाइको लागि राम्रो शारीरिक तयारी आवश्यक छ ।

नियमित एक्सरसाइज र ट्रेकिङका लागि आधा महिना अगाडि तयारी गर्नु उपयुक्त हुने रहेछ । अनुमति र लाइसेन्सको हकमा भने ट्रेकिङ एजेन्सीले गर्ने भएता पनि नार र फु जाने यात्रुहरूले ट्रेकिङ स्वीकृति (त्क्ष्ःक्) र अनुकुल क्युविर सम्बन्धित अनुमति (ब्ऋब्ए) प्राप्त गर्नुपर्छ ।

यहाँ भ्रमणको अनुभुति र यात्राको बृतान्त सुनाउने क्रममा काठमाडौबाट सुरु गरिएको यात्रा, मुग्लिन-डुम्रे-सुन्दर बजार, बेसिशहर, चम्जि, धारापानी, क्याङ सानो भ्यालि छेड्दै करिब ४०५० मिटर अग्लाईमा रहेको फु भ्यालि जहाँ चिटिक्कको करिब ६०/६५ घरका बृद्धाबस्थाका चिम्सा आँखासहितका पाकाहरुको बस्तिमा उवाको रक्सि र याकको सुकुटीको स्वाद बयान गरी साध्य छैन ।

ननै, फुलाई पछाडि पार्दै करिब करिब नब्बे डिग्रिको भित्तोमा प्वाल खोप्दै पार गर्दै रोमाञ्चक र जोखिमलाई अंगाल्दै ५२२० मिटर उचाईको तसिलाखाङ मोना-स्ट्रिबाट ठाडो ओरालो करिब ६ घण्टाको अनवरत ओर्लाईपछि ३४९० मिटरको उचाईमा बिराजमान ४०/५० झुप्रासहितका नार गाउँमा लहसुनको सुप पिउंदै बिताएका रातका रोमाञ्चकता बयान गर्न चाहें ।

आफूसंग बोकेको स्याटलाईट फोनको महंगाईबाट त्रसित हामी मनाङको चामे बजारबाट सस्तो फोनबाट यात्राका क्रममा संगालेका अनुभुतिहरु प्रियसिसंग सुनाउंदाको खुसी र भ्रमण गर्ने तीन जवानलाई २२ जना भरियाको लर्को र एकजना पथ प्रदर्शकलेपछि लगाउंदाको अनुभुति पनि बयान गर्न खोजिन् ।

मात्र नार गाउँमा प्रवेश गरेपछि यहाँको सांस्कृतिक महत्व र तिब्बती जीवन-शैली अनुभव, यहाँका स्थानीय बासिन्दा, तिब्बती र नेपाली संस्कृतिका प्रभाव अनि नार गाउँमा रहेका थुप्रै बौद्ध गुम्बा र तामाङका घरहरूको स्थायी सम्पदानै हाम्रा सम्पति हुन भन्न चाहें । हिउँले ढाकिएको चौरमा बसेर स्थानीय- बासीसँग गरेका कुरा, तिनीहरुका परम्परा र संस्कृतिका बारेमा जानकारी लियौं ।

यहाँको जीवनशैली सरल र पारम्परिक छ, जसमा कृषि र पशुपालन मुख्य व्यवसाय रहेको पायौं । त्यसैगरी फु गाउँ, नार गाउँको उत्तरमा रहेको अर्को छुटाउनै नहुने गन्तव्य हो । यहाँका स्थानीयबासी जहाँ बस्छन्, त्यस भेग र तिनका धरोहर अनि संस्कृतिको संरक्षणमा विशेष ध्यान दिन्छन् । फु गाउँको प्राकृतिक सुन्दरता र शान्त वातावरणले भ्रमणकर्ताहरूको मन मोहित गर्छ ।

बिहानिपखको खलियानमा चुट्दै गरेका उवा र त्यसबाट निस्किएका संगितमय ध्वनी ‘छपक्क छैं, छपक्क छैं’, लाग्छ चिसो हिउँका न्यानो अंगालोमा बांधिई रहुँ । फु गाउँमा हामी बौद्ध गुम्बा र प्राचीन मन्दिरहरूको भ्रमण गर्न सक्छौं । यहाँका बौद्ध प्रार्थना, झण्डा र मन्दिरहरूको सुन्दरता हृदयदेखिनै ध्यानाकर्षण गराउने खालको हुन्छ ।

अन्नपुणर् संरक्षण केन्द्रको प्राबिधिक सहयोग आमा समूूहको प्रत्यक्ष सहभागितामा घरैपिच्छेको होमस्टे यहाँको थप आकर्षक रहेछ । हिउँ पर्ने मौसममा हिंडन नसक्ने पाकाहरुलाई र याक चौरी हेर्ने एकजना बलियो हेरालुलाई घरमा छोडि बेसी मनाङ, चामे, बेसिशहर वा अन्यत्र आंशिक बसाई सर्ने नियतिनै रहेछ । हिउँ तताएर पानी बनाउंदै पिउनु र बचेको पानी अन्यमा प्रयोग गर्नु थप सूचनामुलक नै रहेछ ।

