Homeबिचारभैरवको परिचय

भैरवको परिचय

डरबाट बचाउने भएको हुनाले भैरव भनिएको हो । भैरवको शाब्दिक अर्थ भयानक भैरवको बोध हुन्छ । भय+रव ‘भैरव’, भैरव हिन्दुहरूको देवता हुन् जसलाई शिवको प्रतिकको रूपमा लिने गरिन्छ । भैरव ५२ किसिमका हुन्छन् । ५२ भैरवलाई पनि ८ भागमा बाढिएको छ । भैरवलाई हिन्दुवादीहरूले पुजाआजा गर्दछन् ।

भैरव भनेको शिवको एक उग्र रूप हो र बज्रभैरव पनि भनिन्छ, भैरवलाई परमब्रम्हाको रूपमा पनि लिने गरिन्छ । भैरवले सबैको प्रतिनिधित्व धारणा गरेका हुन्छन् । हिन्दु धर्ममा भैरवलाई दण्डपाणी पनि भनिन्छ भने दुष्टको नास गर्न भैरवले एक फलामे लौरो पनि बोकेका हुन्छन् ।

भैरवको बाहन कुकुर हो । बज्रयान बौद्व धर्ममा भैरवलाई बोधिसत्व मञ्जुश्रीको रूपमा पनि मान्ने गरिन्छ । उनको अर्को नाम यमंतक पनि भनिन्छ । भैरवको पुजाआजा भारत, श्रीलंका, नेपाल, तिब्वत बौद्वधर्मी तथा जैनवादीहरूले पनि पुजाआजा गर्दछन् । भैरवको बाहिरी आवरण गहिरो कालो, विशाल मूर्ति, स्थुल शरीर, कालो आँखा (तिनेत्र) कालो अनुहार, जसले डराउने काम गर्दछ ।

रूद्राक्षको कण्ठमाला लगाएको छ । हातमा फलामको डरलाग्दो दण्ड, कालो कुकुरमाथि रहेको अवस्थामा देखाइएको छ । उपासनाको दृष्टिबाट भैरव रिसाउलु देवताको कोटीमा पर्दछन् । भैरवलाई वलि दिने काम पनि हुन्छ भने कैयौ ठाउँमा वलि दिने प्रथा रोक्दै नरिवलको वलि दिन थालिएको छ । यो सत्य पक्ष हो की भैरव उग्र कापालिक सम्प्रदायका देवता हुन् ।

तन्त्रशास्त्रमा पनि उनको प्रार्थना गरिन्छ । तन्त्र साधकको मुख्य लक्ष्य भैरव भावबाट आत्मसात गर्नु पर्दछ । देवनारायण भगवान भैरव महाराजको मन्दिर राजस्थानबाट दक्षिण पूर्वमा लगभग १५ किमि वाम पाँचुडालामा छ । किम्बदन्तिअनुसार धेरै वर्ष पहिलेदेखि डुंगरीमाथि रहेको वाम पञ्चायत पाँचु डालामा रहेको हजारौ वर्ष पुरानो कालो भैरवको मन्दिर हो ।

पुजाआजा विधि ;
कालभैरवको पुजा प्रायःहरेक देशमा हुने गर्दछ । त्यसमा पनि विशेष गरी हिन्दु मुलुकहरूमा हुने गर्दछ । भारतको महाराष्ट्रमा भैरवलाई खंडोवा भनिन्छ । गाउँ गाउँमा खंडोवाको पुजाआजा हुन्छ । दक्षिण भारतमा भैरवलाई शास्ता भनिन्छ । हरेक ठाउँमा उनको उग्र देवताको रूपमा पुजा हुन्छ ।

भगवान शिवको गणको रूपमा भूत, प्रेत, पिचास, पूतना आदि
रहेका छन् । आपत्विपत्बाट बचाउने देवता भनेको नै भैरव हुन् । शिवलाई प्रलयको देवता पनि भनिन्छ भने शिवको सैनिक देवताहरू हुन् । सबै सेनाका मालिक भैरव नै हुन् । शिवलाई सेनापति पनि भनिन्छ । हरेक ठाउँमा शिवको उपस्थिति रहेको हुन्छ ।

प्राचीन ग्रन्थमा शिवको वणर्न ः
भैरवको शक्ति भैरवी हुन् । भैरवको अस्त्र फलामे दण्ड र त्रिशुल हो । शिव पुराणअनुसार कार्तिक महिनाको कृष्णपक्ष अष्टमी तिथिको मध्यान्हमा भगवान शंकरको अंशबाट भैरवको उत्पति भएको हो । अष्टमी तिथिलाई काल-भैरवको संज्ञा दिइएको छ ।

पौराणिक भनाई अनुसार अन्धकासुर नामक दैत्य आफ्नो शतिmबाट अत्याचारको काम गरिरहेको थियो । एक समय घमण्डबाट मात्तिएर भगवान शिवप्रति नै आक्रमण गर्न चाह्यो । तब शिवले भैरवको उत्पति गरेर घमण्ड चकनाचुर पारिदिनु भयो । केहि पुराण अनुसार शिवको अपमान गरेको हुनाले भैरवको उत्पति हुन गएको हो । यो कुरा सृष्टिका सृष्टिकर्ता ब्रम्हाले भगवान शंकरको भेष धारणा गर्नुभयो ।

भगवान शिवलाई कटुबोली बोल्यो, शिवले त त्यसमा ध्यान दिनु भएन । शिवको शरीरबाट क्रोधको ज्वाला निस्क्यो । एक विशाल दण्डधारी प्रचण्डकाय प्रकट भयो । उसले ब्रम्हाउपर शतिm प्रहार गर्न खोज्यो, यो देखेर स्रष्टालाई डर लाग्यो । शंकरले गर्दा ऊ शान्त हुन गयो । शिवबाट निस्केको कायाप्रलयलाई पछि महाभैरवको संज्ञा दिन थालियो । त्यसपछि शिवले काशीको नगरपालमा नियुतm गरि दिनुभयो ।

यस्तो पनि भनिएको छ कि भगवान शंकरले ब्रम्हाको घमण्ड तोडि दिनुभयो । त्यस दिनलाई भैरव अष्टमीको ब्रतको रूपमा लिने र स्मरण गर्ने गर्दछन् । कालबाट छुटकारा पाउनका लागि मानिसहरू भै-रवको अराधना गर्दछन् । यस्तो पनि भनिएको छ कि ब्रम्हाजीको ५ वठा मुख छन्, ५ मुखबाट ५ वेदको रचना गरिएको हो ।

महाकाल भगवान शिव ब्रम्हाजीसंग वार्तालाप गर्नुभयो । महाकालबाट उग्र, प्रचण्डरूप भैरवको उत्पति भयो । भैरवले ब्रम्हाजीको ५ मुख पनि काटी दिनुभयो । भैरवलाई ब्रम्हाजीको ब्रम्हहत्या पनि लाग्न गयो ।

भैरवको उपासना कसरी गर्न सकिन्छ ?
कालान्तरमा भैरवको २ वटा उपासना शाखा छन्, बटुक भैरव र कालभैरव आदि । बटुक भैरव आफ्नो भतmका लागि अभय दिने भएको हुनाले सौम्यरूपमा देखाइएको छ । काल-भैरवले आपराधिक कार्यमा रोक लगाउने काम गर्नुहुन्छ । आपराधिक कार्य रोक्नका लागि दण्डनायकरूपमा प्रस्तुत गरिएको छ ।

पुराणमा भैरवको स्वरूपहरूलाई निम्न बमोजिम प्रस्तुत गरिएको छ जस्तै ः (१) असितांग भैरव (२) रूद्र भैरव (३) चन्द्र भैरव (४) क्रोध भैरव (५) उन्मत्त भैरव (पशुपतिनाथ मन्दिरको दक्षिण पट्टि सत्तलको एक कुनामा रहेको) (६) कपाली भैरव (७) भीषण भैरव (८) संहार भैरव ।