साहसीहरूका लागि नार र फु क्षेत्रमा प्रशस्त अवसरहरू छन् । यहाँ ट्रेकिङ, पर्वतारोहण र चढाइका लागि विभिन्न मार्गहरू उपलब्ध छन् । साहसिक ट्रेकर्सका लागि नार र फुको ट्रेकिङले मृत्युपछिको जीवन महशुस गराउंदछ । जिवनलाई साहसिक प्रेमीको रुपमा बिताउन चाहनेहरूका लागि अनन्य अनुभव प्रदान गर्दछ ।

यो मार्गमा बरफले ढाकिएका चिप्ला हिमाल, हरियाली जंगल र ठुला चट्टानहरूको अद्भुत दृष्य पाइन्छ । त्यसैगरी पर्वतारोहीका लागि मनास्लु हिमालको गल्छिबाट चढाइ गर्दा यहाँका अद्भुत दृष्य र साहसिकताको गतिलो अनुभुति गर्न पाउंछन् । मनास्लु पर्वत चढ्नका लागि शारीरिक र मानसिक अनुकूलता भने अतिनै आवश्यक छ ।

अर्कोतर्फ संस्कृति प्रेमीका लागि नार र फुको भ्रमण गर्दा यहाँका स्थानीय रीतिरिवाज र तिब्बती संस्कृतिसमेत अनुभव गर्न सकिन्छ । तिब्बती चाडपर्व र धार्मिक समारोह हरूमा भाग लिनु पनि एक अद्भुत अनुभव हो । यस क्षेत्रका स्थानीयबासीको जीवनमा धर्म र परम्परा विशेष महत्व राख्दछ । यहाँका बौद्ध गुम्बा र पुजा-स्थलहरूमा धार्मिक चाडपर्व र उत्सवहरू मनाइन्छन् ।

तिब्बती चाडपर्व जस्तै ल्होत्सन, त्योसोग र च्यंग ल्हामको विशेष महत्व छ भने नेपाली चाडपर्वको खासै सरोकारका साथ मनाउंदैनन् । स्थानीय बासिन्दाको जीवनशैली, परम्परागत पोशाक र सुख्खा ढुंगाबाट बन्ने कला पनि यहाँका पहिचान हुन् । यी दुबै क्षेत्रमा हिमाली जडिबुटी र घरेलु औषधीको प्रयोग प्रचुर पाईयो ।
पानीको समस्याका कारण र चिसोले गर्दा नुहाउने र कपडा धुने भनेको बिरलै रहेछ । पाहुनालाई भने नुहाउनका लागि केही रकममा तातो पानीको ब्यवस्था गरिदिने ब्यबस्था रहेछ । फर्कने मार्ग भने थोरङपास हुँदै मुक्तिनाथ, जोमसोम, मार्फा, कागबेनी, कालोपानी हुंदै पोखरामा टुगियो । केही भरिया र असक्तहरुलाई पुरानै सजिलो मार्गबाट फर्काईयो ।

आंशिक अन्नपुणर् संरक्षित क्षेत्रभित्र रहेको यस क्षेत्रको भ्रमणका क्रममा हामीलाई थानका थान हुलका हुल आफुलाई माओवादी भन्ने झुण्डहरुले ठाउँ-ठाउँमा बाटो छेकि चन्दा र नयाँ सरकारलाई कर भन्दै पैसा हडप्ने कोशिस नगरेका पनि होईनन् । हाम्रो स्पस्ट बिचार बिकासे अबधारणा र सहयोगी उद्देश्य देखाउंदै उम्कदै भ्रमण सफल समेत गराईयो ।

नार र फुको भ्रमण गर्दा जो शान्ति, प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पदासँग सामिप्यता अनुभव गर्न खोज्छ, त्यसका लागि यो ठाउँ एकदमै उपयुक्त स्थान हो । यहाँको सुन्दरता र सांस्कृतिक धरोहर-हरूलाई सम्झनामा राखेर यात्रुहरू संधैं यसको मनमोहकता र सुखदाई क्षणहरूको स्मरण गर्नेछन् । नार र फुको भ्रमणले न केवल साहसिक भावना र अन्वेषणको खोजिलाई सन्तुष्ट पार्छ, मानिसको भित्री आत्मा र शान्तिको अनुभव पनि दिन्छ ।

यसैगरी, यो स्थानले सम्पूणर् विश्वभरका पर्यटक- हरूलाई आकर्षित गर्ने सक्षमता र सामथ्र्यसमेत राख्दछ । यसरी, नार र फुको यात्रा जीवनभर याद गरिने एक मौलिक अनुभव हामीले पायौं । तर, हाम्रो यात्राको मुख्य उद्देश्य बिकासका अब-धारणा खोज्ने र लागू गर्ने कार्य चाहिं अतिनै बिकट क्षेत्र अनि माओवादी द्वन्दकालले गर्दा सफल बनाउन सकिएन । जे होस, जिवनको यो भोगाईले हामीलाई पर्बतीय पर्यटनको पौरखगाथा कोर्न चाहिं अवश्य मदत गर्‍यो ।
ः समाप्त ः

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here