कालीका पुराणअनुसार नन्दी, भृंगी, महाकाल, बेताल, शिवजीको एक गण मानेको छ । ब्रम्हमवैवर्त पुराणमा महाभैरव, संहार भैरव, असितांग भैरव, रूद्र भैरव, कालभैरव, क्रोध भैरव, ताम्रचुर्ड भैरव, रूद्रचुणर् भैरव रहेका छन् । यिनीहरूको पुजा गर्दा नवशतिmको पुजाको विधि उल्लेख छ । शिवपुराणमा भैरवको परमात्मा
शंकरको पूणर्रूपको बारेमा बताइएको छ ।

भैरवः पूणर्रूपोहि शंकरस्य परात्मन ः ।
मूढास्तेवै न जानन्ति मोहिताः शिवमायया ॥
भैरवको साधना तथा ध्यान कसरी ः

ध्यान नगरी साधक बन्न सकिदैन । भैरवको साधनामा ध्यान लगाउनु पर्दछ । ध्यानबिना देवता प्राप्त गर्न सकिदैन । ध्यानमा संलग्न हुँदा मानिसको मानसपलटमा देवताको स्वरूप देखा पर्दछ । बटुक भैरवको तामसरूपको वणर्न विभिन्न शास्त्रहरूमा गरिएको छ । जहाँ सात्विक ध्यान हुन्छ, त्यहाँ मोक्ष प्राप्तीको फल मिल्छ । मोक्ष प्राप्तिबाट नै धर्म, अर्थ कामबाट टाढा रहन सकिन्छ ।

गृहस्थी- हरूले सदा भैरवको ध्यान दिनु पर्दछ ।
भारतमा भैरवको प्रशिद्व मन्दिर ः
भारतमा प्रशस्त मात्रामा भैरव मन्दिरहरू छन् । काशीमा रहेको कालभैरवको मन्दिर सर्वप्रथम बनेको विश्वास गरिएको छ । काशीको विश्वनाथ मन्दिर भैरव मन्दिरवाट डेढ किमि टाढा छ । दोश्रो भैरवको मन्दिर नयाँ दिल्लीको नेहरू पार्कमा रहेको छ जुन बटुक भैरव पाण्डवकालिन मन्दिर पनि हो ।

तेश्रो भैरवको मन्दिर उज्जेनको ऐतिहासिक तथा तान्त्रिक मन्दिर हो । नैनितालको नजिक रहेको घोडाखालको बटुक भैरव मन्दिर अति प्रशिद्व मन्दिर हो । गोलु देवताको नामबाट भैरवको प्रशिद्वी बढ्न गएको हो । भारतको उत्तराखण्ड चमोली जिल्लाको शिरण गाउँमा भैरव गुफा छ, जुन एकदम प्रशिद्व छ । शतिmपीठको नजिक भैरव मन्दिर पनि छ । जयगढको प्रशिद्व किल्लामा कालभैरवको प्रशिद्व मन्दिर छ ।

जयपुर जिल्लाको चाकसु कस्वेमा पनि बटुक भैरव छ, जबसम्म बटुक भैरवको पुजा हुंदैन, तबसम्म त्यहाँ पानी पर्दैन भन्ने मान्यता छ । मध्यप्रदेशको शिवनी जिल्लाको अदेग्राममा काल
भैरवको मन्दिर छ । औरगंजेवको शासनकालमा काशीको विश्वनाथ मन्दिर ध्वस्त गरिदिएपछि काल भैरवको मन्दिर पुरै अछुतो थियो ।

मानिसहरूको भनाइअनुुसार काल भैरवको मन्दिर भत्काउनका लागि औरगंजेवको सेना त्यहाँ पुगेको सयममा बहुलाएका कुकुरको समूह त्यहाँ आईपुग्यो र कुकुरहरुले ती सैनिकलाई टोकि दिने बित्तिकै सैनिकहरू बहुला हुन थालेपछि सेनाहरूले आफ्नै साथीलाई टोक्न थाले, त्यसपछि बादशाह पनि ज्यान बचाउनका लागि त्यहाँबाट भागेर दरवार गए । राजाले आफ्नो अंगरक्षकद्वारा उनीहरूलाई मार्ने आदेश दिएका थिए ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here